भर्खरै :

साम्राज्यवाद नै विश्व शान्तिका बाधक

साम्राज्यवाद नै विश्व शान्तिका बाधक

अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि एकचोटि आफूलाई शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेका छन् । संसारका स्वाधीन मुलुकलाई आतङ्कित पार्दै असुरक्षित बनाउने ट्रम्पले शान्ति वार्ताको आह्वान गरेको भन्दै आफूले आफ्नै मूल्याङ्कन गरी शान्तिको पुरस्कार पाउनुपर्ने दाबी गरेर संसारकै हेलाको पात्र बनेका छन् । नर्बेको नोबेल समितिले आफूलाई पुरस्कार नदिएर देशमाथि कहिल्यै नमेटिएको दाग लगाएको आरोप लगाउन पछि नपर्ने राष्ट्रपति ट्रम्पले समितिको निर्णयलाई आफ्नो अपमान भनी दोषारोपण गरेका छन् । आफूले आफूलाई मूल्याङ्कन गरी शान्ति पुरस्कारको दाबी गर्नु नै लज्जास्पद विषय हो । ‘चराको धोती हुँदैन नकच्चरोलाई लाज हुँदैन’ भनेको यही हो ।
राष्ट्रपति ट्रम्पलाई शान्ति पुरस्कार होइन, अन्तर्राष्ट्रिय अदालतमा उभ्याएर जीवनभर कालकोठरीमा राख्नुपर्ने हो । स्वाधीन र सार्वभौम सम्पन्न देशलाई ध्वस्त र देशका राष्ट्रनायक, विशेषज्ञ तथा सर्वसाधारण जनताको हत्या गर्ने राष्ट्रपतिलाई कसैको दबाब र प्रभावमा शान्ति पुरस्कार दिए त्यो घोर आपत्ति हुनेछ । कुनै पनि आधिकारिक समिति या संस्थाले त्यस्तो गल्ती गर्नेछैन† गल्ती गर्नु हुँदैन । ‘आतङ्क’ को कलङ्क लागेका शान्ति बिथोल्ने शान्तिविरोधीलाई कसरी शान्ति पुरस्कारले विभूषित गर्न मिल्छ ? अमेरिकी प्रशासन या अमेरिकी राष्ट्रपतिकै कारण संसारका कति राष्ट्र प्रमुखहरूको हत्या भयो† लाखौँ लाख मान्छेको ज्यान गयो । अमेरिकाले अहिले पनि संसारका स्वाधीन र सार्वभौम देशमा हमला गर्ने चेतावनी दिँदै छन्† देश ध्वस्त पार्ने भन्दै त्यहाँको तेल खानीको भण्डार आफ्नो हातमा लिँदै छन्† तेल कब्जा गर्न राष्ट्रपतिलाई समेत नियन्त्रणमा लिएर अमानवीय व्यवहार गर्दै छन् । कुनै देशलाई ध्वस्त पारेर, मान्छे मारेर आतङ्क मच्चाउने अनि आफू कायल भएर शान्तिको माग गर्ने राष्ट्रपतिलाई शान्ति पुरस्कार होइन† मानव संहार गरेको आधारमा कठोर जेलमा थुन्नुपर्ने हो ।
शक्तिशाली देश भनेर अरु देशमा प्रभाव जमाउँदै जाने, अरु देशको विकासमा अवरोध पु¥याउने, आन्तरिक कलह बढाउन भूमिका खेल्ने या गुप्तचर खेलाउने, सेना तैनाथ गर्ने, आर्थिक नाकाबन्दी गर्ने कुनै पनि देशका शासकहरू शान्तिका नायक हुनेछैनन्; शान्ति पुरस्कारका विजेता हुनेछैनन् । यदि त्यस्तो पात्रलाई कसैले शान्ति पुरस्कार प्रदान गर्छ भने त्यो शान्तिको मूल्य र मान्यताविपरीत हुनेछ । त्यो निन्दनीय हुनेछ । राष्ट्रपति ट्रम्पलाई शान्ति पुरस्कार प्रदान गरे विश्वमा न्यायप्रेमी र शान्तिकामी जनतालाई मात्र होइन अमेरिकी जनतालाई पनि चित्त बुझ्ने छैन । अमेरिकाको साथ र सहयोगमा इरान र प्यालिस्टिनमा आक्रमण भएकै हो । उक्त आक्रमणको विरोधमा अमेरिकाभर झण्डै एक करोड जनताले विरोध प्रदर्शन गरेका थिए । राष्ट्रपति ट्रम्पले रुसी इन्धन आयात तथा बिक्रीमा पनि प्रतिबन्ध लगाएका थिए । अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपति पुटिनबिचको फोन वार्तापछि मात्रै अमेरिकाले अस्थायी रूपमा प्रतिबन्ध फुकुवा गरेको हो । अमेरिकी अर्थ मन्त्रालयले रुसबाट हुने डिजेलको बिक्री, ओसारपसार र आयातमा लगाइएको प्रतिबन्ध ७ अप्रिल २०२७ सम्म निलम्बन गरेको जनाएको छ ।
राष्ट्रपतिको नेतृत्वमा रहेको अमेरिकी प्रशासनको साम्राज्यवादी नीतिले नै संसारका स्वाधीन मुलुकहरू असुरक्षित भएका हुन् । साम्राज्यवाद नै विश्व शान्तिका बाधक भएको हो । यसकारण, विश्वका मुलुकहरू मिलेर साम्राज्यवादको विरोध गर्नुपर्छ; साम्राज्यवादी नीतिकै विरोध गरेर जनमत तयार गर्नुपर्छ । आक्रमणका नायक राष्ट्रपति ट्रम्प विश्वका शान्तिविरोधी व्यक्ति हुन्† विश्वका विभिन्न मुलुकमा शान्ति बिथोल्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था सञ्चालन गर्ने साम्राज्यवादी देश संयुक्त राज्य अमेरिका नै हो । अमेरिका र अमेरिकी प्रशासनको आँखा चिम्लेर समर्थन गर्ने पिछलग्गू देशहरू भएसम्म संसारका जनताले शान्ति पाउनेछैनन् न त सुरक्षाको अनुभूति नै पाउनेछन् । भेनेजुयला, इरान र रुसमा आक्रमण गर्नुको मूल कारण नै ती देशको पेट्रोल खानी आफ्नो (अमेरिकाको) कब्जामा लिनु हो† आफ्नो मूल्यमा तेल प्राप्त गर्नु हो । यो कुरा संसारका जनताले थाहा पाउनुपर्छ ।
संसारका देश र जनतालाई दुःख दिने अमेरिकी प्रशासनको गुणगान गर्ने, प्रशंसा गर्ने अमेरिकाको पछि लाग्ने पिछलग्गू देश र राष्ट्रप्रमुखप्रति पनि विश्वका जनता सचेत हुनुपर्छ । शक्ति राष्ट्रको अहङ्कारमा टेकेर अमेरिकाले कुनै पनि बेला कुनै पनि देशमा हमला गर्नेतर्फ विश्वका जनता सचेत हुनुपर्छ । अमेरिकी आक्रमणले सीमा नाघिसकेको हुँदा विश्वका स्वाधीन र देशभक्त राष्ट्रहरू मिलेर अब विरोध मात्र होइन आक्रमणको प्रत्याक्रमण गर्ने बेला भइसकेको छ । अमेरिकी प्रशासनलाई ठाउँमा राख्न नसकेसम्म विश्वका जनता ढुक्कसँग बस्न पाउनेछैनन् । साम्राज्यवादविरोधी देशहरू सबै एक ठाउँमा भेला भएर अमेरिकी प्रशासनलाई खबरदारी गर्नेुपर्ने बेला आएको छ । अब अमेरिकी धम्की सहेर बस्ने बेला होइन । अमेरिकी धम्कीको प्रतिकार गरेर विश्वमा शान्ति छर्नुपर्छ; विश्वका देशहरू विकास गर्नुपर्छ । कुनै पनि देशका जनता भोक, रोग र शोकले मृत्यु हुन नपरून् । पिल्सिएर, उत्पाडित भएर जनता मर्न नपरून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *