सम्भाषण : रोहितको “जेलका चिट्ठीहरू”
- श्रावण १०, २०८३
(अमेरिकी राष्टपतिसँग कम्तीमा तीनवटा सैन्य विकल्प छन् – कुनै पनि राम्रा छैनन् ।)
गत हप्ता, यो रिपोर्ट गरिएको थियो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा सल्लाहकारहरूसँगको बैठकपछि इरानमाथि ठुलो आक्रमणलाई रोकेका छन् । स्पष्ट रूपमा, बढ्दो आर्थिक लागतलाई लिएर उनी र रिपब्लिकन पार्टीमाथि घरेलु राजनीतिक दबाब भयानक छ । हालका सर्वेक्षणले लगभग ७० प्रतिशत अमेरिकीहरू युद्धको विरोध गर्छन् भन्ने देखाउँछ ।
रक्षा सचिव पिट हेग्सेथले इरानको सेना ‘अहिलेसम्मकै न्यूनतम बिन्दु’ मा पुगेको दाबी गरे पनि इरान अझै ठुलो मात्रामा ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्न सक्षम छ । केही गुप्तचर निकायहरूले इरानले यी हतियारहरू निर्माण गर्ने आफ्नो क्षमता पुनर्गठन र वृद्धि गरेको भनेका छन् ।
यसैबिच, अमेरिकाले इरानी सेनाका सैन्यकार्य–सञ्चालन बिन्दु (Staging Points) हरूलाई लक्षित गर्ने अभियानको तयारीका लागि थप विमान र क्षेप्यास्त्र प्रतिरक्षा एकाइहरू सारेको छ । दुई समुद्री अभियान एकाइहरू (MEU) र ८२ औँ वा १०१ औँ एयरबोर्नका घटकहरू हाल यस क्षेत्रमा तैनाथ छन् ।
तैपनि, अमेरिका र यसका खाडीका सहयोगी राष्ट्रहरूले आफ्नो रक्षात्मक क्षेप्यास्त्र भण्डार साथसाथै टोमाहक भूमि–आक्रमण गर्ने क्षेप्यास्त्रहरू समाप्त गरिसकेका रिपोर्टहरू एक शक्तिशाली बाधा हुन सक्छन् ।
ट्रम्पले अहिलेसम्म कुनै निर्णय गरेको देखिँदैन, कसरी अगाडि बढ्ने भन्नेबारेमा उनको सामु विभिन्न विकल्पहरू छन् ।
पहिलो विकल्प भनेको हवाई र क्षेप्यास्त्र आक्रमण बढाउनु हो । यस रणनीतिको एउटा चुनौती भनेको सैन्य (हमला गर्नुपर्ने) निशानाहरूको सूची समाप्त भइसकेको हुन सक्छ । यदि त्यसो हो भने, हवाई अभियान विस्तार गर्नु भनेको ऊर्जा उत्पादन सुविधाहरू, बिजुली तथा पावर ग्रिडहरू, पुल तथा सडकहरू र टेलिभिजन तथा फोन नेटवर्कहरूसहित ठुलो हदसम्म नागरिक पूर्वाधारहरूमा आक्रमण गर्नु हो । सम्भावित परिणामहरू सबै खराब छन् ।
ट्रम्पमाथि युद्ध अपराधको आरोप लग्नेछ । इरानी जनता अमेरिकाविरुद्धको आक्रोशमा एकजुट हुनेछन् । इरानको प्रतिकार गर्ने क्षमतामा उल्लेखनीय रूपमा कमी आउने छैन र यसले खाडीको डिसेलिनेसन र ऊर्जा पूर्वाधारमा प्रहार गर्न सक्छ । परिणामस्वरूप मानवीय विपत्ति निम्त्याउनेछ । यस आकस्मिक अवस्थालाई सामना गर्ने कुनै योजना छैन । अनि अवश्य पनि, तेलको मूल्य प्रतिब्यारेल १५० वा २०० डलरसम्म पुग्न सक्छ, जसले अन्तर्राष्ट्रिय आर्थिक विपत्ति निम्त्याउन सक्छ ।
अर्को विकल्प भनेको कुनै प्रकारको स्थल आक्रमण हो । यस क्षेत्रमा हाल तैनाथ सेना कुनै पनि यथार्थपरक सैन्य उद्देश्यहरू प्राप्त गर्न धेरै सानो छ । समुद्री अभियान एकाइमा लगभग पच्चीस सय मरीनहरू छन् र तीमध्ये केवल आठ सय पैदल सेना छन्, जसले धेरै सीमित स्थल कारबाहीहरू सञ्चालन गर्न सक्षम छन् । हवाई एकाइहरू केही दिनको लागि मात्र गोली, खाद्य रासन र ब्याट्रीहरूसहित तैनाथ हुन्छन् । यी एकाइहरूको लागि पुनः आपूर्ति आवश्यक पर्छ ।
अवकाश प्राप्त अमेरिकी सेनाका जनरल ब्यारी म्याकक्याफेरीले औँल्याएझैँ इरानी तटमा रहेको हर्मुज जलडमरूको नियन्त्रण सुरक्षित गर्न डेढ लाख सेना पनि पर्याप्त नहुन सक्छ ।
खार्ग टापुमा आक्रमण गर्न हर्मुजको जलडमरूको पश्चिमी छेउबाट लामो र खतरनाक पारवहन आवश्यक पर्दछ । त्यसले अमेरिकी सेनामा ठुलो सङ्ख्यामा हताहत हुने अवस्था सिर्जना गर्नेछ ।
तेस्रो विकल्प भनेको ट्रम्पले आणविक हतियार प्रयोग गर्ने हो, कम्तीमा एउटा ‘प्रदर्शनात्मक प्रहार’ का रूपमा । त्यस्तो कदमले विनाशकारी परणामहरूको ‘पाण्डोराको बाकस’ खोल्नेछ । ट्रम्पलाई युद्ध अपराधी घोषित गरिनेछ । हतियार जहाँ र जसरी प्रयोग गरिए पनि – हवाई वा सतही विस्फोट – यसले विनाशकारी परिणाम हुनेछ ।
यदि बाह्य–वायुमण्डलमा विस्फोट भयो भने, आणविक बमले इलेक्ट्रोम्याग्नेटिक पल्स (EMP) उत्सर्जन गर्नेछ जसले इरानभन्दा सयौँ माइल टाढासम्म लगभग सबै चिप–स्थापित प्रणालीहरूलाई नष्ट गर्नेछ । केही आधुनिक सेनाबाहेक, खाडीसहितका सेनाहरू लागतका कारण ईएमपीबाट सुरक्षित हुने छैनन् । सतही विस्फोटले रेडियोधर्मी बादल बनाउनेछ जुन हावाको कारण पूर्वतिर यात्रा गर्नेछ र इरानभन्दा बाहिरका जनसङ्ख्यालाई असर गर्नेछ ।
एउटा प्रमुख भूराजनीतिक परिणाम यो हुनेछ कि यस्तो आक्रमणले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको युद्धमा आणविक हतियार प्रयोग गर्ने सम्भावनालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सक्छ ।
यी अप्रिय विकल्पहरूको सूचीलाई ध्यानमा राख्दा, सबैभन्दा आशाजनक विकल्प भनेको ट्रम्पले विजयको दाबी गर्नु र वार्तालाई अगाडि बढाउनु हो । ट्रम्पले भन्नेछन् कि उनले इरानलाई वार्ताको टेबलमा ल्याएको छ । यद्यपि, वासिङटन र तेहरानबिचको वार्ता बढ्दै गए पनि रोकिएको छैन । पहिलो मुद्दा हर्मुज र बाब अल–मान्डेब जलडमरू पुनः खोल्ने हुनेछ । तेलको मूल्य घट्नेछ । शेयर बजारहरू पुनः उकालो लाग्नेछ ।
ट्रम्पले यसको श्रेय लिनेछन् । अनि विनाशकारी युद्ध र आर्थिक सङ्कटलाई समझदारीपूर्वक टार्न सकिन्छ । यो उनको सबैभन्दा राम्रो र एक मात्र समझदार विकल्प हो ।
Leave a Reply