अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, ३ मङ्सिर । भनपा वडा नं. ६ वडा कार्यालयको आयोजनामा बुधबार कार्यालयको सेवा प्रवाह तथा समसामयिक विषयमा जानकारी सभा भयो ।
उक्त सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सम्पदा संरक्षणले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन मद्दत पु¥याएको उल्लेख गर्दै ‘उपभोक्ता मोडल’ मा विकास निर्माणका कार्यहरू भइरहेको स्पष्ट पार्नुभयो ।
भक्तपुरका जनताको एकमनको एकताले आदर्श समाज निर्माणमा सहयोग पुगिरहेको विचार व्यक्त गर्दै उहाँले मूर्त–अमूर्त सम्पदा संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने काम भइरहेको बताउनुभयो ।
जनताको साथबिना नपाको विकास सम्भव नहुने स्पष्ट पार्दै प्रमुख प्रजापतिले जनहितको लागि गरेको काममा भएको अवरोधले विकासको गतिलाई पछाडि धकेल्छ भन्नुभयो ।
“जनताको समस्या समाधान जनप्रतिनिधिले गर्ने हो, भीडले होइन”, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वले किसान सङ्घले किसानहरूको हक हितको निम्ति आवाज उठाउँदै आएको स्पष्ट पार्दै मोहियानी हक कायम गर्न, गुठी जग्गा रैतानी गर्न किसान सङ्घले सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
किसानहरूको जीवनस्तर उठाउन, सांस्कृतिकस्तर उठाउन नेमकिपाले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्दै उहाँले व्यक्तिगत स्वार्थ पूरा गर्न परिवार र समाज नभन्नेहरूबाट सतर्क हुनुपर्छ भन्नुभयो ।
कसैले कसैलाई उक्साउने, भड्काउने कार्य बन्द गर्नुपर्नेमा जोड दिँदै उहाँले सत्य डग्दैन झूटो टिक्दैन भन्नुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले आवास योजना विफल पार्ने काम कसैको हितमा नभएको औँल्याउँदै सङ्घर्ष समितिको नाउँमा जनप्रतिनिधि र कर्मचारीको बदनाम गर्न खोज्नु उचित होइन भन्नुभयो ।
“जनताको माग सम्बोधन गर्न आयोजना तयार छ, समाज विखण्डन गर्नेहरूदेखि सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडामा अरनिको सभाभवन निर्माणको काम, सुन्दरीगोपाल मन्दिर पुनःनिर्माण र खानेपानी पाइप बिछ्याउने कार्य भइरहेको उल्लेख गर्दै आवास योजनासँग असम्बन्धित व्यक्तिहरूले देको मिवा आयोजनामा घुसपैठ भएर विरोध गरिरहेको बताउनुभयो ।
सभामा महिला वडा सदस्य रोसनमैँया सुवालले कानुनी र व्यवहारिक ढङ्गले भनपाले जनताको समस्या हल गरिरहेको बताउनुभयो ।
Leave a Reply