क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
सम्मेलनले पार्टीको सामान्य नीतिसँग मेल नखाने मेन्शेभिकहरूका विभिन्न गतिविधिको निन्दा ग¥यो । जागेल्लोलाई समूहमा स्वागत गरी मेन्शेभिकहरूले बुन्द दलको पृथकतावादी क्रियाकलापलाई घुमाउरो ढङ्गले स्वीकारे । यस्तो गतिविधिले पोल्यान्डका मजदुरहरूबिच फाटो आउने र पार्टी एकतामा विलम्ब हुन जाने सम्मेलनको ठम्याइ रह्यो । संसद्मा मेन्शेभिक सांसद एआई चखेन्केलीले ‘प्रत्येक राष्ट्रियताको स्वतन्त्र विकासका लागि संस्थानहरू खेल्नुपर्ने आवश्यकता’ रहेको निहुँ झिकी रुसमा विभिन्न राष्ट्रियताका छुट्टाछुट्टै सामाजिक जनवादी पार्टीहरू खोल्नुपर्ने विचार राखे । सम्मेलनले यो मन्तव्यको कडा निन्दा ग¥यो । समूहको नाममा गरिएको यो भाषण पार्टी कार्यक्रमको ठाडो उल्लङ्घन थियो । प्रस्तावमा भनियो, “यसरी छद्म रूपमा राष्ट्र–राष्ट्रको पैरवी गर्ने कार्य सर्वहारा पार्टीको लागि अस्वीकार्य छ ।” अन्ततः मन्त्रीहरूले नीति घोषणा गर्दा आफ्नो छुट्टै नीति अघि नसारेर प्रगतिशील पार्टीको पक्षमा मतदान गरी हाम्रो संसदीय समूहले आफ्नो कर्तव्य पालन नगरेको विषयमा पनि सम्मेलनको ध्यानाकृष्ट भयो ।
संसद्मा सामाजिक जनवादी समूहले नौ बुँदामा आफ्नो प्रतिवेदन बुझाएको थियो । तीमध्ये ६ बुँदामात्र पत्रिकामा प्रकाशित भयो । किनभने, अन्य ३ बुँदामा सार्वजनिक गर्न नमिल्ने विषय थिए । क्राको सम्मेलनका सबै दस्तावेज हराइसकेका छन् । ती ३ बुँदा कहीँ पनि छापिएनन् । पन्ध्र वर्ष बितिकेको हुनाले सम्झेर लेख्न पनि मुश्किल छ । तर, ती बुँदामा ‘६ बोल्शेभिक’ सांसदका सदनबाहिर गर्ने क्रियाकलापको कुरा थियो । सम्मेलनले हामी ६ जनालाई पार्टीको गैरकानुनी गतिविधिसम्बन्धी धेरैवटा महत्वपूर्ण जिम्मेवारी दियो । त्यस्तै, सम्मेलनले बोल्शेभिक सांसदहरूले केन्द्रीय समितिसँग नङमासु भएर काम गर्नुपर्ने बतायो ।
क्राको सहरमा बस्दा ‘६ बोल्शेभिक’ को जिम्मेवारीबारे सामान्य छलफल भयो भने लेनिन र विदेशमा रहेको पार्टी केन्द्रका अन्य सदस्यहरूसँग त्यस विषयमा विस्तृत छलफल भयो ।
लेनिनले भन्नुभयो, मजदुर सांसदहरूले पार्टीको विचार प्रचार गर्न र क्रान्तिकारी आन्दोलनको विकासमा टेवा दिन सदनलाई प्रयोग गर्नुपर्छ । यसको लागि सांसदहरूले जारशाही सरकार र तथाकथित उदारवादी पार्टीहरूको पाखण्डलाई उदाङ्ग्याउनुपर्छ । मजदुर सांसदहरूको कुरा रुसका तमाम मजदुरवर्गले सुन्नुपर्छ । तर, संसद्मा गरिने क्रियाकलाप समूहले गर्नुपर्ने कार्यको एक अंश मात्र हो । पार्टीको अभिन्न अङ्गको रूपमा ‘६ बोल्शेभिक’ हरूले सदनबाहिर गरिने व्यापक गतिविधिमा भाग लिनुपर्छ । मजदुर सांसदहरूको अन्य महत्वपूर्ण कर्तव्य पनि छ । उनीहरूले सङ्गठनको काम गर्नुपर्छ, पार्टीका विभिन्न समितिलाई मार्गनिर्देशन गर्नुपर्छ, पार्टी प्रेस तथा ट्रेड युनियनको काममा भाग लिनुपर्छ । यसको लागि मजदुर सांसदहरूले निरन्तर मेहनत गर्नुपर्छ ।
मजदुर सांसदहरूले निरन्तर कामदार जनतासँग सम्पर्क बनाउनुपर्छ । सम्पूर्ण (कानुनी र गैरकानुनी) मजदुर वर्गीय सङ्गठनले पनि आफ्ना बोल्शेभिक सांसदहरूलाई क्रान्तिकारी सङ्घर्षका नेता र सङ्गठक मान्नुपर्छ । हामीसँगको कुराकानीमा लेनिनले यी कुरामा जोड दिइरहनुभयो ।
लेनिनकै सुझावअनुसार मलाई ‘प्राभ्दा’ को प्रकाशन गर्ने जिम्मेवारी दिइयो । सेन्ट पिटर्सबर्गको सांसद हुनाले म त्यहाँका मजदुरहरूको प्रतिनिधि थिएँ । यसर्थ, मैले त्यो जिम्मेवारी लिनुपर्ने लेनिनले बताउनुभयो । ‘प्राभ्दा’ ले जनतालाई शिक्षित गर्ने र प्रचारको काम गर्ने उद्देश्य राखेको थियो । साथमा यो पार्टी सङ्गठनको सबैभन्दा महत्वपूर्ण केन्द्र पनि थियो । लेनिनले मलाई त्यसमा काम गर्ने जिम्मा सुम्पिनुभयो ।
ठोस र व्यवहारिक निर्देशन लिएर हामी क्राकोबाट पिटर्सबर्ग फर्कियौँ । हामी ‘६ बोल्शेभिक’ ले पछ्याउनुपर्ने कार्यदिशा सम्मेलनले प्रस्ट पारेको थियो । कुन मुद्दामा कसले बोल्नुपर्छ, के कस्ता सामग्री तयार पार्नुपर्छ, संसद्बाहिर तत्काल गरिहाल्नुपर्ने कार्य के हुन् आदि कुरा छिनोफानो भइसकेको थियो । हामी सदनको निकै आक्रामक र पेचिलो माहोलबाट आएका थियौँ । त्यसकारण, पार्टीका नेतृत्वदायी सदस्य र त्यसमा पनि लेनिनसँगको विचार त्यो विचार आदानप्रदान हाम्रा लागि निकै मूल्यवान ठहरियो ।
लेनिनले प्रत्येक सांसदलाई एक्लाएक्लै भेट्नुभयो । हामीमा सघन र सुदीर्घ सङ्घर्ष चलाउने आत्मबल भर्न उहाँ सफल हुनुभयो । अर्कोतर्फ, सम्मेलनमा हाम्रो सहभागिताले सम्मेलनमा निश्चित टुङ्गोमा पुग्न उल्लेख्य भूमिका खेल्यो । हामी जनताको भावनासँग परिचित थियौँ । छलफलमा हामीले राखेको विचारले सम्मेलनलाई मजदुरवर्गको मनोदशा बुझ्न र आवश्यक निष्कर्ष निकाल्न मद्दत पुग्यो ।
क्राकोबाट फर्केपछि सबै मजदुर सांसदहरू सदन बन्द भएको मौका छोपी आफूलाई चुन्ने निर्वाचन क्षेत्रको भ्रमणमा गए । संसद्को पहिलो सत्रमा भएका क्रियाकलापको जानकारी गराउन र स्थानीय स्तरका गैरकानुनी केन्द्रहरूको गतिविधि बढाई क्राको सम्मेलनको निर्णय कार्यान्वयन गर्न ती भ्रमण गरिएको थियो ।
संसद्का विभिन्न सत्रहरूबिच संसद् स्थगित भएको मौका छोपेर यस्तो भ्रमण चलिरहन्थ्यो । कहिलेकाही संसदीय सत्रबिच नै पनि सांसदहरू आआफ्ना निर्वाचन क्षेत्रमा जान्थे । यसले गर्दा मजदुरवर्गका स्थायी आन्दोलनमा टेवा पुग्थ्यो । त्यसरी भ्रमण जाने सांसदहरूले नयाँ पार्टी सम्पर्क बनाउँथे, पुराना सम्पर्क नवीकरण गर्थे र नयाँ पार्टी केन्द्र गठन गर्थे । उनीहरूले प्रचारप्रसार र पार्टी केन्द्रको सन्देश तथा निर्देशन प्रवाह गर्न ठुलो भूमिका खेल्थे । उनीहरूले आफ्ना निर्वाचन क्षेत्रका मजदुरहरूका सुझाव र निर्देशनहरू लिन्थे । सबै सामाजिक जनवादी सांसदहरूलाई समय पायो कि आफ्नो निर्वाचन क्षेत्रमा जानू र आफ्ना मतदाताहरूसँग घनिष्ट सम्बन्ध राख्नू भनेर निर्देशन दिइएको थियो ।
मजदुर सांसदहरूले त्यो निर्देशनको पालन गरे । हामीमध्ये प्रत्येकले दिनकै ठुलो सङ्ख्यामा चिठीपत्र पाउँथ्यौँ । ती पत्राचारबाट हामी ठाउँठाउँमा के हुँदै छ र के कस्ता सुझाव र माग राखिएको छ भन्ने थाहा पाउँथ्यौँ । यी सूचनाले हामीलाई संसद्को काममा टेवा पुथ्यो । हामीले ती सूचनाबाट सार झिक्थ्यौँ र सरकारलाई सोध्ने प्रश्न तयार पाथ्र्यौँ । सरकारले विधेयक आदि ल्याउँदा तिनै विषयवस्तुबारे बोल्थ्यौँ ।
सांसदहरू निर्वाचन क्षेत्रमा भ्रमण जाँदा झन् धेरै सामग्री जम्मा हुन्थ्यो । यी भ्रमणहरू जारशाही गुप्त प्रहरीका लागि ठुलो टाउको दुखाइको विषय हुन्थे । प्रहरीले सांसदहरूलाई ती भ्रमण गर्नबाट रोक्न सक्दैनथे । किनभने, सांसद हुनाले उनीहरूलाई दण्डित गर्न मिल्दैनथ्यो । तर, यही मौकामा ती सांसदहरूसँग भेटघाट गर्ने सबैलाई गुप्त प्रहरीले निगरानीमा राख्थे । संसद्को सत्र सक्किनुभन्दा अगाडि प्रहरी विभागले सबै गभर्नर र गुप्त प्रहरी प्रमुखलाई ‘क्रान्तिकारी सांसदहरू आउँदै छन्, तिनलाई निगरानीमा राख्नू, हामी तिमीहरूकै भरोसामा छौँ’ भनी निर्देशन पठाउँथ्यो । हाम्रो हुलिया र जानकारीसँगै हाम्रा तस्बिरहरू पनि पठाइन्थ्यो । अनि, निर्वाचन क्षेत्रमा पुग्दा गुप्त प्रहरीको टोली टुप्लुक्क पुगिसकेको हुन्थ्यो । मजदुर सांसद जहाँ पुग्यो गुप्त प्रहरी तिनको छायाँझैँ बनी पुग्थे ।
सांसदहरू आँखाबाट ओझेल नहोऊन् भनेर सेन्ट पिटर्सबर्गको गुप्त प्रहरीले सांसदको भ्रमणमा एकजना मान्छे सँगै पठाउँथ्यो । स्थानीय सुराकीले आफ्नो स्थान नलिएसम्म त्यो मान्छेले सांसदलाई छोड्दैनथ्यो । सांसद आफ्नो निर्वाचन क्षेत्रमा पुगेपछि सेन्ट पिटर्सबर्गको सुराकीले प्रान्तको सुराकीलाई सांसदसँगै कुनै निर्जीव वस्तु सुम्पे जस्तो एउटा रसिद बुझाउँथ्यो । तैपनि, हामी तिनलाई अल्मल्याउन खोज्थ्यौँ । तिनीहरूको सूचना पाए पनि नपाएझैँ गथ्र्यौँ । हामी कहिले भ्रमणमा निस्कन्छौँ भनेर उनीहरूले सधैँ थाहा पाउँदैनथे । हामी गोप्य तरिकाले बाहिर जान्थ्यौँ । घरबाट सिधै रेल स्टेसन जाँदैनथ्यौँ ।
यस्तो स्थितिमा प्रहरीले हाम्रो घरका पाले र भरियालाई हामी निस्केको खबर नदिएकोमा हप्काउने गर्थे । उनीहरूले पनि सांसदहरूले आफूलाई कुनै जानकारी नदिई बाहिर गएको, पासपोर्टमा छाप नलगाएको वा औपचारिकता पूरा नगरेको भनी स्पष्टीकरण दिन्थे ।
मजदुर सांसदहरूलाई लगातार निगरानीमा राखिन्थ्यो । यस्तो निगरानी नाङ्गो हुन्थ्यो । यो देखेर सांसदहरूले कहिले कसो धैर्य गुमाउँथे र आफूलाई शान्तिपूर्वक बाँच्न दिनुप¥यो भनेर मन्त्रीलाई पत्र लेख्थे । तर, मन्त्रीलाई गुनासो गर्दैैमा निगरानी बन्द हुँदैनथ्यो । बरु सुराकीहरूलाई अझ प्रभावकारी ढङ्गले गुप्तचरी गर्न र सांसदहरूलाई ‘नचिढ्याउन’ आदेश जान्थ्यो । अर्कोतर्फ, प्रहरी विभागको निर्देशन पाएर प्रान्तका स्थानीय अधिकारीहरूले अनेक बहानाबाजी गर्दै सांसदको भ्रमण रोक्न खोज्थे । उनीहरू ‘कानुनी व्यवधान’ देखाउँथे । संयोग जुरेको बेला कहिलेकाही भौतिक परिस्थिति पनि तिनकै पोल्टोमा पथ्र्यो ।
मलाई सम्झना भएसम्म कामरेड मुरानोभ भोल्गाछेउ एउटा नगरमा छँदा यस्तो घटना घटेको थियो । उहाँ आफ्नो (बहालामा लिएको) घरमा हुनुहुन्थ्यो । प्रहरी आइपुग्यो र घरभेटीलाई पक्राउ ग¥यो । त्यसपछि घरको खानतलासी सुरु भयो । टेबलमाथि मुरानोभको हाते झोला थियो । प्रहरी अफिसरले त्यो झोला खोल्न खोज्यो । मुरानोभले आपत्ति जनाउनुभयो, आफू सांसद भएको बताउनुभयो र झोलाको दस्ताबेज आफूसँग राख्नुभयो । अफिसर बाहिर जान बाध्य भयो । तर, पछि उसलाई माथिल्लो अफिसरले नराम्ररी हप्कायो । उसले ‘मुरानोभले झोलाबाट दस्ताबेज ननिकाल्दासम्म तैँले उनी सांसद हुन् भनेर पत्याउनै हुन्थेन र उनलाई झोलासम्म पुग्नै दिनुहुन्थेन किनभने त्यो झोला अरू कसैको हुनसक्थ्यो’ भन्यो । उसले सिकायो – “त्यही मौकामा झोला खोलेर सबै चीज जाँच्नुपथ्र्यो र के थाहा सांसद वा पूरै सामाजिक जनवादी समूहलाई मुद्दा हाल्न मिल्ने कुनै प्रमाण भेटिन्थ्यो कि !”
–क्रमशः
Leave a Reply