अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ४ मङ्सिर । भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा नगरपालिकाको सेवाप्रवाह र समसामयिक विषयमा आयोजित जानकारी सभा भक्तपुरको सूर्यमढी टोलमा बिहीबार सम्पन्न भयो ।
सभामा नगर प्रमुख सुनिल प्रजापतिले नगरको शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका गतिविधिहरूको जानकारी जनसभामार्फत दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै नगरको सन्तुलित विकासमा जनताको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
भक्तपुर नपाले नपाका गतिविधिहरू पारदर्शी ढङ्गले सार्वजनिक गर्दै आएको स्पष्ट पार्दै उहाँले जनताको एक मनको एकताले भक्तपुरलाई आदर्श नगरको रूपमा विकास गर्न सहज भएको बताउनुभयो ।
भक्तपुरलाई संसारकै उत्कृष्ट नगरको रूपमा विकास गर्ने प्रयत्न गरिरहेको औँल्याउँदै उहाँले विदेशी सहयोगबिना नै भक्तपुरले आत्मनिर्भर ढङ्गले यहाँको विकास गरिरहेको बताउनुभयो ।
राजनीति पक्षपात, गुण्डागर्दी र ध्वंसात्मक गतिविधि गर्ने नभई जनताको इमानदारीपूर्वक सेवा गर्ने क्षेत्र भएको बताउँदै उहाँले जनताको साथ र सहयोगले भक्तपुरलाई उदाहरणीय नगरको रूपमा स्थापित गर्न सफल भएको स्पष्ट पार्नुभयो ।
देको मिवा इतापाके आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्ने ढङ्गले आयोजनाले काम गर्दै आएको बताउँदै उहाँले आयोजनाविरोधी गतिविधि गर्नेहरूबाट जनता सचेत हुनुपर्ने र जनप्रतिनिधिको अपमान गर्नु भनेको जनताको पनि अपमान गर्नु हो भन्नुभयो ।
भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सम्बन्धन दिने विषयमा पनि राजनीतिक चलखेल भइरहेको स्पष्ट पार्दै उहाँले भक्तपुर नगरपालिकाबाट सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पताल स्थानीय तहबाट सञ्चालित उत्कृष्ट संस्थाहरू भएको बताउनुभयो ।
अन्तरिम सरकारले चुनावलाई शान्तिपूर्ण र मर्यादित ढङ्गले सम्पन्न गर्न सके मात्र देश स्थिर रहने बताउँदै उहाँले देशलाई दीर्घकालीन असर पुग्ने काम अन्तरिम सरकारले गर्न नहुने स्पष्ट पार्नुभयो ।
नेमकिपाले किसानहरूको मोहियानी हक सुनिश्चित गरेको स्मरण गर्दै उहाँले किसानको हक हितको निम्ति नपाले निरन्तर आवाज उठाउँदै आएको र किसानहरूलाई राजनैतिक रूपले सङ्गठित पार्ने काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाले नगरको भौतिक विकाससँगै जनताको राजनैतिक र सांस्कृतिक स्तर उकास्ने काम गर्दै आएको बताउँदै नगरको सुरक्षालाई ध्यानमा राखी ठाउँ ठाउँमा सीसी क्यामेरा जडानमा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले सञ्चालन गरेको आवास योजनाले नगरलाई सुन्दर र व्यवस्थित बनाएको बताउँदै उहाँले देको मिवा इतापाके आवास योजना तुलनात्मक हिसाबले अन्य आयोजनाभन्दा व्यवस्थित रहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि गङ्गाराम ज्याख्व, नेमकिपा ९ का पार्टी इन्चार्ज कृष्णभक्त लवजूले नेमकिपाले जनताको हितमा गरिरहेको कामबारे अवगत गराउनुभयो ।
भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले नगरपालिकाले जनताको सल्लाह र सुझावअनुसार नगरका गतिविधि अगाडि बढाउँदै आएको स्पष्ट पार्दै लिबाली आवास क्षेत्रमा खानेपानी समस्या समाधानको लागि वडाले विशेष पहल गर्दै आएको बताउनुभयो ।
त्यस्तै ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले कलेज र अस्पतालको सेवा प्रवाहबारे अवगत गराउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य छोरीमैँया सुजखू र स्थानीय रवीन्द्रप्रसाद कुसीले पनि बोल्नुभएको थियो ।
Leave a Reply