क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
सन्दर्भ : बङ्गलादेशको जुलाई विद्रोह
सन् २०२४ जुलाई १ देखि बङ्गलादेशको हसिना सरकारविरुद्ध भएका विद्यार्थी प्रदर्शनलाई संसारकै प्रथम सफल जेन जी आन्दोलन दाबी गरिन्छ । सरकारी जागिरमा कोटा प्रणालीको विरोधबाट सुरु भएको यो आन्दोलनले अन्ततः सेख हसिनाको सरकार फाल्ने काम ग¥यो । विशेषगरी यो आन्दोलन जुलाई महिनामा उत्कर्षमा पुगेको हुँदा यसलाई ‘जुलाई क्रान्ति’ पनि भनियो । यो प्रदर्शन पनि अमेरिकाले चलाएको छद्म युद्ध कथित ‘रङ्गीन क्रान्ति’ (Colour Revolution) कै सिलसिला हो । संरा अमेरिका अन्य देशमा आफू अनुकूलको सरकार गठन गराउन कुन हदसम्म जान सक्छ भन्ने बुझ्न बङ्गलादेशको ‘जुलाई विद्रोह’ अध्ययन गर्नु सान्दर्भिक हुनेछ ।
रुसी विदेश मन्त्रालयका प्रवक्त मारिया जाखारोभाले २०२३ डिसेम्बर २५ मा भनेकी थिइन्, “बङ्गलादेशको २०२४ जनवरी ७ मा हुने संसदीय निर्वाचनको नतिजा अमेरिकाको चाहनाअनुरूप नभए उसले बङ्गलादेशमा रंगीन क्रान्ति सुरु गर्नेछ ।” (Asia Times, 2024 August 27, “Chinese Campaign Blames US for Dhaka Regime Change”)
हसिनाको आरोप
अमेरिकी बाइडेन प्रशासनले बङ्गलादेशको शासन परिवर्तन गर्न चाहेको भेउ पाएकी हसिनाले २०२३ अप्रिलको संसद् बैठकमा भनेकी थिइन, “तिनीहरू (अमेरिकीहरू) बङ्गलादेशमा लोकतान्त्रिक अस्तित्व समाप्त पारेर अलोकतान्त्रिक सरकार ल्याउन प्रयासरत छन् । यो प्रजातन्त्रविपरीतको कार्य हुनेछ ।”
हसिनाले सामाजिक सञ्जालमा पनि लेखेकी थिइन् “जब अमेरिकाले सेन्ट मार्टिन टापु चाह्यो, मेरो बुवाले दिन मानेनन्, टापुको बदला उहाँले आफ्नो ज्यान गुमाउनुप¥यो । तर, मेरो भाग्य थियो कि मैले सत्तामा रहनको निम्ति आफ्नो देश बेच्ने सोच कहिल्यै बनाइनँ ।” (Hindustan Times, 2025 May 26)
अमेरिकाले आफूसँग पनि ‘सेन्ट मार्टिन टापु’ मागेको उल्लेख गर्दै हसिनाले सेन्ट मार्टिन टापु र बङ्गालको खाडी अमेरिकालाई नदिइ देशको सार्वभौमिकतासँग सम्झौता नगरेको कारण आफ्नो सत्ता गुमेको दाबी गरिन् ।
सेन्ट मार्टिन टापु (Saint Martin Island)
सेन्ट मार्टिन टापु बङ्गलादेश र म्यानमारको सीमा नजिक बङ्गाल खाडीको उत्तरपूर्वी क्षेत्रमा अवस्थित छ । यो टापु बङ्गलादेशको लोकप्रिय पर्यटकीय केन्द्र तथा मत्स्य बन्दरगाह कक्स बजार (Cox’s Bajar) टेकनाफ प्रायद्वीप (Teknaf Peninsula) को दक्षिणी छेउबाट ९ कि.मि. टाढा छ । यो टापु ३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । यसको लम्बाइ ९ कि.मि. छ भने १.२ कि.मि. चौडाइ छ । म्यानमारबाट ५ माइल टाढा रहेको यो टापुमा लगभग ९ हजार मानिस बसोबास गर्छन् । यो टापु पर्यटकहरूको निम्ति प्रसिद्ध छ । पाँच हजार वर्ष पहिले यो टापु टेकनाफ प्रायद्वीपको भाग थियो । समयक्रममा यो टापु समुद्रमा डुब्यो । करिब ४५० वर्ष पहिले फेरि देखा प¥यो ।
सन् १९०० को दशकमा यो टापुलाई बेलायतले कब्जा गरेको थियो । सन् १९४७ मा भारत–पाकिस्तान विभाजनपछि यो टापु पाकिस्तानको क्षेत्रमा प¥यो भने सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश छुट्टिएपछि बङ्गलादेशको हिस्सा बन्यो । १८ औँ शताब्दीमा यसलाई अरबी व्यापारीहरूले ‘जजीरा’ (Ja Jira) नाम दिएका थिए । ब्रिटिश शासनको समयमा ब्रिटिशका डेपुटी कमिस्नर ‘सेन्ट मार्टिन’ को नामबाट यो टापुको नामाकरण भयो । यसलाई अङ्ग्रेजीमा कोकोनट आइल्याण्ड, हिन्दीमा नरकल जीजीरा र बङ्गलादेशमा कोरल (Coral) भनिन्छ । माछा, तेल र ग्यासजस्ता प्राकृतिक स्रोत र पर्यटकीय आकर्षणको कारण यो सुन्दर टापुलाई बङ्गलादेशको विशेष आर्थिक क्षेत्र पनि मानिन्छ ।
अमेरिकी अधिकारीको खुलासा
अमेरिकाका पूर्वविदेश विभाग अधिकारी माइक बेन्ज (Mike Benz) ले २०२५ फेब्रअरी ८ मा क्यालिफोर्नियाका अमेरिकी रुढिवादी राजनीतिक टिप्पणीकार Tucker Swanson McNear Carlson ; “u The Tucker Carlson Show मा अमेरिकी राजनीतिक स्वार्थ सुरक्षित गर्नको निम्ति USAID सम्बद्ध गैरसरकारी संस्थाहरूले बङ्गलादेशलाई अस्थिर बनाउन र सरकार परिवर्तन गराउन अमेरिकी करदाताहरूको कोष परिचालन गरेको खुलासा गरे ।
माइक भन्छन्, “चीनको प्रभावलाई कम गरेर अमेरिकी राष्ट्रिय स्वार्थ सुरक्षित गर्न बङ्गलादेशमा अमेरिकी सैनिक अड्डा स्थापना गर्नु अत्यावश्यक छ । तर, बङ्गलादेशी तत्कालीन प्रधानमन्त्री हसिनाले अस्वीकार गरिन् । त्यसपछि हाम्रा विदेश नीतिका योजनाकारहरूले त्यहाँ शासन परिवर्तन गर्न आवश्यक रहेको निर्णय गरे ।”
बेन्जका अनुसार एकपटक यस्तो निर्णय भएपछि त्यो देशलाई अस्थिर बनाउने सबै विकल्प खुला गरिन्छ । यसको निम्ति विपक्षी शक्तिहरूलाई सहयोग गर्नेदेखि रङ्गीन क्रान्तिका उपायहरू पनि अपनाइन्छ । उनले NED लगायत अमेरिकी एजेन्सीहरूले बङ्गलादेशको राजनीतिलाई अस्थिर बनाउन भूमिका निर्वाह गरेको बताए । बङ्गलादेशको विपक्षी पार्टी बिएनपी (Bangladesh Nationalist Party) लाई सत्तामा पु¥याउन असफल भएपछिल्भ्म् को एक राजनीतिक शाखा आइआरआई (The International Republican Institute) ले सन् २०१९–२० तिर अमेरिकी विदेश विभागमा रङ्गीन क्रान्तिको योजना पेश गरेको थियो । जसको निम्ति बङ्गलादेशमा १७० जना प्रजातन्त्र समर्थक कार्यकर्ता र ३०४ जना प्रमुख सूचनादाताहरूलाई तयार पारियो । आइआरआईले बङ्गलादेशमा शोषणमा परेका जातीय र सांस्कृतिक समुदायहरू, अल्पसङ्ख्यक समुदाय, एलजिबीटीीन्द्यत् (PnlhaL6LLGBT -lesbian, gay, bisexual and transgender/ transsexual people) समुदाय र विद्यार्थी प्रदर्शनकारीहरूलाई पनि तयार पा¥यो ।
बेन्जले अमेरिकी करदाताहरूको पैसा बङ्गलादेशमा विरोधका गीतहरू गाउने ¥याप गायकहरूको निम्ति पनि लगानी गरिएको खुलासा गरे । त्यसको लक्ष्य शान्तिपूर्ण प्रदर्शनको भेषमा रहेका प्रदर्शनकारीहरूलाई उत्तेजित बनाएर दङ्गामा परिणत गराउनु थियो । बङ्गलादेशमा ¥यापरहरूमार्फत दुई वटा गीत तयार पारियो । जसमध्ये एउटा गीत सरकारविरुद्ध आक्रोश फैलाउन तयार पारियो भने अर्को गीत नेताहरूलाई अविश्वास गराउन तयार पारियो । यी गीतलाई सरकारविरुद्ध विरोधमा उत्रिएका विद्यार्थीहरूमा प्रचार गरिएको थियो । (¥यापर शेजानको ‘कोथा को’ (Kotha Ko) र हन्नान हुसेन शिमुलको ‘आवाज उठा’ (Awaj Utha) गीत बङ्गलादेशी युवाहरूमाझ हिट भएको थियो भने लोकप्रिय गायक एथुन बाबु र मौसुमीको ‘देश त तोमर बापर नकी’
(Desh ta tomar baaper naki) पनि चर्चामा आएको थियो ।)
सुरुमा आइआरआईले बङ्गलादेशको विभिन्न क्षेत्रहरूको सुक्ष्म अध्ययन गरी अशान्ति फैलाउन सकिने क्षेत्र पहिचान ग¥यो । सोहीअनुसार आइआरआईले कार्यान्वयन गर्ने प्रभावकारी तरिकाहरू पत्ता लगायो । कार्यान्वयनको क्रममा उनीहरूले बङ्गलादेशमा रहेका आतङ्ककारी, अर्धसैनिक बल, विभिन्न अपराधमा संलग्न अपराधी र वेश्याहरूलाई समेत रकम उपलब्ध गराएर प्रयोग गरेको खुलासा गरे । यसले अमेरिका आफ्नो स्वार्थ पूर्तिको निम्ति कुन हदसम्म जान सक्छ भन्ने प्रस्ट हुन्छ ।
सेन्ट मार्टिनमा अमेरिकी स्वार्थ
हिन्द महासागरलाई दक्षिणपूर्वी एसियासँग जोड्ने एक महत्वपूर्ण समुद्री क्षेत्र बङ्गालको खाडी हो । विश्व बजारमा ऊर्जा आपूर्तिको निम्ति पनि यो क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यहाँ अवस्थित रणनीतिक रूपमा रहेको सेन्ट मार्टिन टापुमाथिको नियन्त्रणले समुद्री यातायातको निगरानी, सञ्चालनको निम्ति सुविधा प्रदान गर्दछ । यसकारण, अमेरिका यस आइल्याण्डमा आफ्नो सैन्य अड्डा राखेर यस क्षेत्रबाट इन्डिया, बङ्गलादेश, चीनलगायतका देशलाई नियन्त्रण गर्न चाहन्छ । चीनको बढ्दो प्रभावलाई रोक्न अमेरिकाले चीन वरपरका देशहरूमा सैन्य उपस्थिति बढाउन चाहन्छ । बीआरआईद्वारा सञ्चालित परियोजनाहरूद्वारा हुने हिन्द महासागर क्षेत्रका जनताको हितलाई नियन्त्रण गर्न पनि अमेरिकाले यो टापुमा आफ्नो सैन्य अखडा राख्न चाहेको हो । चिनियाँ टिप्पणीकारहरू पनि संरा अमेरिका रङ्गीन क्रान्तिमार्फत बीआरआईमा संलग्न देशहरूलाई अस्थिर बनाउन लागि परेको दाबी गर्छन् । बीआरआई विश्वका जनताको साझा लक्ष्यसँग जोडिएको परियोजना हो ।
विश्वको कुल व्यापारको लगभग ५० प्रतिशत र चीनको अधिकांश व्यापार मलाक्का जलडमरु बङ्गालको खाडीबाट हुन्छ । यो क्षेत्र एसिया र अफ्रिकाबिच व्यापार रुटको निम्ति पनि प्रसिद्ध छ । सामुद्रिक व्यापार मार्ग
(Maritme Trade Route) को हिसाबले यो क्षेत्र अत्यन्त महत्वपूर्ण छ ।
केही विश्लेषक अमेरिकालगायत पश्चिमाहरू यो क्षेत्रमा बङ्गलादेश, म्यानमार र इन्डियाको केही भाग मिलाएर क्रिश्चिनीयाली राज्य (Christian State) बनाउन लागि परेको पनि आशङ्का व्यक्त गर्छन् ।
सन्दर्भ सामग्री
– Stagecraft and Satecraft, 13 june 2023- Brahma Chellaney
– The Tucker Carlson Show’, Tucker Swanson McNear Carlson- 2025 feb 8
– Hindustan Times, 2025 May 26
– Bhaskar english, 2025 june 12
– Asia Times, 2024 August 27, “Chinese Campaign Blames US for Dhaka Regime Change”
२०८२ मङ्सिर ७ गते
Leave a Reply