क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
नोभेम्बरको बिचतिर नाइजेरियामा मिलिसिया समूहले इसाई (क्याथोलिक) विद्यालयमा अध्ययनरत ३०० भन्दा बढी विद्यार्थीलाई अपहरण गरे । २५ जना होस्टेलमा बसिरहेका किशोरीलाई समेत अपहरणकारीले आफूसँगै लगे । पछि साँझको चर्च प्रार्थनामा पसेर तिनै अपहरणकारीले तीनजनाको ज्यान लिए र त्यहाँबाट पनि दर्जनौँलाई बलपूर्वक लगे ।
नाइजेरियामा पछिल्लो समय यस्तो आक्रमण शृङ्खला बढिरहेको छ । आक्रमणको लहरबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियाली सरकारमाथि दबाब बढाएका छन् । ट्रम्पले नाइजेरियामा बढ्दो इसाईमाथिको दमन नरोकिए सैन्य कारबाहीसमेत हुन सक्ने धम्की दिएका छन् । तथापि, ‘इसाईहरूको सामूहिक हत्या’ भइरहेको भन्ने ट्रम्पको दाबीलाई भने नाइजेरियाली सरकार र सुरक्षाविज्ञले अस्वीकार गरेका छन् ।
बढ्दो असुरक्षाबिच नाइजेरियाको मध्यक्षेत्रमा दुई राज्यका सबै विद्यालय बन्द गरिएका छन् । राष्ट्रपति बोला टिनुबुले पछिल्लो समय राष्ट्रव्यापी आपत्काल घोषणा गर्दै सेना र प्रहरीलाई देशभर बढ्दो हिंसा रोक्ने जिम्मेवारी दिएका छन् । यसका लागि २० हजार अधिकारी खटाउन आदेश दिइएको छ ।
नाइजेरियाको उत्तर–पूर्वी तथा उत्तर–पश्चिम भागमा झन्डै दुई दशकदेखि अतिवादी जिहादी सक्रिय छन् । तिनले आफ्नो प्रभाव विस्तारका लागि गाउँ, बस्ती, सैन्य चौकी, मस्जिद, चर्च र बजारसम्म बम विस्फोट गर्दै आएका छन् । जिहादी विद्रोहीविरुद्ध सरकारले सैन्य कारबाही त चलाइरहेको छ, तर त्यो प्रभावकारी हुन सकेको छैन । एक दशकअघि सन् २०१४ मा जिहादी समूह ‘बोको हराम’ का लडाकुले उत्तरी भेगको सहर चिबोकबाट २७६ किशोरीलाई अपहरण गरेको घटना विश्वभर चर्चामा आएको थियो । परिणामस्वरूप ती किशोरीको रिहाइको माग गर्दै विश्वभर आवाज उठ्यो । त्यतिबेलादेखि नै विभिन्न समूहका इस्लामवादी समूह र आपराधिक गिरोहले विद्यार्थी तथा स्थानीय बासिन्दालाई अपहरण गर्ने र बदलामा फिरौती माग्ने रणनीति अपनाए । यसैले उत्तरी भेगका विद्यालयमा भएको पछिल्लो आक्रमण र अपहरण पहिलो नभएको ब्रिटिस परोपकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले विज्ञप्तिमा बताएको छ ।
‘सेभ द चिल्ड्रेन’ले मिडिया रिपोर्ट र ‘आम्र्ड कन्फ्लिक्ट लोकेसन एन्ड त्ेन्ट डाटा प्रोजेक्ट’ नामक अनुसन्धान संस्थाको तथ्याङ्कअनुसार जनवरी २०२४ यता नाइजेरियाभर ६७० बालबालिका अपहरणमा परेका छन् । १० वटा विद्यालयमा सामूहिक अपहरणका घटना भएका छन् । अपहरणमा परेकामध्ये धेरै विद्यार्थीलाई या त स्कुलबाटै लागिएको थियो, या घर र विद्यालयबिचको बाटोबाट लगिएको सेभ द चिल्ड्रेनले बताएको छ । यी आक्रमण ‘खतरनाक रूपमा समान्यीकरण’ हुँदै गए देशको शिक्षामा दीर्घकालीन परिणाम आउने सेभ द चिल्ड्रेनले चेतावनी दिएको छ । मुस्लिम र इसाई आधा–आधाजस्तो रहेको नाइजेरियाको उत्तर–पूर्वी क्षेत्र भने मुस्लिमबहुल क्षेत्र हो । त्यस भेगमा इस्लामिक आतङ्ककारीले मस्जिद, चर्च र बजारको भिडलाई लक्षित गरेर आत्मघाती बम विस्फोट गराउने गरेका छन् । कहिलेकाहीँ पूरै गाउँलाई समेत तिनले नियन्त्रणमा लिएका घटना आएका छन् । सन् २०१० को दशकको मध्यतिर मुस्लिम अतिवादी हिंसा चरम सीमामा पुगेको थियो । सरकारी सेनाले धार्मिक अतिवादीको नियन्त्रणमा रहेको क्षेत्रमाथि नियन्त्रण कायम गर्न थालेछि डाकुका रूपमा चिनिने अपहरणकारीको नयाँ गिरोह सक्रिय हुन थाले । तिनले फिरौतीका लागि गाउँले र बालबालिकालाई अपहरण गर्न थाले । त्यस समय हिंसा मध्य राज्यमा समेत फैलियो । त्यस भेगमा घुमन्ते मुस्लिम गोठाला समुदाय र इसाई किसानबिच भूमिलाई लिएर पहिल्यैदेखि विवाद र द्वन्द्व भड्किने गथ्र्यो ।
ट्रम्प, केही अमेरिकी सांसद र इसाई समूहले नाइजेरियामा अहिले इस्लामिक विद्रोहीको निसानामा इसाई परेको दाबी गरेका छन् । नोभेम्बरमा पत्रकारसँग बोल्दै ट्रम्पले आफ्ना रक्षामन्त्रीलाई नाइजेरियामा सेना तैनाथ गर्न वा ‘ठुलो सङ्ख्यामा’ इसाईको हत्या रोक्न हवाई आक्रमण गर्न आदेश दिएको बताएका थिए । उनले नाइजेरियालाई ‘कन्ट्री अफ कन्सर्न (चासोको देश)’ को संज्ञा दिँदै अमेरिकी आर्थिक सहायता रोक्ने चेतावनीसमेत दिएका थिए । ‘राजनीतिक तथा सुरक्षा जोखिम व्यवस्थापन’ विषयका परामर्श दिने संस्था ‘सिग्नल रिस्क’का निर्देशक रायन कमिंग्सले नाइजेरियामा जारी आक्रमणलाई मुस्लिम र इसाई समुदायबिचको झडपका रूपमा प्रस्तुत गर्दा अतिवादीलाई फाइदा हुने चेतावनी दिएका छन् । विशेषतः त्यहाँ धार्मिक युद्ध चलेको स्थापित गर्नसके इस्लामिक अतिवादीले विश्वव्यापी जिहादी सञ्जालबाट कोष भित्याउन सक्छन् । ‘साथै यस्तो बयानबाजीले नाइजेरियालीलाई समेत जनसङ्ख्या, धर्म, विचारधाराका आधारमा थप विभाजित गर्नेछ,’ कमिंग्सले भने ।
राष्ट्रपति टिनुबुले विद्रोहीविरुद्धको लडाइँमा अमेरिकाले समर्थन गरेमा स्वागत गर्ने बताएका छन् । तथापि, यसक्रममा अमेरिकाले नाइजेरियाको क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा उनले जोड दिएका छन् । नाइजेरियाली सरकारले सशस्त्र समूहविरुद्ध वन क्षेत्रमा प्रशिक्षित वन रक्षकका अतिरिक्त दुर्गम क्षेत्रमा सक्रिय सशस्त्र समूहविरुद्ध थप सशस्त्र बल परिचालन गरेको बताएको छ । राष्ट्रपति टिनुबुले ठुला धार्मिक कार्यक्रमको समयमा सुरक्षा बढाउन चर्च र मस्जिदलाई पनि आह्वान गरेका छन् । त्यस्तै, उनले किसानलाई गोठाला समूहसँगको झडप कम गर्न खेतबारीमा बलियो तारघेरा प्रयोग बढाउन आग्रह गरेका छन् ।
(अदेबायो समावेशी अर्थतन्त्रबारे कलम चलाउँछिन्)
– थमसन रोयटर्स फाउन्डेसनबाट
Leave a Reply