भक्तपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
- माघ ३, २०८२
भक्तपुर, २६ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खो खो खेलमा माउन्ट भ्यालीले समाज सुधार विद्यालयलाई १२ का विरूद्ध १३, पारागन स्कूलले एभरेस्ट स्कूललाई ३ का विरूद्ध १९, बासु माविले आदर्श आजाद माविलाई १४ का विरूद्ध १६, वाइजल्यान्ड स्कूलले सरस्वती विद्यागृहलाई ८ का विरूद्ध १०, गोल्डेन गेटले ख्वप्रिङलाई १६ का विरूद्ध २१ र विद्यार्थी निकेतनले प्रभात माविलाई ० का विरूद्ध १२ अङ्कले जित हासिल गरेको छ ।
त्यस्तै छात्रातर्फको खोखो खेलमा वाइजल्यान्ड स्कूलले मेधा माविलाई ८ का विरूद्ध ९, सरस्वती विद्यागृहले बाल विकास स्कूललाई ८ का विरूद्ध १४ अङ्क हासिल गरी जित हासिल गरेको छ ।
शुक्रबार सम्पन्न कबड्डी खेल छात्रतर्फ मोर्डनले ख्वपलाई १५ का विरूद्ध ४७, मिनर्वाले पारागनलाई ३५ का विरूद्ध ५२, वागीश्वरीले बासुलाई २० का विरूद्ध ४७, रोम्बसले ख्वप्रिङलाई ४७ का विरूद्ध ५० र मोर्डन स्कूलले आदर्श स्कूललाई ९ का विरूद्ध ४८ अङ्क हासिल गरी जित हात पारेको छ ।
त्यस्तै छात्रातर्फ मोर्डनले वागीश्वरीलाई ३० का विरूद्ध ३९, पारागनले मिनर्वालाई १९ का विरूद्ध ४५ र रोम्बसले ख्वप्रिङलाई १२ का विरूद्ध ४५ अङ्कले जित हासिल गरको छ ।
पोर्टबल प्रतियोगिता
त्यस्तै भक्तपुर नगरपालिका वडा नं. ३ को संयोजनमा भएको भक्तपुर नगरव्यापी अन्तरविद्यालय पोर्टबल प्रतियोगिता वडाध्यक्ष राजकृष्ण गोराबाट रेफ्रि प्रज्ज्वल खत्रीलाई बल हस्तान्तरण गरी खेल शुभारम्भ भयो ।
शुक्रबार भएको छात्र पोर्टबल प्रतियोगितामा बाल विकास इ. स्कूल र एभरेस्ट इ. स्कूलबिच भएको खेलमा १४ अङ्कविरुद्ध १७ अङ्कले एभरेस्ट विजयी भयो ।
दोस्रो खेलमा विद्यार्थी निकेतनलाई २ अङ्कको विरुद्ध १९ अङ्कका साथ तारा मावि विजयी भयो ।
तेस्रो खेलमा गणेश माविलाई ३ अङ्कविरुद्ध ११ अङ्कले बासु मावि जित्न सफल भयो ।
त्यस्तै छात्रतर्फ चौथो खेलमा महेन्द्र विद्याश्रमलाई ० का विरुद्ध ३० अङ्कले वागीश्वरी दोस्रो चरणमा प्रवेश गरियो ।
पाँचौँ खेलमा ज्ञानतारा इ. स्कूललाई २ का विरुद्ध ३६ अङ्कले पद्म मावि जित्न सफल भयो ।
त्यसैगरी आजको छात्रतर्फ अन्तिम खेलमा हिमालयन ग्लोरीले ४ अङ्कका विरुद्ध २४ अङ्कका साथ ख्वप्रिङलाई हराई दोस्रो चरणमा पुग्न सफल भयो ।
शुक्रबार भएको छात्रा पोर्टबलमा पारागन एकेडेमीले ७ का विरुद्ध १८ अङ्कका साथ ज्ञानतारा इ. स्कूललाई हराई दोस्रो चरणमा पुग्न सफल भयो ।
दोस्रो दिनको खेल शनिबार बिहान ७ बजेदेखि सुरु हुने आयोजक समितिले जनाएको छ ।
सिनियर कसिमला पाँय् प्रतियोगिता
त्यस्तै शुक्रबार भएको कसिमला पाँय् प्रतियोगितामा सिनियर छात्र कक्षा ९ देखि १२ तर्फ बासु मावि पहिलो, ख्वप्रिङ एकेडेमी दोस्रो, गोल्डेन गेट इ. स्कूल तेस्रो र विद्यार्थी निकेतन सान्त्वना हुन सफल भए ।
त्यस्तै कसिमला पाँय् सिनियर छात्रातर्फ ख्वप मावि पहिलो, ख्वप्रिङ एकेडेमी दोस्रो, सरस्वती विद्यागृह तेस्रो र सान्त्वना हुन सफल भए ।
जुनियर कसिमला पाँय् प्रतियोगिता कक्षा ६ देखि ८ सम्मको छात्रातर्फ बालसेवक पहिलो, ब्राइट स्टार स्कूल दोस्रो, प्रभात मावि तेस्रो र ख्वप्रिङ एकेडेमी सान्त्वना स्थान हासिल गर्न सफल भए ।
जुनियर कक्षा ६ देखि ८ छात्रतर्फ भने सूर्यविनायक इ. स्कूल पहिलो, दत्तात्रय स्कूल दोस्रो, सेकरिड हार्ट तेस्रो र वागीश्वरी मावि सान्त्वना हुन सफल भए ।
सब जुनियर कक्षा १ देखि ५ छात्रातर्फ चण्डेश्वरी विद्यालय पहिलो, बालसेवक विद्यालय दोस्रो, सिद्धि शारदा तेस्रो र ब्रह्मायणी आधारभूत विद्यालय सान्त्वना हुन सफल भए ।
सब जुनियर कक्षा १ देखि ५ छात्रतर्फ भने शारदा मावि पहिलो, सिद्धि शारदा दोस्रो, ख्वप्रिङ स्कूल तेस्रो र बाल सेवक सान्त्वना हुन सफल भए ।
Leave a Reply