भर्खरै :

युवा सङ्घको स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फूटसल

युवा सङ्घको स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फूटसल

भक्तपुर, ३१ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घको ३६ औँ स्थापना दिवसको अवसरमा नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिले सहिद स्मृति खेल मैदान भक्तपुरमा शनिबार मैत्रीपूर्ण फूटसल प्रतियोगिता आयोजना ग¥यो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले खेल स्वास्थ्य, अनुशासन र मित्रताको लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
उहाँले देशको सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरूले चिन्तन गर्नु जरुरी रहेको औँल्याउनुभयो ।
नेक्रायुसङ्घका अध्यक्ष मिनबहादुर बाटाले विदेशीको उक्साहटमा युवाहरू ध्वंसात्मक गतिविधिमा लाग्न नहुने चर्चा गर्दै पुर्खाले निर्माण गरेका धरोहर जलाएर, भत्काएर परिवर्तन नआउने प्रस्ट पार्नुभयो ।
नेक्रायुसङ्घ भजिसका अध्यक्ष जगतराम धुख्वाले चाडपर्वको बेलामा पनि युवाहरूलाई रचनात्मक गतिविधिमा लाग्न आग्रह गर्नुभयो । आयोजक समितिका एचएस सुवालले पनि बोल्नुभयो ।
प्रतियोगितामा चाँगुनारायण, मध्यपुर, सूर्यविनायक र भक्तपुर नगरपालिकाबाट १२ वटा फूटसल टीम सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *