नेपाल भलिबल सङ्घको स्वर्ण जयन्ती कार्यक्रम सम्पन्न
- आश्विन २४, २०८३
भक्तपुर, २५ असोज । नेपाल क्रान्तिकारी महिला सङ्घ, वडा नं. ९ सूर्यमढी समितिको आयोजनामा वडाव्यापी डोरी तान्ने प्रतियोगिता नेपाल मजदुर किसान पार्टीका केन्द्रीय समिति सदस्य एवं वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको आतिथ्यमा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा वडाध्यक्ष ज्याख्वले महिलाहरू घरायसी कामकाजसँगै राजनीतिक, शारीरिक तथा सामाजिक रूपमा पनि क्रियाशील भएर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।
उहाँले खेलकुदले विभिन्न तनावबाट मुक्त गराउनुका साथै आपसी समन्वय र भ्रातृत्वको विकास गर्ने भएकाले यस्ता टोलका गतिविधि समयानुकूल नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर नगर समितिकी सचिव मञ्जुमैया लाखाजुले नेक्रामहिला सङ्घले श्रमजीवी महिलाहरूको हकहितका लागि काम गर्दै आएको बताउनुभयो । खेलकुदले मानसिक स्वास्थ्य राम्रो राख्न सहयोग गर्ने भएकाले यसको महत्व रहेको बताउँदै उहाँले चाडपर्वमा खानपानप्रति सचेत रहन आग्रह गर्नुभयो ।
नेमकिपा सूर्यमढी एकाइ समितिका काशीलाल प्रजापतिले पार्टीले जनतालाई राजनीतिक चेतना प्रदान गर्नुका साथै जनताको सेवामा निरन्तर समर्पित भएर काम गर्दै आएको बताउनुभयो ।
समितिका अध्यक्ष सविना प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगितामा १३ वटा महिला समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा मको १० गते महिला समूह प्रथम, ताहामला महिला समूह द्वितीय र तलातुंछी माइती समूह तृतीय भए । विजयी महिला खेलाडीहरूलाई वडाध्यक्ष ज्याख्वले पदक तथा पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा समितिका सदस्य छोरीमैया सुजखू र रामेश्वरी कोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply