भर्खरै :

पर्व बिदामा नयाँ पुस्तक अध्ययन र जानकारी हासिल गर्नु उपयुक्त हुने

पर्व बिदामा नयाँ पुस्तक अध्ययन र जानकारी हासिल गर्नु उपयुक्त हुने

भक्तपुर, १ कार्तिक । प्रभात इङलिस सेकेन्डरी स्कूलका एसईई २०७६ समूहका विद्यार्थीहरूको आयोजनामा भएको पेसाकप फुटसल प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रभात इङलिस सेकेन्डरी स्कूल व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले अनुशासित भएर ‘पेसा कप –२०८३ फुटसल प्रतियोगिता’ सम्पन्न गरिएकोमा आयोजक समूह र सहभागी सबै समूहलाई धन्यवाद तथा विजयी विद्यार्थीलाई बधाई व्यक्त गर्नुभयो ।
सांस्कृतिक पर्वको लामो बिदामा फुटसल प्रतियोगिता सम्पन्न गरियो, बाँकी दिनमा नयाँ नयाँ पुस्तक अध्ययन गर्ने र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय समाचारबारे जानकारी लिनु उपयुक्त हुने सुझाव उहाँले व्यक्त गर्नुभयो ।
फ्रान्समा महँगीविरूद्ध हिंसात्मक प्रदर्शन भइरहेको लामो समय भइसकेको र नेपालमा पनि सांस्कृतिक पर्वको मुखमा ४० देखि ३०० प्रतिशतसम्म मूल्य वृद्धि भएको सार्वजनिक भएको चर्चा गर्दै समितिका अध्यक्ष सुवालले भन्नुभयो, “मूल्यवृद्धिको विरोध हुनु जरूरी छ । प्यालेस्टिनको गाजाका नागरिक खाना र औषधिको अभावमा तड्पिरहेको पुनः सार्वजनिक भयो । इजरायलले प्यालेस्टिनी जनतामाथि बमबारी गरी नरसंहार गरिरहेको पनि लामो भयो । नेपाली जनताले युद्धको विरोध गर्नु जरूरी छ ।”
सन् १९३० को दशकमा दक्षिण अमेरिकाबाट सुरू भएको फुटसललाई सीमित स्थानमा खेलाडीको मानसिक र शारीरिक विकासमा थप मद्दत गर्ने खेलको रूपमा लिइने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “विद्यालयले शैक्षिक उन्नयन सँगसँगै विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई त्यति नै जोड दिनु जरूरी छ ।”
आगामी दिनमा पेसा कप फुटसलसँगै अन्य खेलकुदको पनि आयोजना गर्नु उपयक्त हुने उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा आयोजकको तर्फबाट विपिका सुलु र सलिना सुवालले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा छात्रतर्फ २०७७ समूह पहिलो, २०७२÷७३ समूह दोस्रो तथा छात्रातर्फ २०७८ समूह पहिलो र २०७६ समूह दोस्रो भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *