कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, १३ पुस । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका ५ नं वडा एकाइ समितिको आयोजनामा विश्वसर्वहारा वर्गका महान् गुरुहरू जोसेफ स्तालिनको १४७ औँ र माओ त्सेतुङको १३२ औँ जन्मजयन्तीको अवसरमा चानपा मिलन टोलमा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपा कामगरी खाने किसान, मजदुर तथा शोषित–पीडित जनताको पार्टी भएको चर्चा गर्दै कामदार जनतालाई सङ्गठित गरी समाजवादी क्रान्ति स्थापना गर्न नेमकिपा सङ्घर्षरत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताको प्रजातन्त्र हुँदै समाजवादी व्यवस्था र साम्यवादमा पुग्ने नेमकिपाको लक्ष्य हो । सोभियत सङ्घमा समाजवाद स्थापना गर्न नेता स्तालिन र चीनमा समाजवादको आधार निर्माण गर्नमा अध्यक्ष माओको योगदान भएकोले विश्वका प्रगतिशील जनताले स्तालिन र माओलाई सम्झिरहने छन् ।”
नेमकिपा चाँनपाका युवराज बयलकोटीले माओ र स्तालिनको जीवनी अध्ययनले देश र जनताको सेवामा लाग्न उत्प्रेरणा दिने बताउनुभयो ।
कार्यक्रममा जीराम सुवाल, एसबी फाजु र प्रकाश मिजारले पनि बोल्नुभएको थियो ।
Leave a Reply