्जखाङकी नाची
- फाल्गुन १४, २०८२
सन् २०२५ को समीक्षा गर्दा, जटिल विश्व परिदृश्यमा दक्षिण एसियाले आफ्नो लचकता प्रदर्शन गरेको छ । यसको विकासमा मुख्यतः चुनौतीको सामना र सहकार्यको मजबुतीलाई देखाइएको छ । यस क्षेत्रका देशहरू आफ्नै हितअनुसारको मार्ग खोज्दै छन् ।
दक्षिण एसियाको सुरक्षा ऐतिहासिक द्वन्द्वद्वारा निरन्तर प्रभावित छ । काश्मीरजस्ता समस्याले क्षेत्रीय पारस्परिक विश्वासको कमीलाई प्रस्ट पार्छ । यस वर्ष भारत र पाकिस्तानको सैन्य द्वन्द्वबाट हेर्दा आकस्मिक घटनाले गहिरो द्वन्द्वलाई सजिलो रूपमा उत्प्रेरित गर्नसक्छ र संवादले माध्यमको महत्वको पुष्टि गर्दछ । स्थायी शान्ति हासिल गर्ने कुञ्जी सधैँ दक्षिण एसियाली देशको हातमा रहन्छ ।
आर्थिक रूपमा सन् २०२५ मा दक्षिण एसियाले निरन्तर रूपमा सक्रियता देखाएको छ । विश्व बैङ्कले अनुमान गरेको दक्षिण एसियाको वृद्धिदर ६.६ प्रतिशत पुगेको छ । तर, उच्च वृद्धिसँग जोखिम पनि छन्ः आगामी वर्ष वृद्धि प्रवृत्ति सुस्त हुने सम्भावना छ र लाभांशको वितरण असमान हुने देखिन्छ । केही देशमा आन्तरिक अस्थिरता र संरचनात्मक समस्या अझै पनि समावेशी विकासका बाधक हुन् । यस पृष्ठभूमिमा, अन्तर्राष्ट्रिय बजार प्रणालीमा एकीकृत हुनु महत्वपूर्ण छ । सन् २०२६ देखि सुरु हुने चीनको ‘पन्ध्रौँ पञ्चवर्षीय’ योजनासहित बाह्य क्षेत्र प्रमुख अर्थतन्त्रको बजारको खुलापन र आपूर्ति श्रृङ्खलाको सहयोगले दक्षिण एसियाको आर्थिक भविष्यमा ‘निश्चितता’ थप्ने विश्लेषण गरिएको छ ।
जलवायु परिवर्तन दक्षिण एसियाको अर्को चुनौती बनिसकेको छ । वैज्ञानिक पूर्वानुमानअनुसार, विश्व तापक्रम वृद्धि हुने प्रवृत्तिमा परिवर्तन नभएमा दक्षिण एसियाले सन् २०३५ देखि सन् २०३८ बिचमा १.५ डिग्री तापक्रमको सीमा पार गर्ने सम्भावना छ । अत्यधिक मौसमले जीवनयापनलाई कष्ट दिइरहेको छ र आर्थिक आधारमाथि क्षति पु¥याइरहेको छ । त्यसैले हरित रुपान्तरणको प्रवद्र्धन ऊर्जा स्रोत सुरक्षा र आर्थिक दिगो विकासको प्रत्याभूति गर्ने केन्द्रीय रणनीति बनेको छ ।
विभिन्न चुनौतीको सामु ‘विश्व दक्षिण’ प्रारुपमा सामूहिक पहिचान र सहकार्यप्रति दक्षिण एसियाली मुलुकहरूको चेतना बलियो हुँदै छ । यस पहिचानको मूल अझै न्यायपूर्ण व्यवस्था प्रवद्र्धन गर्ने र राष्ट्रिय अवस्थाबमोजिम स्वतन्त्र रूपमा मार्गको अन्वेषण गर्ने हो । यो समान र पारस्परिक हितको दक्षिण–दक्षिण सहकार्यले क्षेत्रीय चुनौतीको सामना गर्नका लागि बहुपक्षीय विचार उपलब्ध गराउँदै छ ।
दक्षिण एसियाको भविष्य आफूद्वारा छनोट गरिने छ । बाहिरी मौका पूर्वसर्त हो तर भित्री सुधारको अठोट, सुशासनको क्षमता, एकता र सहकार्य निर्णायक तत्व हुन् । वार्ताको सिर्जना, सुधारको प्रवद्र्धन, रुपान्तरणमा गति प्रदान, हितको संरक्षण यी कार्यहरूले दक्षिण एसियाले स्थिरता र समृद्धितर्फ जाने बाटो निश्चित गरेका छन् ।
– सीआरआईबाट
Leave a Reply