एप्सटिन फाइलले पश्चिमा आदर्श र नैतिक श्रेष्ठताको भ्रम चि¥यो
- फाल्गुन ४, २०८२
लेनिनका सङ्कलित रचना भाग – ३ पढ्दा
लेनिनवादका आधारभूत सिद्धान्त र विचार बुझ्ने र अध्ययन गर्ने एक भरपर्दाे आधार भ्लादिमिर इलिच लेनिनले रचेका भ्ला. इ. लेनिन सङ्कलित रचनाहरू हुन् । लेनिनका सङ्कलित रचनाहरू आठ भागमा प्रकाशन गरिएको छ । यी रचनाहरू अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र सबै प्रगतिशील मानवताको लागि एक अमूल्य सम्पत्ति बनेको छ । लेनिनका कृतिहरू माक्र्सवादको क्रान्तिकारी सिद्धान्तको विकासका संस्थापकहरू कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्सका विचारलाई नयाँ ऐतिहासिक परिस्थितिअनुसार विकसित तुल्याएका थिए । लेनिनले बुर्जुवा विचारविरुद्ध, संशोधनवादी तथा अवसरवादीहरूविरुद्ध वैचारिक सङ्घर्ष चलाए । लेनिनका सङ्कलित रचनाहरूमा माक्र्सवादका मुख्य मुख्य प्रस्थापनाहरू, सर्वहारावर्ग, श्रमिक जनताको मुक्ति सङ्घर्षको लागि वैज्ञानिक साम्यवादका सिद्धान्तको महत्व, पार्टीसम्बन्धी शिक्षालाई मजदुर आन्दोलनको अग्रणी र नेतृत्वकारी शक्तिको चर्चा गरिएको छ । ऐतिहासिक परिस्थितिहरूमा कम्युनिस्ट पार्टीको राजनीति, कार्यनीति, समाजवादी व्यवस्थाको निर्माणसम्बन्धी खाका तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा मजदुर आन्दोलनका समस्याबारे चर्चा गरिएको छ ।
माक्र्सवादका तीन स्रोत, राज्य र क्रान्ति, माक्र्सवाद र विद्रोह, सर्वहारा क्रान्ति र गद्दार काउत्स्की, वामपन्थी कम्युज्यम एक बाल रोग, क्रान्तिमा सर्वहारावर्गको नेतृत्वदायी भूमिका बुर्जुवा जनवादी क्रान्तिको समाजवादी क्रान्तिमा सङ्क्रमणसम्बन्धी विचार पनि सङ्कलित रचनामा उल्लेख गरिएको छ । विश्वको पुनर्विभाजनको लागि साम्राज्यवादी राष्ट्रहरूबिचको सङ्घर्ष, रुसमा अक्टोबर समाजवादी क्रान्ति, सोभियत सङ्घमा समाजवादको निर्माण, विश्व समाजवादी व्यवस्थाको अभ्युदय, उपनिवेशवादको पतन, सांस्कृतिक क्रान्तिको सारबारे पनि सङ्कलित रचनामा लेखिएको छ । त्यसमध्येको एक सङ्कलित रचना भाग ३ पनि हो ।
लेनिनवाद नयाँ ऐतिहासिक युगको माक्र्सवाद हो । यसको सार हो, पुँजीवादबाट समाजवादमा सङ्क्रमण, पुँजीवादी व्यवस्थाको पतन र समाजवाद तथा साम्यवादको विजय । यस रचनामा विशेषतः महाशक्तिहरूबिच विश्वको विभाजन, साम्राज्यवाद–पुँजीवादको एक विशेष अवस्था, पुँजीवादको परजीविता तथा ¥हास, साम्राज्यवादको आलोचना र इतिहासमा साम्राज्यवादको स्थान, पुँजी निर्यात, वित्तीय पुँजी तथा बैङ्क र तिनको भूमिकाबारे चर्चा गरिएको छ । यस रचनाले साम्राज्यवादको आर्थिक सार बुझ्न मद्दत गरेको छ । पुस्तकमा विश्वभरि बढ्दो सर्वहारा क्रान्तिकारी आन्दोलन र कम्युनिस्ट आन्दोलनको लागि विशेष रूपमा ‘काउत्स्कीवाद’ का सैद्धान्तिक गल्तीहरूको विश्लेषण र भण्डाफोर गरिएको छ ।
‘बैङ्क र तिनको नयाँ भूमिका’ मा लेखिएको छ, “पैसा भुक्तानीमा मध्यस्थता गर्नु नै बैङ्कहरूको मुख्य र आधारभूत काम हो । उनीहरू निष्क्रिय मुद्रा पुँजीलाई सक्रिय पुँजीमा परिणत गर्छन् । अर्थात्, पुँजीमा परिणत गर्छन् जसबाट नाफा कमाउन सकिन्छ । त्यस पुँजीलाई पुँजीपतिवर्गको हातमा सुम्पिएको हुन्छ ।” बेलायत र फ्रान्स सबैभन्दा पुराना पुँजीवादी देश हुन् । उनीहरूसँग सबैभन्दा बढी उपनिवेशहरू थिए । संयुक्त राज्य अमेरिका र जर्मनी उद्योगमा पुँजीवादी एकाधिकारको फैलावटको दृष्टिकोणले प्रमुख पुँजीवादी देश हुन् । बेलायत अरु देशमा भन्दा छिटो पुँजीवादको विकास भयो । उन्नाइसौँ शताब्दीको आधातिर यस देशले खुला व्यापारको बाटो अपनायो र विश्वको कारखानाको भूमिका दाबा गर्न थालेको थियो । संसारका देशहरूको लागि तयारी सामान आपूर्ति गर्न थाल्यो । यी सामानको सट्टा ती देशहरूले उसलाई कच्चा सामान आपूर्ति गर्न थाले । जबसम्म पुँजीवाद पुँजीवाद रहन्छ तबसम्म फाल्तु पुँजी कुनै राष्ट्रका व्यापक जनताको जीवनस्तर उठाउनको निम्ति प्रयोग गरिने छैन । किनभने, यसले पुँजीपतिहरूको नाफामा कमी हुन्छ । फाल्तु पुँजी पिछडिएका देशहरूमा नाफाको स्तर बढी हुन्छ किनभने त्यहाँ पुँजीको अभाव हुन्छ, ज्याला थोरै हुन्छ, कच्चा पदार्थ सस्तो हुन्छ । यसले पुँजी निर्यातको सम्भावना पैदा गर्छ ।
बेलायती पुँजी लगानीको मुख्य क्षेत्र यसका उपनिवेशहरू हुन् । फ्रान्सबाट निर्यात हुने पुँजी मुख्यतया युरोप र रुसमा लगानी गरिएको थियो । पुँजी निर्यातले पुँजी आयात गर्ने देशहरूमा पुँजीवादको विकासमाथि प्रभाव पार्छ । उपनिवेशमा रहेका देशहरू ऋण माग्छन्† कहिलेकाहीँ ऋणको लागि धर्ना कसेर बसेका हुन्छन् । वित्तीय पुँजीले एकाधिकार युग जन्मायो । एकाधिकारीहरू जताततै एकाधिकारी तरिका लागु गर्छन् । त्यो ऋण ऋण दिने देशका सामानहरू किन्न, विशेषतः युद्ध सामग्री किन्नमा खर्च गरिएको हुन्छ । ऋण प्रदान गर्दा दबाबमै आफ्नो हितमा सम्झौता गरिएको हुन्छ । जसरी नेपालमा संयुक्त राज्य अमेरिकाको दबाबमा एमसीसी सम्झौता गर्न बाध्य पारिएको थियो । यसरी वित्तीय पुँजीले आफ्नो जाल संसारभरि फैलाएको हुन्छ ।
पुँजीपतिहरूका एकाधिकारी सङ्घ र ट्रस्टहरू सबैभन्दा पहिले आफ्नो देशको बजार आपसमा बाँड्छन्† त्यस देशका उद्योगधन्दालाई करिब करिब पूर्णतः आफ्नो कब्जामा पार्छन् । यसले पुँजीवादको विश्व बजारको सिर्जना गरेको हुन्छ । जति जति पुँजीको निर्यात बढ्दै गयो र ठुलठुला एकाधिकारी सङ्घहरूका वैदेशिक तथा औपनिवेशिक सम्बन्धहरू बढ्दै गए । पुँजीवाद सुरु हुनुभन्दा अघि नै औपनिवेशिक नीति र साम्राज्यवादको अस्तित्व थियो । यस्ता एकाधिकारहरू कच्चा पदार्थका स्रोतमाथि कब्जा जमाएपछि सुदृढ हुन्छन् ।
साम्राज्यवाद पुँजीवादको एक विशेष अवस्था हो । साम्राज्यवाद पुँजीवादका आधारभूत लक्षणहरूको विकास हो । पुँजीवादको एकाधिकारी अवस्था नै साम्राज्यवाद हो । ठुलठुला एकाधिकारी बैङ्कहरूको बैङ्क पुँजी नै वित्तीय पुँजी हो । साम्राज्यवाद स्वाभाविक रूपमा पुँजीवादको एक आधारभूत आवश्यकता बन्न जान्छ । कति साम्राज्य पक्षधरहरू निर्लज्ज तरिकाले तर्क गर्छन्, “वर्तमान पुँजीवाद नै साम्राज्यवाद हो† पुँजीवादको विकास अनिवार्य छ, त्यो प्रगतिशील हुन्छ । तसर्थ, साम्राज्यवाद प्रगतिशील हुन्छ† त्यसैले हामीले साम्राज्यवादको अगाडि जी हजुरी गर्नुपर्छ ।” आज विश्वका स्वाधीन र सार्वभौम देशमा आक्रमण र हस्तक्षेप गर्न विश्वका साम्राज्यवादी देशहरू एक छन् ।
साम्राज्यवादको सबभन्दा गहिरो आर्थिक जरा नै एकाधिकार हो । यो पुँजीवादी एकाधिकार हो । त्यस्तो एकाधिकार पुँजीवादी व्यवस्थाबाट जन्मेको हुन्छ । ऋणजीवीहरूको आय संसारका सबैभन्दा ठुला ‘व्यापारी’ देशको वैदेशिक व्यापारबाट हुने कुल आत्न्दा धेरै गुना बढी हुन्छ । यही हो, साम्राज्यवाद तथा साम्राज्यवादको परजीवी स्वभावको सार । ठोस रूपले ऋण दिने देशहरूमा बेलायत, फ्रान्स, जर्मनी, बेल्जियम तथा स्वीजरल्यान्ड थिए । ऋणजीवी राज्य परजीवी, ¥हासोन्मुख पुँजीवादी राज्य हो । बेलायत, फ्रान्स तथा अन्य साम्राज्यवादी राष्ट्रहरू अगाडि पछाडि नहेरी खतरनाक बाटोमा टेकेका थिए । यो साम्राज्यवादको अन्धोपनाको सबैभन्दा अनौठो उदाहरण हो । साम्राज्यवादी शक्तिहरूको सामना नगर्ने हो भने यिनीहरू सधैँ त्यस लक्ष्यतर्फ लाग्छन् । ती साम्राज्यवादी देशहरूले विश्वको शोषण गरिरहेका हुन्छन् । विश्व बजारमा आफ्नो आधिपत्य जमाएका हुन्छन्† उपनिवेशहरूमाथि उनीहरूको एकाधिकार हुन्छ । यसकारण, साम्राज्यवादी नीति र साम्राज्यवादविरुद्ध निरन्तर सङ्घर्ष गरिरहनुपर्छ । आज विश्वका अधिकांश देशहरू साम्राज्यवादको विरोधमा सङ्घर्षरत छन् । यो विश्व शान्ति र सुरक्षाको निम्ति आवश्यक छ । साम्राज्यवादी देशहरू रहेसम्म विश्वले न शान्ति पाउने छ न त विश्वका मुलुकहरू सुरक्षित हुनेछन् । साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाले पछिल्लो पटक तेल कब्जा गर्नको निम्ति भेनेजुयलामा आक्रमण ग¥यो र त्यहाँको निर्वाचित राष्ट्रपति निकोलस मादुरोलाई जङ्गली शैलीमा नियन्त्रणमा लियो । साम्राज्यवादी पक्षधर केही देशका शासकहरू आक्रमक साम्राज्यवादीहरूको गलत नीति र कार्यको विरोध गर्नुको सट्टा उल्टो यिनीहरूको गल्तीको ढाकछोप गर्छन् । साम्राज्यवाद वित्तीय पुँजी तथा एकाधिकारहरूको युग हो । यसले स्वतन्त्रता दिने नभएर यत्रतत्र आफ्नो प्रभुत्व जमाउने काम गर्छ ।
उत्पादनको केन्द्रीकरण विकासको एक उच्चतम खुड्किलोमा पुगिसकेपछि यसबाट एकाधिकार सिर्जना हुन्छ । एकाधिकारले कच्चा पदार्थको सबैभन्दा महत्वपूर्ण स्रोतमाथि अर्थात् उद्योग, कोइला तथा अन्य उद्योगमा कब्जा जमाउँछ । एकाधिकारलाई बैङ्कले जन्माएको हुन्छ । एकाधिकार औपनिवेशिक नीतिबाट पैदा हुन्छ । सारमा, हामीले साम्राज्यवादलाई सङ्क्रमणकालीन पुँजीवादको रूपमा बुझ्नुपर्छ । लेनिनले पुँजीवादको विकासमा देखापरेका नयाँ परिघटनाहरूलाई प्रथम विश्वयुद्ध (सन् १९१४–१९१८) सुरु हुनुभन्दा अघि नै उल्लेख गरेका थिए । प्रथम विश्वयुद्धको सुरुदेखि नै लेनिनले पुँजीवादको एकाधिकारी चरणको चौतर्फी अनुसन्धान सुरु गरिसकेका थिए । लेनिनले क्रान्तिकारी आन्दोलनको सही नेतृत्व र साम्राज्यवादी प्रतिक्रियावादको विचारधारा, साम्राज्यवादीहरूसँग सम्झौता गर्ने सुधारवादी नीतिको विरुद्ध सफलतापूर्वक सङ्घर्ष गर्न आधारभूत आर्थिक प्रश्नहरू अर्थात् साम्राज्यवादको आर्थिक सार बुझ्नुपर्नेमा जोड दिए । यस्तै यस्ता देश विदेशका जल्दोबल्दो समस्या, सिद्धान्त र विचारको सङ्ग्रहको रूपमा रहेको एक पुस्तक हो – भ्ला. इ. लेनिन सङ्कलित रचना भाग ३ ।
Leave a Reply