क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
सर्वप्रथम हामी ‘तिब्बती’ को अर्थ के हो भन्नेमा प्रस्ट हुनुपर्छ । अङ्ग्रेजी र अन्य भाषाहरूका अनुसार किङ्घाई–तिब्बत पठार (Plateau) को विशाल क्षेत्रलाई छोटकरीमा तिब्बत भनिएको हो । वर्तमान तिब्बतको क्षेत्रफलसँग तिब्बत शब्दले कुनै सरोकार राख्दैन ।
छिङ राजवंशले सत्रौँ शताब्दीदेखि तिब्बतमाथि शासन गर्दा स्थानीय सरकार र केन्द्रीय सरकारबिच यदाकदा खटपट हुनेबाहेक सम्बन्ध राम्रै थियो । उन्नाइसौँ शताब्दीको मध्यतिर भएका दुईवटा अफिम युद्धको समयपश्चात् केन्द्र सरकार र स्थानीय तिब्बती सरकारबिच फाटो आउन थाल्यो ।
सन् १९०४ मा बेलायती फौजले तिब्बतमा आक्रमण गर्यो । त्यस समयमा १३ औँ दलाई लामा र उनका अनुयायीहरूले तिनको असफल प्रतिकार गर्न खोजे । तर, केन्द्र सरकारले तिब्बतीलाई सहयोग गरेन । पराजयपछि दलाई लामाले आफ्नो सरकारी पदलाई सरकारी कार्यालयमा लागू गरेनन् । उनले बेलायतसँग असमान मौखिक सन्धि गरिसकेका थिए । तत्कालै छिङ राजवंशले दलाईलाई पुरानै पदमा पुनःस्थापना गरिदियो । तर पनि १३ औँ दलाई र उनका अनुयायीहरू तिब्बतमा रहेका केन्द्र सरकारका उच्च अधिकारीप्रति नकारात्मक भए । विवाद चर्किएपछि दलाई फेब्रुअरी, १९१० मा इस्ट इन्डिया कम्पनी सरकारको शरणमा पर्न वर्तमान भारत गए ।
विदेशी लेखकहरू असावधानीपूर्वक रूपमा विश्वास गर्छन् कि उक्त घटना चाओ अफेङको सेनाको कारण भएको थियो । वास्तवमा चाओ सिचुआन र युनान प्रान्तको सैन्य दलको अग्रमोर्चाका कमान्डर थिए । उनी त्यस बखत आफ्नो सैन्य टुकडीसँग खाम्दोसम्म मात्र पुगेका थिए । पहिले पनि अनेकौँ काम कारबाही बेथिति ढङ्गले चलाएको कारण केन्द्रीय सरकारले दलाईलाई दण्ड दिएर उपमा खोस्ने तयारी गरेको थियो ।
सन् १९११ मा राजसंस्थाविरुद्ध चिनियाँ देशभक्तहरूले विद्रोह गरे । राजावादीहरू भागेर तिब्बत पसे । मुख्य भूमि चीनका हान जातिका राजावादीहरूको तिब्बतमा भएको आगमनलाई तिब्बतीहरूले जातीय हस्तक्षेप ठाने । त्यही बेला ‘तिबेतन इन्डिपेन्डस्’ अर्थात् तिब्बतीलाई स्वतन्त्र छोड भन्ने नारा उठेको हो, तिब्बत स्वतन्त्र (फ्रि टिबेट) भनेर होइन ।
प्रारम्भमा ‘स्वतन्त्र’ को अर्थ फरक थियो । सबैजसो प्रान्तका जातिहरूले यो नारा उठाएका थिए । जनवरी सन् १९१२ मा चीन गणतन्त्र भएपछि अन्तरिम राष्ट्रपति सन यात्सेनले हान, मञ्चु, मङ्गोलियन, उई र तिब्बतीहरूलाई गणतान्त्रिक अधिकारहरू दिए । अक्टोबर सन् १९१२ मा गणतन्त्र चीनको नयाँ सरकार बन्यो । दलाई १३ औँलाई यस्तो अधिकार दिइयो – ‘निर्णय अस्वीकार नगर्ने र स्वतन्त्रताको माग नगर्ने ।’
स्वदेशी तथा विदेशी अन्वेषकहरूले लेखेका धेरै ऐतिहासिक कृतिहरूले तिब्बतलाई चीनको एक क्षेत्र मानेका छन् । तर, चीन गणतन्त्र भएको पहिलो वर्ष सन् १९१२ मै चीनको लागि बेलायती दूतले गणतन्त्र चीनलाई स्वीकार गर्न नसकिने पत्र अगस्त १७ मा दिए । बेलायतले उसको अनुमति बेगर चिनियाँ अधिकारीहरूलाई भारत भ्रमणमा जान नपाउने बन्देज पनि लगायो । यसैबिच बेलायती दूतले चिनियाँ सरकारी अधिकारी युयान शिकाईलाई सिमला छलफलमा सहभागी जनाउन निम्तो गर्यो । तर, सन् १९१३÷१४ को सिमला छलफल बिचमै तुहियो ।
सन् १९१९ मा देशभक्त र साम्राज्यवादविरोधी विद्रोह चक्र्यो । चीनको केन्द्र सरकारले किङ्घाइ प्रान्तबाट गान्सु हुँदै एक प्रतिनिधिमण्डल ल्हासा पठायो । त्यस प्रतिनिधिमण्डलका सदस्यहरूसँग १३ औँ दलाई लामाले भने, “मेरो विगत र हालसाल पनि बेलायतसँग राम्रो सम्बन्ध हुन सकेन । मेरो सोचाइ तिब्बत चीनबाट स्वतन्त्र होस् भन्ने फिटिक्कै छैन ।” त्यसपछि १३ औँ दलाईको सम्बन्ध केन्द्र सरकारसँग सामान्य ढङ्गले चलिरह्यो ।
सन् १९५१ मई २३ मा जनवादी गणतन्त्र चीनको केन्द्र सरकार र स्थानीय तिब्बती सरकारबिच ‘तिब्बतको शान्तिपूर्ण मुक्ति’ विषयमा सम्झौता भयो । त्यसै वर्षको अक्टोबरमा दलाई लामाले माओ त्सेतुङलाई एक तार सन्देश पठाए । उनले उक्त पत्रमा तिब्बतमा चिनियाँ जनमुक्ति सेनाको प्रवेशलाई स्वागत गरेको, तिब्बतबाट साम्राज्यवादी शक्ति धपाउन आफू तत्पर रहेको र मातृभूमिको रक्षार्थ तिब्बत चीनको छत्रछायाँमा बस्न मञ्जुर रहेको जनाएका थिए ।
(जनधारणा साप्ताहिक वर्ष १७ अङ्क ५ बाट)
स्रोतः तिब्बत उपद्रव र यथार्थ
Leave a Reply