रसुवामा बाढी : भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन
- भाद्र १२, २०८३
भक्तपुर, ४ फागुन । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को सांस्कृतिक उपसमितिको आयोजनामा भएको बाँसुरी बाजा प्रशिक्षण समापन तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम भक्तपुर नगरपालिका, साबिक १५ वडाका पूर्व वडा अध्यक्ष रवीन्द्र खर्बुजाको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि खर्बुजाले भक्तपुर नगरमा पुर्खाले सिर्जेको कला र संस्कृति तथा बाजागाजाको जगेर्ना गर्दै लैजानुपर्ने बताउनुभयो । हाम्रा सन्ततिहरूलाई पढाइका साथ अतिरिक्त क्रियाकलापहरूमा पनि उतिकै सक्रिय सहभागी गराउनुपर्ने आवश्यकता औँल्याउदै नयाँ पुस्तालाई सांस्कृतिक बाजागाजा सिकाउने कार्य गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष राजन जतिले संस्थाबाट सदस्यहरूलाई सांस्कृतिक नृत्य, धिमे बाजा, धाँ बाजा र बाँसुरी बाजा आदिको प्रशिक्षण दिइरहेको उल्लेख गर्दै संस्थाबाट विभिन्न सीपमूलक तालिम, प्रशिक्षण र समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
उक्त बाँसुरी बाजा प्रशिक्षणका प्रशिक्षक रभिम कपालीले कला र संस्कृतिलाई जीवन्त तुल्याउनुपर्ने कुरा राख्नुभयो । उपसमितिका संयोजक कमलश्वरी खर्बुजाको सभापतित्वमा भएको उक्त कार्यक्रममा २४ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट रिसिका त्वायना र एकेन स्वंगमिखाले प्रशिक्षणको अनुभव बताउनुभएको थियो । सांस्कृतिक उपसमितिका सदस्य दिलप्रसाद सुवाल र प्रशिक्षार्थीका अभिभावक मञ्जुमैँया लाखाजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply