नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
सुर्खेत, १२ फागुन । नेपाल मजदुर किसान पार्टी चुनाव प्रचारप्रसार उपसमितिको टोलीले शनिबार भुडेटार बिजौरा, मायाताल तोर्सा हुँदै बिजौरा बजारमा पर्चा, अपिल वितरण तथा घरदैलोपछि बिजौरामा पुगी कोणसभा भयो ।
सभामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला क्षेत्र नं. २ का उम्मेदवार तुल्सी खड्काले नेमकिपाले चुनावलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा उपयोग गरेको उल्लेख गर्दै शोषितपीडित काम गरिखाने जनताको आवाजलाई सदनमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनतालाई राजनीतिक रूपमा सचेत पार्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नीरकबहादुर शाही र गगनबहादुर विकले पार्टीको सिद्धान्त र घोषणापत्रबारे स्पष्ट पार्नुभएको थियो ।
त्यस्तै, गुढुबजारमा आइतबार चुनावी प्रचारप्रसार र घरदैलोसहित सभा भयो ।
सभामा तुल्सी खड्का, अकलबहादुर राना र नीरकबहादुर शाहीले पुँजीवादी निर्वाचन निष्पक्ष र धाँधलीरहित नहुने बताउनुभयो ।
त्यस्तै, क्षेत्र नं. २ का विध्यापुर बजार, दुलाल थाई, माझी गाउँ हुँदै बानिया चौरको तिलकपुरमा अपिल र पर्चा वितरण गरी मतदातालाई सचेत गराइयो ।
पलैटे बजारका विद्यार्थी, शिक्षक र बुद्धिजीवीलाई अपिल र पर्चा वितरणपछि सभा भयो ।
उक्त सभामा तुल्सी खड्का, भीमबहादुर सिजापती र नीरकबहादुर शाहीले पनि बोल्नुभएको थियो । घरदैलो कुभीकोटतर्फ प्रस्थान भई वीरेन्द्रनगरसम्म पुगेको थियो । यसरी नै अन्य दलहरूको पनि घरदैलो तथा भेटघाट कार्यक्रम भइरहेको छ ।
Leave a Reply