नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
दार्चुला, १२ फागुन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् दार्चुला जिल्लाका उम्मेदवार रमेशकुमार रावलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको शिलशिलामा मार्मा गाउँपालिका वडा नं. ३ लाटिनाथ बजार, बिटरे चिउरेमा घरदैलो कार्यक्रम गर्नुभयो । उम्मेदवार रावलले राजनीति भनेको देश र जनताको निःस्वार्थ सेवा हो भन्नुभयो ।
उहाँले नेपालमा बहुदलपछि ३५ वर्षसम्म सरकारमा बसेका शासक दलहरूले राजनीतिलाई पेसा बनाएका कारण जनताले दुःख पाएको बताउनुभयो ।
उहाँले शासनसत्तामा रहेका दलहरूले राष्ट्रघाती सन्धि सम्झौता, जन्मको आधारमा विदेशीलाई दिने नागरिकता विधेयक, एमसीसी बहुमतले पारित गरेर देशलाई विदेशीको परेड भूमि बनाउने शासकहरूको विरोधमा देशभक्त नेपालीले विरोध गर्नुपर्छ भन्नुभयो ।
दार्चुला जिल्लाको ३० हजार हेक्टर भूमि भारतले अतिक्रमण गरेकोमा सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने नेपाल मजदुर किसान पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो । संसद् नीति नियम र कानुन बनाउने भएकोले विदेशी दलाल ,राष्ट्रघाती र देशद्रोहीहरूलाई हराई देशभक्त पार्टी नेमकिपालाई जिताउन मतदातामाझ उहाँले आग्रह गर्नुभयो ।
उहाँले यो निर्वाचनबाट बन्ने सरकार पनि पुँजीवादी सरकार नै बन्ने हुँदा बहुमत कामदार जनताको हित हुनेछैन भन्नुभयो । उहाँले समाजवादी व्यवस्थामा मात्र कामदार जनताको हित हुन्छ भन्नुभयो ।
उहाँले दार्चुलाबासी जनता स्वाभिमानी भएकोले देशको शिर निहुरिन नदिन देशभक्त दललाई रोज्नुपर्ने बताउनुभयो ।
Leave a Reply