नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
रुपन्देही, १३ फागुन । नेपाल मजदुर पार्टीको आयोजनामा रूपन्देहीको निर्वाचन क्षेत्रमा घरदैलो तथा कोणसभा बुधबार पनि जारी रह्यो ।
उक्त कोणसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश समिति संयोजक हरिसुन्दर बासीले नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्दै देशको सार्वभौमिकता रक्षाको लागि सङ्घर्षरत छ । नेमकिपाका प्रतिनिधिहरूले संसद्मा गएर कामदार जनताको हितमा ऐन–कानुन बनाउन सङ्घर्ष गर्नेछन् ।”
नेमकिपा लुम्बिनी प्रदेश समितिका सदस्य हरिप्रसाद बासुकलाले सहकारी ठगहरूलाई कारबाही गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले सहकारीलाई बचत तथा ऋणमा मात्र सीमित नगरी उत्पादन, कृषि, घरेलु उद्योगमा काम गर्न मिल्ने गरी योजना वा कानुन बनाउनु बताउनुभयो ।
नेमकिपा रूपन्देही ३ का उम्मेदवार सुग्रीम चाइले नेपालमा रासायनिक मल कारखाना खोल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा रूपन्देही ४ का उम्मेदवार कमल कोजुले समाजवादी व्यवस्था स्थापना गर्ने नेमकिपाको उद्देश्य रहेको बताउनुभयो ।
Leave a Reply