भर्खरै :

पर्वत र म्याग्दीमा नेमकिपाको चुनावी प्रचार

पर्वत र म्याग्दीमा नेमकिपाको चुनावी प्रचार

पर्वत, १३ फागुन । नेपाल मजदुर किसान पार्टीको तर्फबाट पर्वत जिल्लाका उम्मेदवार एलिना सुवालको नेतृत्वमा पर्वतको कार्कीनेटा र कुस्मा बजारमा बुधबार घरदैलो तथा भेटघाट सम्पन्न भयो ।
भेटघाटको क्रममा कार्कीनेटाका स्थानीयले कुस्मा बजारबाट खौला लाँकुरी हुँदै कार्कीनेटा जाने बाटो समयमै स्तरोन्नति नभएको कारण जनतालाई दुःख भएको गुनासो व्यक्त गरे ।
कुस्माका स्थानीय भन्छन्, “सरकार चलाएका दलहरूले देशलाई भ्रष्टाचारको दलदलमा फसाए । यसपालि हामी मत परिवर्तन गर्छौँ ।”
जनताका समस्या सम्बन्धित निकायमा पु¥याउने बताउँदै नेमकिपाका कार्यकर्ताहरूले भने, “पटक पटक प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री खाएका नेपाली काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपालगायतका शासक दलहरू एकै ड्याङका मुला हुन् । उनीहरूले देशलाई परनिर्भर बनाए । विदेशीका दलालहरूलाई परास्त गर्नुपर्छ ।”
स्थानीयसँगको छलफलमा उम्मेदवार एलिना सुवालले पर्वतका जनताले नेपाल मजदुर किसान पार्टीलाई निर्वाचित गराएको खण्डमा नेपाली जनताको शिक्षा स्वास्थ्य निःशुल्क गराउन, देशको सार्वभौमिकता रक्षा गर्न, जनताबाट अस्वीकृत एमसीसी सम्झौता खारेज गराउन, असमान सन्धि सम्झौता खारेज गराउन, गरिब कामदार वर्गको पक्षमा कानुन बनाउन आफूहरूले संसद्मा भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सोही दिन म्याग्दी जिल्लाको बेनीमा पनि नेमकिपाको चुनावी प्रचार सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *