भर्खरै :

व्यक्तिगत आतङ्क के हो ?

व्यक्तिगत आतङ्क के हो ?

रुसको समाजवादी क्रान्तिभन्दा पहिले रुसका सम्राट जारको अत्याचारको विरोधमा रुसी युवाहरू र नरोदवादी अर्थात् ‘जनताको हितमा काम गर्ने’ भूमिगत सङ्गठनको सिद्धान्त थियो – ‘ समाजवादको वा देशको विकासको काम २–४ जना वीरले गर्छन्’ र ‘दुईचार जना दुष्टहरूले गर्दा समाज र देशको विकास अवरुद्ध हुने हो । यसकारण, त्यस्ता २–४ जनाको हत्या गरेमा देश र समाजको उन्नति हुन्छ भन्ने खोटो समझदारी उनीहरूले राखे । त्यस दृष्टिकोणमा लेनिनका दाजु अलेक्ज्यान्डर पनि विश्वास गर्थे र उनले जारको हत्या प्रयास गरेकोमा उनलाई ज्यान सजाय भयो । त्यस्तै अन्य नरोदवादीहरूलाई पनि ज्यान सजाय दिइएको थियोे । पछि त्यो नरोदवादी सिद्धान्त खोटो हो भन्ने रुसी जनताले थाहा पाए । देश र जनताको उठान र पतनमा २–४ जना व्यक्तिमात्रै जिम्मेवार होइनन् बरु व्यवस्था नै फेर्नुपर्ने लेनिनको सिद्धान्त अगाडि आयो ।
समाजका केही व्यक्तिलाई मारेपछि समाजमा आमूल परिवर्तन हुन्छ भन्ने खोटो विचारको प्रभावमा भारतमा सन् १९६५ देखि १९९० सम्म धेरै जमिनदारहरू र दुष्ट मानिसहरू मारिए, त्यही विश्वासमा लागेका भारतीय कम्युनिस्ट शिविरको एक सङ्गठन नक्सलवादी समूहका पनि धेरै कार्यकर्ता एवं युवा–विद्यार्थीहरू पनि सरकारको तर्फबाट गोली हानाहान र ज्यान सजायमा मारिए ।
भारतमा इन्दिरा गान्धिको शासनको समाप्तिसँगै जनता पार्टीको गठबन्धन सरकार आएपछि सरकारको नीतिमा परिवर्तन आयो । कानुनी उपचार र मिलापत्र र आँखा चिम्लेर शङ्काकै भरमा गोली हानी हत्या गर्ने सरकारको असहिष्णुतामा परिवर्तन आएपछि बिस्तारै भारतीय राजनैतिक दबुलीमा ‘व्यक्तिहत्या’ को आतङ्कवादमा ¥हास आयो ।
तर आज अन्तर्राष्ट्रिय दबुलीमा भने राज्यस्तरबाटै व्यक्तिहत्याको आतङ्कवाद बढ्दै गएको देखिन्छ ! अमेरिकाको ‘ट्वीन टावर’ को विध्वंशपछि संरा अमेरिकी सरकारले ‘ओसामा बिन लाडेन’ लाई पनि ‘व्यक्तिहत्या’ को शैलीमा हत्या ग¥यो । त्यस्तै लिबियाको राष्ट्रपति कर्नेल मोहमर गद्दाफीलाई पनि हुल हुज्जत गरी ‘व्यक्तिगत आतङ्कवादी’ शैलीले हत्या ग¥यो ।
त्यस्तै हालै इजरायल र संरा अमेरिकी प्रशासन मिलेर इरानी सर्वाेच्च आयतोल्लाह अलि खामेनीलाई हत्या गरे । बेन्जामिन नेतन्याहुको इजरायली सरकारहरूले अनेकौँ प्यालेस्टिनी नेता, लेखक, कवि, कलाकार र पत्रकारहरू कानुनी ढङ्गले मुद्दा नचलाई व्यक्तिगत आतङ्कवादी शैलीले हत्या ग¥यो । हजारौँ बालबालिका, महिला र निर्दाेष जनतालाई मारेकोमा संसारमा बदनाम इजरायली सरकारकै ‘व्यक्तिहत्या’ को आतङ्कवादी शैली’ लाई आज संसारका एक महाशक्ति र संयुक्त राष्ट्र सङ््घका एक जिम्मेवार नेता संरा अमेरिकाले सार्वभौम राज्यहरूको राष्ट्रपति र सर्वाेच्च नेताहरूलाई हत्या गर्ने अभियान पनि ‘व्यक्तिगत आतङ्कवाद’ हो ।
कुनै समूहले गरेको २–४ जना व्यक्तिको हत्यालाई ‘आतङ्कवाद’ भनियो भने संसारको एक शक्तिशाली देशको सरकारले विभिन्न महादेशहरूका नेता र राष्ट्रपतिहरूको हत्या र अपहरण पनि ‘व्यक्तिहत्या’ र ‘आतङ्कवाद’ हो । सानो समूहको ‘आतङ्कवाद’ बर्जित छ भने संसारमा संयुक्त राष्ट्र सङ्घका जिम्मेवार राष्ट्रले ‘व्यक्तिहत्या’ लाई कानुनी मान्यता दिने हो भने अपराधीहरूको ‘हत्या’ र ‘आतङ्कवादी हत्या’ लाई कसरी सही साबित गर्न सक्छन् ?
यस अर्थमा अमेरिकी ट्रम्प प्रशासनका यस्ता सबै गतिविधि ‘आतङ्कवाद’ र ‘सशस्त्र डकैती’ साबित हुन्छ । विश्वका व्यापक जनतामाझ जस्तै आज नेपालमा यही चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *