मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
पेइचिङ, २० फागुन (एपी) । चीनले आफ्नो वार्षिक राष्ट्रिय राजनीतिक अधिवेशनहरू सुरु गर्न लागेको छ । पेइचिङमा हुने यस उच्चस्तरीय भेलामा आगामी पाँच वर्षका प्राथमिकता, आर्थिक लक्ष्य र नीतिगत दिशाबारे स्पष्ट खाका प्रस्तुत गरिने अपेक्षा गरिएको छ । विश्लेषकहरूले यसलाई चीनको भावी आर्थिक र राजनीतिक मार्गचित्र निर्धारण गर्ने महत्वपूर्ण क्षणका रूपमा हेरिरहेका छन् ।
यस अवसरमा चीनको औपचारिक व्यवस्थापिका राष्ट्रिय जन काङ्ग्रेसको बैठक बस्नेछ । बैठकमा देशका प्रमुख नीतिगत निर्णयहरू अनुमोदन गरिन्छन् । करिब तीन हजार सदस्य सहभागी हुने यस निकायले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वबाट अघि सारिएका कानुन तथा राष्ट्रिय प्रस्तावहरू पारित गर्नेछ । यद्यपि मतदान प्रक्रिया औपचारिक रूपमा सञ्चालन हुन्छ, निर्णयहरू प्रायः सर्वसम्मत पारित हुने परम्परा रहँदै आएको छ ।
यससँगै चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको बैठक पनि आयोजना हुँदैछ । समाजका विभिन्न क्षेत्र—व्यवसायी, शिक्षाविद्, वैज्ञानिक, खेलाडी तथा अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरू—समेटिएको यो सल्लाहकार निकायले सुझाव प्रस्तुत गर्ने भूमिका निर्वाह गर्छ । तर सार्वजनिक नीतिमा यसको प्रत्यक्ष निर्णयाधिकार सीमित रहेको बताइन्छ ।
विगतमा यी वार्षिक बैठकहरूलाई नीतिगत बहस र छलफलको मञ्चका रूपमा लिइन्थ्यो । सिङ्गापुरको नेसनल युनिभर्सिटीका सार्वजनिक नीतिका प्राध्यापक अल्फ्रेड वुले विगतका वर्षहरूमा केही विवादास्पद विषयमा समेत खुला छलफल हुने गरेको स्मरण गर्नुभयो । उहाँका अनुसार पछिल्ला वर्षहरूमा भने बैठकहरू बढी औपचारिक, नियन्त्रित र प्रस्तुतीकरणमुखी बन्दै गएका छन् ।
यस वर्षको अधिवेशनमा अर्थतन्त्र मुख्य एजेन्डा बन्ने निश्चितजस्तै देखिएको छ । चिनियाँ प्रधानमन्त्रीले वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर लक्ष्य तथा रोजगारी, मुद्रास्फीति र सरकारी खर्चसम्बन्धी सूचकहरू सार्वजनिक गर्ने कार्यक्रम छ । विशेष ध्यान १५औँ पञ्चवर्षीय योजनामा केन्द्रित हुनेछ, जसको प्रारम्भिक मस्यौदा गत अक्टोबरमा सार्वजनिक गरिएको थियो । उक्त योजनाले प्राविधिक आत्मनिर्भरता, नवप्रवर्तन र उच्च गुणस्तरको विकासलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।
चीनले योजनाबद्ध अर्थतन्त्रको ऐतिहासिक अभ्यासअनुसार पञ्चवर्षीय योजनामार्फत दीर्घकालीन विकास रणनीति तय गर्दै आएको छ । तर वर्तमान परिस्थितिमा अर्थतन्त्र चुनौतीपूर्ण मोडमा पुगेको छ । युवा बेरोजगारी उच्च रहेको छ, आवास बजार कमजोर देखिएको छ र घरेलु उपभोग अपेक्षाकृत सुस्त छ । यसबिच अमेरिकासँगको व्यापार तनावका कारण चिनियाँ वस्तुहरूमा लगाइएको अतिरिक्त करले निर्यात क्षेत्र थप प्रभावित भएको छ ।
नीति विश्लेषकहरूका अनुसार चीनले अब प्रविधि–आधारित उत्पादन—रोबोटिक्स, नवीकरणीय ऊर्जा र कृत्रिम बौद्धिकता (एआई)—लाई तीव्र रूपमा अघि बढाउँदै आन्तरिक बजार सुदृढ गर्ने रणनीति अवलम्बन गर्नुपर्नेछ । तर प्रविधि आपूर्ति शृङ्खला अझै सीमित रहेकाले त्यसको लाभ व्यापक जनस्तरसम्म कसरी पु¥याउने भन्ने चुनौती कायम छ । एसिया सोसाइटीका नीतिविज्ञ नील थोमस र लोब्साङ सेरिङले चीनले यस वर्ष आफ्नो आर्थिक वृद्धिदर लक्ष्यलाई रेकर्ड न्यून स्तरमा झार्न सक्ने अनुमान गर्नुभएको छ । उहाँहरूले यसलाई तीव्र वृद्धिबाट गुणस्तरीय वृद्धितर्फको रूपान्तरणको सङ्केतका रूपमा व्याख्या गर्नुभएको छ ।
राजनीतिक र सैनिक संरचनाभित्र पनि केही परिवर्तन देखिएका छन् । गत जनवरीमा दुई वरिष्ठ जनरललाई भ्रष्टाचारको अभियोगमा पदबाट हटाइएको थियो । त्यसपछि व्यवस्थापिकाले थप १९ सदस्यलाई बर्खास्त गरेको छ । हाल केन्द्रीय सैन्य आयोगमा सेनालाई प्रत्यक्ष नियन्त्रण गर्ने सदस्य सङ्ख्या घटेको छ । यद्यपि विश्लेषकहरूले तत्कालै ठुला कर्मचारी फेरबदलको घोषणा हुने सम्भावना कम रहेको बताएका छन् ।
Leave a Reply