भर्खरै :

मतदानबारे आयोगको व्यवस्था – बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म लाइन बसेकालाई मतदान गराइने

मतदानबारे आयोगको व्यवस्था – बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म लाइन बसेकालाई मतदान गराइने

काठमाडौँ, २१ फागुन । आज प्रतिनिधिसभाका २७५ जना सदस्यको निर्वाचन हुँदैछ । मतदाताहरूले १६५ निर्वाचन क्षेत्रमध्ये आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्ने हुन्छ । मतदाताहरू बिहान ७ बजेदेखि आ–आफ्नो मतदान केन्द्रमा प्रवेश गरिसक्नुपर्दछ । मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताहरूलाई मतदान गराउने व्यवस्था छ ।
मतदातालाई साथमा ल्याउन मिल्ने प्रमाणपत्र
मतदाताहरूले मतदान गर्न मतदाता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमति पत्र वा जग्गाधनी प्रमाणपत्र साथमा ल्याउन सक्ने व्यवस्था छ ।
अशक्त वा ज्येष्ठ नागरिक लाइनमा बस्न नपर्ने
निर्वाचन आयोगका अनुसार शारीरिक अस्वस्थ, अशक्त, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला मतदातालाई लाइनमा बस्नुपर्ने छैन ।
हरेक मतदान केन्द्रमा महिला र पुरुषको अलग लाइन व्यवस्था गरिएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *