हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
(पश्चिमी सञ्चारमाध्यमहरूमा तिब्बतसम्बन्धी विषयलाई निकै गलत ढङ्गले प्रचार हुँदै आएको छ । ‘चीनले स्वतन्त्र तिब्बतमाथि कब्जा जमाएको’, ‘चिनियाँ जनमुक्ति सेनाले तिब्बतीहरूमाथि दुव्र्यवहार गरेको’, ‘तिब्बती जनताका नेता दलाइ लामालाई पदच्युत गरेको’ जस्ता समाचार उनीहरू प्रचार गर्छन् । के साँच्चै ‘स्वतन्त्र’ तिब्बतमाथि चीनले कब्जा जमाएको हो ? तिब्बती स्वर्गलाई जनमुक्ति सेनाले नर्क बनाएको हो ? जनताको शासनविरुद्ध असफल विद्रोह गरेर दलाइ लामा भागेका हुन् कि उनलाई पदच्युत गरिएको हो ? आदि प्रश्नका विस्तृत उत्तर प्रसिद्ध अमेरिकी महिला पत्रकार अन्ना लुइस स्ट्रङको पुस्तक ‘When Serfs Stood Up in Tibet’’ मा पाउन सकिन्छ । यो पुस्तक सन् १९६० मा प्रकाशित भएको हो ।)
सेप्टेम्बर महिनाको पहिलो हप्ता पूर्वी उपनगरको दक्षिणी भागको ६० एकड भएको जौको बाली काट्ने घोषणा भयो । लोका (Loka) र टाकुन (Takun) क्षेत्रमा पहिले नै बाली काटिसकेको थियो तर ल्हासा क्षेत्रको लागि यो पहिलो बाली थियो । प्रतिनिधिहरूको समूहका अन्य सदस्यहरू यसको समाचार लेख्न गए भने म ल्हासाको बाली काट्ने ठाउँमा हेर्न गएँ । त्यो ठाउँ उत्तरतिर र उचाइमा पर्दथ्यो ।
खेत बाटोभन्दा केही पर थियो, ठुलठुला घाँसहरू भएको बाँझो फाँट पार गरेर जानुपथ्र्यो । खस्रो जमिन सूर्यको ताप, ठाउँ–ठाउँमा बगेको पानीका भेलहरू तर्दै जाँदा म खेतमा काम गर्ने ती किसानहरूभन्दा पनि बढी थाकेकी थिएँ । ठुलो खेतमा सत्न्दा बढी मानिसहरू बाली काटिरहेका थिए । तिनीहरू काम गर्दै गीत गाइरहेका थिए ।
मैले सुरुमा देखेको खेत अव्यवस्थित देखिन्थ्यो । जौका बिरुवाहरू एक दुई वटामात्र देखिन्थे भन्ने जौको बोटलाई झ्याम्मै जङ्गली घाँसले ढाकेको थियो । त्यो खेत २५ वटा साइवा परिवारहरूको थियो र त्यहाँ सत्न्दा बढी बाली काट्दै थिए । बाली काट्नेहरू साइवाहरूबाहेक तिनीहरूलाई सहयोग गर्न आएका दुई वटा बसोबास समिति र जनमुक्ति सेना पनि भएको मेरा पथप्रदर्शकले बताए । मेरो नजिकै नर्बु (Norbu) नामका एकजना साइवा आएर मलाई त्यस खेतका बारेमा बताए । सन्तोषपूर्वक तिनले त्यस खेतमा आशा गरेभन्दा बढी जौ फलेको एक (माना–पाथीजस्तै तिब्बेतेली नाम) के (Ke) बीउबाट ११ के (Ke) अन्न फलेको बताए । त्यो असल खेत थिएन । ‘हामी २५ घरका साइवाहरूले आफ्नो खानाको निम्ति यस खेतबाट अन्न पाउँछौँ । मालिकको खेतमा काम गर्दागर्दै हामीले आफ्नो खेतमा यी जङ्गली घाँसहरू उखेल्ने, गोडमेल गर्ने समय नै पाउँदैनौँ, यस खेतमा न मल हालिएको छ न त सिँचाइ, न राम्रो गोडमेल नै भएको छ । यसमा एक के (Ke) बीउबाट कहिल्यै ५ के (Ke) भन्दा बढी अन्न फल्दैनथ्यो । यो वर्ष विद्रोहीहरू लखेटिएपछि मात्रै हामीले यहाँ जौ छरेका हौँ । विद्रोहीहरूले हाम्रो सबै अन्न लिएकाले हामीसँग सरकारले ऋण नदिएसम्म बीउ पनि थिएन । हामीलाई यसको बाली हाम्रो हुन्छ भन्ने थाहा थियो । त्यसैले दुईपल्ट मल हाल्यौँ र तीनपल्ट गोडमेल गर्याैँ, त्यसैले त एक के (Ke) बीउको ११ के (Ke) अन्न पाएका छौँ,’ नर्वले मालिकका लागि तिनीहरूले राम्रो अन्न फल्ने खेतमा बाली लगाएको पनि बताए ।
तिमी त्यो अन्न के गर्छौँ भन्ने मेरो प्रश्नमा नर्बुले केही बीउको लागि राख्ने, केही बेचेर बच्चाहरूका लागि लुगा किन्ने र बाँकी जाम्बा (Tsamba) भन्ने मुख्य खानाको लागि पिस्ने बताए ।
नोर्बुको मुहारमा खुसी छाउनुको कारण बताउँदै उनले भने, “विगतमा तिनको परिवारले कहिल्यै राम्ररी खान पाएको थिएन र फाटेको लुगामात्र लाउन पाएको थियो, त्यो वर्ष तिनीहरूले धेरै जाम्बा र तरकारी पाउने भए । पहिला हामीले तरकारी रोपे पनि कहिल्यै तरकारी खान पाउँदैनथ्यौँ । यो वर्ष सरकारले बिनाब्याजको बीउ ऋण दियो । त्यो पनि विद्रोहीहरूले सबै अन्न लिएको र बीउ छर्ने समय पनि आएको अप्ठ्यारो बेलामा ऋण दिएको छ । विनाझन्झट खेतमा बीउ छरियो र अहिले बाली काट्ने बेलामा पनि मालिकको खेतमा पहिला नगरी काट्न हुने कुनै पनि खेतमा पहिला काट्न पाइयो । खुसीको कुरा के छ भने यति धेरै साथीहरू हामीलाई मद्दत गर्न आए । अझ बढी त हामीले स्वतन्त्रता पायौँ । काम रोकेर साथीहरूसित कुराकानी गर्न सकिने भयो । पहिला कसैले मुख धोएको र कपाल कोरेको वा नुहाएको देख्यो भने वा सफा र चिटिक्क परेको देख्यो भने माहां वा नाइकेले काम चोर भनेर बोलाउँथ्यो र काम दिन्थ्यो । अर्को बाली योभन्दा राम्रो हुने आशा गरेका छौँ ।”
लोका र टाकुनमा बाली अझ राम्रो भएको समाचार पुगेको थियो । ती ठाउँहरू ल्हासाको पश्चिम र टाकुन सुदूर पूर्वमा पर्दथ्यो । लोकामा ८३,००० एकड जमिन खेती गरिएको थियो भने टाकुनमा ३३,००० एकड जग्गामा खेती गरिएको थियो । ती जग्गालाई ‘तिब्बतको अन्नको भण्डार’ भनेर चिनिन्थ्यो । ‘लोका’ को अर्थ ‘हिमालभन्दा दक्षिण’ हो । त्यो भारतको सिमानामा पर्दथ्यो, राम्रो माटो र हावापानी भएको लोकाबाट नै तिब्बतीहरूको उत्पत्ति भएको बताइयो । सम्भवतः पृथ्वीमा मानव जातिको उत्पत्ति पनि यहीबाट भएको हुनुपर्छ । तिब्बतका प्रथम उल्लेखनीय राजा स्रङचन गम्पोले ताङ वंशका राजकुमारी वेन चेङसित बिहे गरेका थिए । त्यहाँको राजधानी ल्हासामा सर्नुअघि राजा त्सेताङ (Tsetang) मा बस्थे ।
ल्हासाका धेरैजसो खान्दानीहरू सुङचङ्ग गम्पोजस्तै लोकाबाट पुगेका थिए । तिनीहरूले लोकामा दस हजार भूदास राखेका थिए । वास्तविक ठुला विद्रोहीहरू यहीँका थिए । विद्रोही नेता सुर्कोङ (Surkong) को लोकामा ६ वटा जमिनदारी थियो । खेमेईका पनि लोकामा जमिनदारी थियो । विद्रोहीहरूले लोकामा आधार शिविर खडा गरेका थिए । त्यहाँ तिनीहरूले विदेशी हातहतियारको निम्ति गोलीगठाहरू बनाउने तथा खम्पाहरूको लागि शिविर बनाएका थिए । ल्हासामा विद्रोहलाई दबाएपछि तिनीहरूले लोकालाई ‘दोस्रो राजधानी’ बनाए तथा लामो समयसम्म तिब्बतभरि नै गुरिल्ला युद्ध चलाउने योजना बनाएका थिए । लोकालाई अन्नको स्रोत तथा यसको भारतसित जोडिएको सिमानाका कारण विद्रोहीहरूले प्रयोग गरेका थिए ।
लोकाका किसानहरूलाई विद्रोहीहरूले धेरै निर्मम व्यवहार गरेको हुँदा तिनीहरू जनमुक्ति सेनालाई मद्दत गर्न विशेष रूपले हौसिए । सैनिक गतिविधिले भन्दा जनमुक्ति सेनाले आयोजना गरेको राजनैतिक सभाले विद्रोहीहरूलाई आत्मसमर्पण गराउन धेरै मद्दत गर्यो । यसरी लोकामा विद्रोहलाई समाप्त पारियो । बीउ छर्न ढिलो भइसकेको हुनाले जनमुक्ति सेनाले विद्रोहीहरूले लुटेको अन्नका बीउहरू किसानहरूलाई बाँडे, जनमुक्ति सेनाले बाली छर्न घोडा र मानिसहरू पठाएर मद्दत गरे । पहिलोपल्ट ‘जमिन जोत्नेलाई’ वितरण गरियो । यी सबै सहयोगी कार्यहरूले गर्दा लोकामा सुधार कार्य छिट्टै नै सुरु भयो ।
पत्रकार प्रतिनिधिहरूको हाम्रो समूहले सेप्टेम्बरको पहिलो हप्तामा लोका भ्रमण गर्दा व्यवहारिक रूपमै ‘तीन कुराको उन्मूलन’ (Three Abolitions Drive) भइसकेको थियो । लोकाका विद्रोहीहरू पक्राउमा परे, केहीलाई कारागारमा हालियो, अरुलाई किसानहरूसितको ‘सङ्घर्ष बैठकबाट’ तिनीहरूको पहिलेको घरमा भूदासहरूको निगरानीमा बसाइयो । सामन्ती ऋण मिनाहा गरियो, सोह्र हजार घरमा काम गर्न नानसाम भूदासहरूलाई स्वतन्त्र गरियो । दासप्रथाको उन्मूलनमात्र गरिएन, बसोबास र खानाको व्यवस्था पनि गरियो । धेरै ठाउँमा भूमिको वितरण सुरु गरियो । लोकाबाट सुरु भएको जग्गा वितरण तिब्बतभरि भइरहेको थियो ।
भूतपूर्व भूदासहरूलाई तिनीहरूले जोतेकै जग्गा दिए । मोहीजस्ता साइबाहरूलाई तिनीहरूले काम गर्दै आएकै जग्गा दिए । घरेलु भूदास नानसामहरूलाई तिनीहरूका मालिकको खेत दिइयो । नामसामहरूसँग वितरणमा दिइएको जग्गाबाहेक अरु पशु वा सामग्रीहरू थिएन भने तिनीहरूको परिवार पनि मोही साइबाको भन्दा सानो थियो ।
जमिनदारहरू, तिनीहरूका प्रतिनिधिहरू तथा विद्रोहीका नातेदारहरू कोहीले काम गर्न चाहेमा तिनीहरूलाई पनि जग्गा दिइयो । विद्रोहीहरूसित भागेकाहरूलाई पनि फर्केमा जग्गा दिनको लागि छुट्याइयो । त्यस्तै लामा बन्नका लागि छाडेर गएकाहरू पनि फर्केर आएमा जग्गा दिनको लागि छुट्याइयो । त्यसका अतिरिक्त जग्गामा किसान सङ्घले काम गथ्र्यो र साझा गाउँको आवश्यकता पूर्ति गर्न प्रयोग गरिन्थ्यो । प्रत्येक परिवारलाई कति जग्गा दिने हो भन्ने कुराको निर्णय गाउँलेहरूबिचको छलफलबाट निश्चित गरियो ।
हरेक परिवारलाई जग्गाको स्वामित्व दिएपछि तिनीहरूको उत्साह धेरै बढ्यो । तीन हप्ताअघि मात्र जग्गा वितरण गरेको क्षेत्रमा हाम्रा प्रतिनिधिहरू भ्रमणमा जाँदा आपसी सहयोग समितिहरू गठन तथा मल सङ्कलन कार्य भइसकेको थियो ।
सेताङ (Tsetang) नजिकको एउटा क्षेत्रमा जग्गा वितरण हुन लागिरहेको थियो । हाम्रा केही प्रतिनिधिहरू त्यहाँ पुगे । किसान सङ्घका वर्तमान सदस्यहरूले तिनीहरूलाई विभिन्न परिवारलाई वितरण गर्नुपर्ने जग्गाको नामावली देखाए ।
किसान नेताले बताएअनुसार सो नामावली विभिन्न तहमा किसानहरूसँग छलफल गरेर तयार गरिएको थियो । पहिला किसान समितिको स्थायी समितिले प्रारम्भिक मस्यौदा तयार पारेको थियो । त्यसपछि समग्र सङ्गठनले त्यसमा छलफल चलायो र विभिन्न क्षेत्रका किसानहरूको छुट्टाछुट्टै बैठकहरू राखियो, त्यसपछि स्थायी समितिले आएका सुझावहरूलाई ध्यानमा राखी मस्यौदालाई पुनर्लेखन गर्यो र अन्तमा किसान सङ्गठनले छलफल तथा पारित गर्यो । सो छलफल तीन हप्ता निरन्तर चल्यो ।
प्रतिनिधिहरूले खेतमा समितिले जग्गा नापिरहेको देखे । त्यसपछि अध्यक्षले ‘यो जग्गा फलानो परिवारलाई र यो फलानो परिवारलाई’ भन्दै घोषणा गरे । नयाँ जग्गाधनीले आफूले पाएको जग्गामा आफ्नो नाम भएको नामको चिह्न लगाए । अरुहरूले तिनीहरूलाई बधाई दिए । त्यस चक्ला खेतमा करिब ४० परिवारलाई जग्गा वितरण गरियो । बाँकीलाई भोलि अर्कोतिरको खेत वितरण गरिने बताइयो ।
लोकामा पहिलो जग्गा वितरण सेप्टेम्बरमा भएको थियो र समग्र तिब्बतमै पहिलो जग्गा वितरण अगस्त ६ र ७ मा खेर्मइको बिर्ताको वितरण भएको थियो । झण्डै एक महिनापछि हाम्रा प्रतिनिधिहरूले त्यहाँ भ्रमण गर्दा उलेख्य सुधारहरू देखे । १,५५१ केस (Kes) (२६० एकड) खेतीयोग्य जग्गा र ८० परिवारका ३९३ जना मानिसहरू बस्ने त्यस सानो जमिनदारीमा झण्डै आधा परिवार २९ साइबाहरू र केही मोहियानी नभएका भूदास डुइचुनहरूका लागि ढुङ्गाको छाप्रो र खेती गर्न सानो टुक्रा जग्गा दिइएको थियो । अरु आधामा १० घरेलु दास नानसाम परिवारहरू तथा धेरैजसो डुइचुनहरूका न स्थायी घरहरू थिए न जग्गा न त पशुहरू नै थिए ।
“हामी गधाहरू राखिएको ठाउँ हेर्न गयौँ”, प्रतिनिधिहरूले भने । हामीले २० नानसाम परिवारहरू खुला ढुङ्गाबाट बनेको छाप्रोमा छानोमुनि केही भित्ताहरू भएको तर पूरा नभएको ठाउँमा बस्ने गरेको देख्यौँ ।
हिजोका घरेलु दासी २१ वर्षीय त्सेवाङ चुचि (Tsewang Chuchi) किसान सङ्गठनका अध्यक्ष भइन् । तिनीले हाम्रा प्रतिनिधिहरूलाई तिनको जीवनगाथा बताइन् ।
Leave a Reply