इतिहासलाई विकृत गर्न नहुने : ‘नानचिङ नरसंहार’ लाई ‘नानचिङ घटना’ मा सीमित गर्न नसकिने
- श्रावण १, २०८३
विल्हेम वेट्लिङ (Whilhelm Weitling) जर्मनियाली पहिलो काल्पनिक साम्यवादी विचारका सशक्त प्रचारक थिए । उनको जन्म ५ अक्टोबर १८०८ मा जर्मनीको उत्तर–पूर्व प्रसियामा भएको थियो । उनका बुबा एक फ्रान्सेली अफिसर थिए भने आमा एक जर्मेनियाली गृहिणी थिइन् । उनका बुबाको नाम क्रिश्चियन वेट्लिङ र आमाको नाम गुलियम जोरिजन हो । तिनीहरूको विवाह औपचारिक नभई मायाप्रीतिबाट अगाडि बढेको थियो ।
गरिबीमै हुर्केको हुनाले विल्हेम वेट्लिङको पढाइ स्थानीय एक प्राथमिक विद्यालयमा भएको थियो । १२ वर्षको उमेरमा उनले स्थानीय एक पुस्तकालयमा स्वअध्ययन गरी क्रिश्चियाली धर्मग्रन्थ बाइबलको राम्रो अध्ययन गरे । उनले बुबाबाट फ्रान्सेली भाषा सिके भने आमाबाट जर्मनियाली भाषा सिके । पछि उनले अङ्ग्रेजी र इटालियाली भाषा पनि सिके ।
सानै उमेरमा उनले लुगा सिउने काम सिके, त्यसमा एक प्रकारले दक्षता हासिल गरे । आफ्नो सीपसँगै उनी जर्मनीका विभिन्न प्रदेशहरूमा पुगे । त्यसबेला जर्मनी धेरै भागमा विभाजित थियो ।
सन् १८३० मा उनी जर्मनीको लिप्जिग (Lipzig) नगरमा पुगे । २२ वर्षमा युवा सङ्गतबाट उनले त्यहाँ राजनीतिबारे जानकारी हासिल गर्ने अवसर पाए साथै व्यङ्ग्यात्मक कविता पनि लेख्न सिके । १८३२ मा उनी लिप्जिग नजिकै ड्रेसडेन (Dresden) नगर पुगे । त्यहीँबाट उनमा नयाँ नयाँ ठाउँमा घुम्ने र सिक्ने स्वभावको विकास भयो ।
सन् १८३४ मा उनी छिमेकी देश अस्ट्रियाको राजधानी भियना पुगे । २६ वर्षका विल्हेम वेट्लिङले सिलाइसँग सम्बन्धित नयाँ सीप र महिलाहरूको लुगामा बुट्टा हाल्ने, फूलहरूको कार्चाेपी बुन्ने कला सिके ।
राजनीतिक गतिविधिमा सामेल
त्यसबेला आर्थिक, सामाजिक र राजनैतिकरूपले जर्मनीभन्दा छिमेकी देश फ्रान्स अगाडि थियो । २९ वर्षका वेट्लिङ सन् १८३७ मा फ्रान्सको राजधानी पेरिस पुगे । त्यहाँ उनी चार वर्ष बसे तथा फ्युरिए, रोवर्ट ओवन र क्यावे (१७८८–१८६५) का रचनाहरूको अध्ययन गरे । उनी फ्रान्सेली परिवर्तनवादी राजनीतिमा संलग्न भए ।
जर्मनीका प्रवासीहरूले फ्रान्समा ‘व्यङ्ग्य सङ्घ’ भन्ने एक सङ्गठन खोलेका थिए । त्यस सङ्गठनमा जर्मनीका सर्वहारा मजदुर र कालीगढहरू बढी थिए । त्यस सङ्गठनका शाखाहरू जर्मनी, फ्रान्स, स्वीट्जरल्यान्ड, हङ्गेरी, बेलायत र स्क्यान्डेभियाली देशहरूमा पनि थिए । वेट्लिङ १८३७ मा त्यस सङ्गठनका सदस्य भए । त्यसबेला उनी २९ वर्षका थिए र फ्रान्समा उनले बाबेफ र ब्लाङ्कीवादी सङ्गठनहरूसँग पनि सम्बन्ध राखे ।
वेट्लिङ विविध प्रकारका समाजवादी र साम्यवादी विचारहरूको अध्ययन र क्राइश्चेली धर्मको साम्यवाद स्थापना गर्ने धुनमा पनि लागे । फ्रान्स आफै समाजवादको जन्मभूमि र राजनैतिक भिडन्तको देश हुँदा ४० हजार विभिन्न समाजवादी विचारका शक्ति जम्मा गरी अचानक भौतिक शक्तिबाटै साम्यवाद स्थापना गर्ने र सामाजिक मेलमिलापबाट समाज सञ्चालन गर्ने उनी योजना बनाउँथे ।
पुस्तकहरूको प्रकाशन
सन् १८३८ मा उनले ‘मानव जाति’ लाई नयाँ किसिमको समाजमा सङ्गठित गर्ने कल्पना गर्दै एक पुस्तक लेखे । त्यस पुस्तकलाई हङ्गेरियाली भाषा र अन्य भाषाहरूमा समेत अनुवाद गरी प्रचार गरे । १८४१ मा उनी स्वीट्जरल्यान्डको जेनेभा र अन्य क्यान्टनका सहरहरूमा पनि प्रचार गर्दै थिए । सन् १८४३ मा उनी जुरिचमा पुगी ‘मेलमिलाप र स्वतन्त्रताको सुनिश्चितता’ को शीर्षकमा साम्यवादी सिद्धान्तको प्रचार एवम् प्रकाशनहरू गर्न लागे । उनमा युवा जोश थियो ।
सन् १८४५ मा ‘पापीहरूलाई शिक्षा’ शीर्षकको पुस्तकमाला नै लेखेर उनले स्वीट्जरल्यान्डमा उधुम मच्चाए । स्वीस अधिकारीहरूबाट उनी पक्राउ गरिए । उनीमाथि क्रान्तिकारी उत्तेजना फैलाएको र ईश्वरको निन्दा गरेको मुद्दा चलाइयो । उनले त्यस पुस्तकमा जिसस क्राइस्ट एक कम्युनिस्ट र एक अवैध सन्तान भनी उल्लेख गरेको हुँदा ६ महिनाको जेल सजाय सुनाइयो । त्यसपछि ५ वर्षसम्म स्वीट्जरल्यान्ड आउन नपाउने गरी प्रशिया नै फर्काइए । केही समयपछि उनी हामवर्ग (Hamburg) मा बसे तथा त्यहीबाट उनी बेलायत, ब्रुसेल्स र अमेरिका गए ।
१८४४ मा कार्ल माक्र्सले जर्मन मजदुरहरूलाई ‘प्रभाव पार्ने पहिलो साहित्य’ भनी त्यस पुस्तकलाई सम्झेका थिए । माक्र्सले त्यस पुस्तकलाई सैद्धान्तिक र दार्शनिकरूपले लिएका थिए । त्यही समयमा बेलायती मजदुरहरू हरेक विषयलाई आर्थिकरूपबाट हेर्थे भने फ्रान्सेली मजदुरहरू विषयवस्तुलाई व्यावहारिक र राजनैतिकरूपले हेर्थे ।
वेट्लिङ ‘पापीहरूलाई शिक्षा’ मार्फत समाजमा इसाई धर्मबाट साम्यवादमा पुग्ने सन्देश दिन चाहन्थे र जर्मनीमा १८४८ मा क्रान्ति हुँदा उनी त्यहाँ साम्यवादको प्रचारमा लागे । तर, क्रान्तिमा त्यसको कुनै प्रभाव परेन र उनी अमेरिका पुगेर प्रचार कार्यमा लागे ।
क्राइश्चेली धर्मप्रतिको दृष्टिकोण
इसाई धर्मलाई वेट्लिङ दमन, अपव्ययी र उपवासको धर्म होइन बरु स्वतन्त्रता, शिष्टता र मनोरञ्जनको धर्म मान्थे । क्राइस्टलाई उनी स्वतन्त्रताका भविष्यवक्ता मान्थे । इसाई धर्म मान्नेहरूलाई ‘चोरलाई सजाय दिने अधिकार हुन्न किनभने जबसम्म चोरीको अस्तित्व रहन्छ तबसम्म क्राइश्चेली धर्मलाई हामीले अनुशरण गरेको हुनेछैन’ भनी मान्थे ।
वेट्लिङ ‘न्याय सङ्घ’ मा सा¥है सक्रिय थिए र एकप्रकारले उनी त्यसका एक हस्ती नै थिए । सन् १८४६–४७ को समयमा उनी ३८ वर्षका थिए । ‘न्याय सङ्घ’ मा उनी १० वर्षसम्म सक्रिय रहे । ‘न्याय सङ्घ’ एक प्रकारको अन्तर्राष्ट्रिय कम्युनिस्ट सङ्घ भइसकेको थियो । माक्र्स र एङ्गेल्स पनि त्यसमा सा
मेल भए । फ्रान्सेली सरकारमाथि पर्सियाली सरकारको दबाबको कारण माक्र्स ब्रुसेल्स पुगे ।
‘न्याय सङ्घ’ को बैठकमा माक्र्स र एङ्गेल्सले वेट्लिङको तुरुन्तै भौतिक शक्तिको प्रयोग गरी साम्यवाद लागू गर्ने र क्राइश्चेली धर्मअनुसारको ‘स्वर्ग’ खडा गर्नेजस्ता अव्यावहारिक र फितलो सैद्धान्तिक दृष्टिकोणको खण्डन गरे । त्यस सैद्धान्तिक सङ्घर्षमा माक्र्स र एङ्गेल्सले पुँजीवादी व्यवस्थाविरुद्धको सङ्घर्ष दीर्घकालीन हुने, प्रजातान्त्रिक क्रान्तिको महत्व, समाजवादी क्रान्तिको निम्ति सर्वहारावर्गको कार्यक्रमको आवश्यकताको तर्क आदि वेट्लिङको निम्ति नयाँ जानकारी थियो । कार्ल माक्र्स विश्वविद्यालयबाट सुव्यवस्थित रूपले खारिएका र सुल्झिएका सिद्धान्तकार थिए भने वेट्लिङ स्वअध्ययनबाट अगाडि बढेका र पेसाले एक सूचीकारबाट उठेका उत्साही व्यक्ति थिए ।
सन् १८४८ मा माक्र्स र एङ्गेल्सको तर्फबाट तयार भएको ‘कम्युनिस्ट घोषणापत्र’ छापेपछि वेट्लिङ बेलायतबाट संरा अमेरिका (न्युयोर्क) गए ।
अमेरिकामा वेट्लिङको सक्रियता
सन् १८५० मा वेट्लिङले अमेरिकामा साम्यवादको पक्षमा एक मासिक पत्रिकाको प्रकाशन सुरु गरे । वर्षको अन्तसम्ममा त्यस पत्रिकाको ग्राहक र पाठक ४ हजार पुग्यो । आफ्नो जीवनको उत्तराद्र्धमा उनले आफ्नो गतिविधि प्राविधिक र खगोलशास्त्रीय अध्ययनमा लगाए । सिउने कलको विकासमा उनले ९ वटा आफ्नो ‘स्वअधिकार’ वा ‘पेटेन्ट राइट’ प्राप्त गरे । तीमध्ये दोहोरो सिलाइ, टाँकको प्वाल र कार्चोपी भर्ने आदि हुन् ।
सन् १८५५ मा ४७ वर्षको उमेरमा वेट्लिङले न्युयोर्कमा एक जर्मन आप्रवासी डोरोचिया कारोलाइन जुइस टोइरसँग विवाह गरे । उनी त्यहाँ सूचीकारको यन्त्र निर्माणमा व्यस्त हुनुका साथै एक विश्व भाषाको विकासमा लागे ।
अमेरिकाकै लोआ (Lowa) मा जर्मन–अमेरिकी बस्तीमा एक कम्युनको प्रयोगात्मक स्थापनामा उनी सहभागी भए । २७ जनवरी १८७१ मा उनी ६३ वर्षको उमेरमा न्युयोर्क महानगरमा बिते । उनकी पत्नी र ६ जना छोराछोरी थिए ।
२७ जनवरी १८७१ को न्युयोर्क टाइम्सले उनको मृत्युको समाचार दिँदा उनको क्रान्तिकारी विचार, युरोपको कम्युनिस्ट गतिविधिबारे मौन बस्यो । १८४८ मा उनी पेरिसको क्रान्तिमा फर्केको र १८४९ मा पुनः अमेरिका गएको बारे उल्लेख भएन । त्यसबेला उनी ४१ वर्षका थिए ।
वेट्लिङको व्यक्तित्व
वेट्लिङ एक आकर्षक व्यक्ति, क्रान्तिकारी चरित्रका निर्दोष व्यक्तित्व, एक गरिब मजदुर पृष्ठभूमिबाट आएका सूचीकार थिए । उनी जनतासँग घनिष्ट सम्बन्ध राख्ने, सुरुका वर्षहरूमा बाइबलको साम्यवादबाट प्रेरित, जीवनभर सक्रिय र दिनको १२ घण्टा काम गर्ने कर्मनिष्ठ व्यक्ति थिए । उनको पुस्तकमा आधुनिक समाजको इतिहास, निजी सम्पत्ति, धन र वर्गीय अन्तरविरोध, योजना, संविधान, कम्युनिस्ट समाजको निर्माणका क्रान्तिकारी खाका र सामुदायिक प्रयत्नहरू उल्लेख छन् । भ्रष्ट पुरोहितहरूको आलोचना, शक्तिको दुरूपयोग, मजदुरहरूमाथि शोषण, अरुमाथि शासन गर्ने होइन बरु सेवा गर्ने हो, साम्यवादबारे परिष्कृत दृष्टिकोण उनका रचनाहरूमा पाइन्छ ।
फ्रान्सेली षड्यन्त्रकारी सङ्घर्षबाट मजदुरहरू कहिले विल्हेम वेट्लिङको ‘मेलमिलाप र सुनिश्चितता’ को साम्यवादतर्फ ढल्कन्थे, कहिले एटेन कावेको कल्पनावादी ‘शान्तिपूर्ण साम्यवाद’ तर्फ ढल्कन्थे । सन् १८९९ मा ब्लाङ्कीवादीहरूको पराजयपछि मजदुरहरू कावेको प्रभावमा गए । उनीहरू साम्यवादी बस्तीहरू बसाल्न र ‘सुख र स्वतन्त्रताका टापुहरू’ बनाउन चाहन्थे ।
सन् १८४२ मा विल्हेम वेट्लिङको ‘मेलमिलाप र स्वतन्त्रताको सुनिश्चितता’ प्रकाशित भयो । मजदुरहरूले त्यस पुस्तक नफाटुञ्जेल पढ्थे । माक्र्सले वेट्लिङको पुस्तकलाई ‘जर्मन मजदुरहरूको अद्वितीय एवम् सानदार साहित्यिक थालनी’ भन्नुभएको थियो ।
वेट्लिङ जर्मनीका मजदुरहरूको चेतनालाई बिउँझाउन चाहन्थे । उनी शोषक र शोषितहरूको बिचमा कहिले मेल हुन्न भन्नेबारे जोड दिन्थे ।
वेट्लिङले वर्गच्युत भएका, सबभन्दा बढी रिसाएका, दरिद्र, सर्वहारा, मगन्ते अर्थात् हुल्याहाहरूको २०–४० हजारको सङ्ख्यामा सेना बनाउने र मालिकहरूको विरुद्ध गुरिल्ला युद्ध सुरु गर्ने योजना बनाएका थिए । योजनाको लक्ष्य साम्यवादको स्थापना थियो । उनी लुच्चा, लफङ्गा, लुटाहा तथा सबै प्रकारका खराब तत्वहरूलाई समेत प्रयोग गर्न चाहन्थे । स्वभावतः त्यो योजनालाई न्याय सङ्घका नेताहरूबाट अस्वीकार गरियो ।
वेट्लिङको कल्पनावादी दृष्टिकोणले जर्मनीको मजदुर आन्दोलनको विकासमा बाधा पु¥याउँदै थियो र ब्रसेल्स समितिले झण्डै आफ्नो स्थापनाकालदेखि नै त्यस दृष्टिकोणको विरुद्ध सशक्त सङ्घर्ष गर्दै थियो । सुरुमा माक्र्स र एङ्गेल्सले वेट्लिङलाई उनको दृष्टिकोणमा रहेको कल्पनावाद र साम्यवादको धार्मिक सम्प्रदायात्मक व्याख्या गर्ने प्रवृत्तिबाट मुक्त गर्न सकिने आशा गर्नुहुन्थ्यो । उहाँहरूले वेट्लिङलाई ब्रसेल्स बोलाउनुभयो र छलफल समितिमा राख्नुभयो । तर, वेट्लिङले राजनीतिक सङ्घर्षमा सर्वहारावर्गको सहभागिता आवश्यक छ भन्ने विषयलाई अस्वीकार गरे । उनले विद्रोहको समर्थन गर्न छोडेनन् । उनी क्रान्तिकारी बुद्धिजीवीहरूको विरोध गर्थे ।
एङ्गेल्सको भाषामा साम्यवादलाई वेट्लिङले क्रान्तिकारी विज्ञानको रूपमा होइन ‘पृथ्वीमा स्वर्ग खडा गर्ने उपायको रूपमा’ हेर्थे ।
यसकारण, ३० मार्च सन् १८४६ को दिन बसेको ब्रसेल्स समितिको बैठकमा चर्को विवाद भयो र पूर्ण सम्बन्ध विच्छेदको स्थिति देखियो ।
माक्र्स र एङ्गेल्सले वेट्लिङको दृष्टिकोणको चर्को आलोचना गर्दै निश्चित वैज्ञानिक विचार र सही शिक्षाबिना मजदुरहरूमाझ जानु धर्म प्रचारको फोस्रो र झूटो खेलजस्तै हो, त्यसमा एक भविष्यवक्तालाई पठाउने र अरु सबै आँखा चिम्लेर बस्ने मानिसहरूको जमातको रूपमा हुनेछ भन्नुभयो ।
अन्तमा ब्रसेल्स समितिसँग सम्बन्धित सबै समाजवादी र कम्युनिस्ट दलहरूलाई वेट्लिङसँग सम्बन्धविच्छेद भएको खबर पठाइयो र बहुसङ्ख्यक पक्षले माक्र्स र एङ्गेल्सकै दृष्टिकोणलाई समर्थन ग¥यो ।
‘सच्चा समाजवाद’ का एक प्रतिनिधि जर्मन पत्रकार हरमान क्रिगेले अमेरिकामा ‘पिपुल्स ट्रिब्युन (जनताको प्रतिनिधि) नामको अखबार निकालेर साम्यवादको गलत प्रचार गरे । त्यस पत्रिकाले सबैलाई एक एक टुक्रा जमिन दिएर साम्यवाद स्थापनाको कल्पना गथ्र्यो । माक्र्स र एङ्गेल्सले क्रिगेलाई युरोप र अमेरिकाका सबै कम्युनिस्टलाई कलङ्कित गर्ने काम गरेको भनी आलोचना गर्नुभयो । तिनीहरूले हरेकलाई राजा, महाराजा र धर्मराज बनाउने सपना बाँडेजस्तै हो भनी माक्र्स र एङ्गेल्सले आलोचना गर्नुभएको थियो ।
स्रोत : जनताको साहित्य, वर्ष ४६, अङ्क १२, चैत/वैशाख २०७६/०७७
Leave a Reply