अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
“बैङ्कमा पैसाको थुप्रो बढेको बढ्यै” (सुस्त आर्थिक गतिविधि, बढ्न नसकेको बजार माग, ४२ प्रतिशत मात्र क्षमतामा उद्योग सञ्चालन र उकालो लाग्न नसकेको सेयर बजारले कर्जा प्रवाह बढेन ।) –
(‘कान्तिपुर’, ३२ असार, २०८३)
बैङ्कमा पैसा थुपारेर, धनीहरूले सेफमा पैसा राखेर वा नोटहरू कन्टुरमा लुकाएर देशको अर्थतन्त्र अगाडि बढाउन सहयोग पुग्दैन । पैसा थुपार्दै राखेमा पैसाको मूल्य घट्ने सम्भावना धेरै हुन्छ ।
बैङ्कका मालिक र हाकिमहरूलाई राम्रै थाहा छ – पैसालाई काममा लगानी गरेमा काम गर्ने जनताले काम पाउने छन् । बजार गुलजार हुन्छ, सामान किन्ने छन् र सम्भावित आर्थिक सङ्कट टर्छ ।
सरकारले बाटो बनाउने, नहर बनाउने, पुल र अन्य निर्माण कार्य गर्ने नीति बनाउने र जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा बैङ्कबाट ऋण लिएर काम थाले पनि रोजगारी बढ्ने देशको अर्थतन्त्र चलायमान हुनेछ† व्यापार बढ्ने छ† योजनाको फाइल थन्काउने र ठेकेदारहरू काम नगरी भगाउने होइन । ठेकेदारहरूले काम गरेनन् भने जनताबाटै काम गर्ने वा उपभोक्ता समितिमार्फत काम गरी आर्थिक गतिविधि अगाडि बढाउन सरकारले नीति र कानुन बनाउनु आवश्यक छ । मेसिनको ठाउँमा भएका सामानलाई प्रयोग गरी ठेकेदार हटाउने काम गर्नुपर्छ ।
गोलभेँडाको मूल्यमा बिचौलियाको मनमौजी
“किसानलाई किलोको ८ रूपैयाँ, उपभोक्ताले तिर्छन् ४५ रूपैयाँ”
(‘कान्तिपुर’ – ३२ असार २०८३)
‘बिचौलिया’ को नाम ‘शोषक’ ‘किसानमारा’ हो ।
गोलभेंडालाई सडकमा खन्याउने होइन, बिचौलियाको ‘कार्यालय’, ‘घरघरमा’ धर्ना र सङ्घर्ष गर्ने हो ।
एमालेसँग सत्ता सहकार्य तोड्दै काङ्ग्रेस
– (‘नागरिक’ दैनिक, ३२ असार, २०८३)
‘मरेको लाशलाई जुम्राले पनि छोड्छ भन्ने उखान छ’, ‘डुब्दो जहाजबाट मुसा पनि भाग्छ रे त नि !’
हिजोसम्म एमाले स–साना वाम साथीहरूलाई सिध्याउँदै थियो – भेरी र कर्णालीदेखि पूर्वसम्मै । उसले आफूलाई सर्पले निलिरहेको थाहै पाएन । उखान छ नि त नेपाली भाषामा ‘सर्पले खाँदै गरेको भ्यागुटोले फट्याङ्ग्रा टिप्छ ।’ एमालेको आजको परिणाम त्यही हो ।
रामलक्ष्मण
Leave a Reply