राउल क्यास्ट्रोविरुद्धको अभियोग : युद्धका लागि बहाना
- जेष्ठ १५, २०८३
गत मङ्गलबार इरानको ‘तेहरान टाइम्स’ ले एउटा रिपोर्ट छाप्यो । सो रिपोर्टअनुसार सम्झौता वार्ता गर्ने अमेरिकाको प्रस्ताव तेहरानको नजरमा एक छलछाममात्र हो । वासिङटनले वार्तामा प्रगति भइरहेको बताए पनि ‘यस्ता सन्देशहरू विश्वासिला’ नभएको तेहरानको जोड छ ।
गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धरत दुई पक्षबिच ‘एकदम राम्रो र उत्साहजनक वार्ता’ भएको बताए । तर, इरानले यस्तो कुनै वार्ता नभएको स्पष्ट पा¥यो ।
यी बाझिने दाबीहरूले अमेरिका–इरान सम्बन्धमा भएको गहिरो अविश्वास प्रकट गर्छन् । वासिङटनकै कारण यसअघि महिनौँसम्म चलेको परोक्ष सम्झौता वार्ता तुहिएको थियो ।
तीन चरणमा भएको पछिल्लो वार्ता अकस्मात् फेब्रुअरी २८ गते टुङ्गियो । त्यो दिन अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरे । युद्ध सुरु भयो ।
बाझिने दाबी किन गरियो ?
‘सहमतिका मुख्य बुँदा’ भन्दै सोमबार ट्रम्पले भने, “(इरान) सम्झौता गर्न चाहन्छ† शान्ति चाहन्छ ।” सम्झौता गर्नका लागि तेहरानले आफ्नो आणविक क्षमता पूर्णतः परित्याग गर्नुपर्ने ट्रम्पले बताए ।
सामाजिक सञ्जालको आफ्नो पोस्टमा ट्रम्पले लेखे, “संयुक्त राज्य अमेरिका र इरान देशबिच विगत दुई दिनमा मध्यपूर्वमा हामीबिचको आक्रामकताको पूर्ण समाधानका सम्बन्धमा राम्रो र उत्साहजनक वार्ता भयो भनी बताउन पाउँदा म खुसी छु ।”
इरानको सरकारी मिडियाले अमेरिकासँग कुनै शान्ति वार्तामा संलग्न नभएको स्पष्ट पारिसकेको छ । इरानका संसदीय प्रवक्ता मोहम्मद बाघेरले अमेरिकासँग कुनै सम्झौता वार्ता नभएको बताए । तेल बजारलाई ‘आफू अनुकूल पार्न झूटो खबर’ फैलाइएको उनले प्रस्ट्याए ।
इरानको एक अर्धसरकारी सञ्चारमाध्यमले ट्रम्पसँग कुनै प्रत्यक्ष वा परोक्ष सम्पर्क नभएको खबर छाप्यो । त्यस रिपोर्टमा इरानी विदेशमन्त्रीले ट्रम्पको टिप्पणीलाई ‘(सैन्य योजना बनाउने) फुर्सद निकाल्ने र ऊर्जाको मूल्य घटाउने प्रयास’ बताए ।
अमेरिका र इरानबिच यसअघि हुने वार्ताहरू बिचमा बिथोलिँदै आएका थिए । अमेरिकाले वार्तामा प्रगति हुँदै छ भन्थ्यो र अचानक वार्ता बिथोलिन्थ्यो ।
सन् २०२५ अप्रिलमा ओमनको मध्यस्थतामा उच्चस्तरीय परोक्ष वार्ता सुरु भयो । ओमनको मस्कट सहरमा त्यो वार्ता भएको थियो । वार्ताकारका रूपमा अमेरिकाको तर्फबाट स्टिभ विटकफ विशेष दूत थिए भने इरानको तर्फबाट विदेशमन्त्री अब्बास अराघची थिए । सन् २०२५ जून १३ सम्म अनेकौँ चरणमा वार्ता भए । यो क्रम इजरायल र अमेरिकाले अकस्मात् इरानका आणविक तथा सैन्य क्षेत्रहरूमा हमला नगर्दासम्म जारी थियो । त्यसपछि अमेरिका–इजरायल र इरानबिच बा¥हदिने युद्ध चल्यो ।
सन् २०२६ फेब्रुअरीमा वार्ता पुनः सुरु भयो । पहिले ओमनमा र पछि जेनिभामा गरेर धेरैपल्ट बैठक भयो । मध्यस्थकर्ताहरूले तेस्रो चरणको वार्ता फेब्रुअरी २६ गते हुने घोषणा गरे । उनीहरूले अघिका दुई चरणका वार्तालाई ‘एकदम घनिभूत’ र ‘उल्लेख्य प्रगति’ भने । प्राविधिक बैठकहरू भियनामा बस्ने योजनासमेत बन्यो ।
यसको ४८ घण्टा बित्दानबित्दै फेब्रुअरी २८ का दिन अमेरिका र इजरायलले वर्तमान युद्धको झिल्को बाले ।
अविश्वास किन ?
तेहरानका नजरमा वार्ता बिथोलिनु कुनै आकस्मिक घटना होइन । बरु, यो नियोजित परम्परा हो । ट्रम्पको पहिलो कार्यकालमा उनले अमेरिकालाई इरानसँगको आणविक सम्झौताबाट बाहिर निकालेका थिए । यो सम्झौतालाई ‘संयुक्त विस्तृत कार्ययोजना’ (JCPOA) भन्ने गरिन्थ्यो । यो सम्झौता सन् २०१५ मा भएको थियो । तर, ट्रम्पले २०१८ मे ८ को दिन अमेरिकालाई सम्झौताबाट बाहिर निकाले । जब कि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले इरानले सम्झौताको पूर्ण कार्यान्वयन गरिरहेको पुष्टि गरिसकेका थिए । सम्झौताबाट बाहिरिएपछि वासिङटनले ‘अधिकतम दबाब’ को अभियानअन्तर्गत इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगायो ।
सन् २०२० को आरम्भमा तनाव चर्कियो । अमेरिकाले इरानी जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि तनाव चुलियो । यो हत्यालाई तेहरानले युद्ध मान्यो । त्यही भएर उसले ‘संयुक्त विस्तृत कार्ययोजना’ ले युरेनियम भण्डारणमा तोकेको सीमालाई तिलाञ्जली दियो ।
सन् २०२६ मा पुरानै चक्र दोहोरियो । तीन चरणमा वार्ता बसेपछि मध्यस्थकर्ताले वार्तालाई ‘उत्साहप्रद’ भने । तैपनि, अमेरिका र इजरायलले आक्रमण गरिहाले । यिनै घटनाक्रमका कारण इरानी नेताहरू वासिङटनलाई विश्वास गर्न नसकिने बताउने गर्छन् । अमेरिकी नेताहरूले पटक–पटक प्रतिबद्धता तोड्दै आएका छन् किनभने उनीहरू आफूलाई सैन्य हिसाबले सर्वोच्च ठान्छन् ।
ब्रुकिङ संस्थानका एक वरिष्ठ अध्येता माइकल ओहानलनले भने, “ट्रम्प दुई लक्ष्यबिच झुलेका छन् । उनी पूर्ण, स्थायी र पुष्टि गर्न मिल्ने आणविक निःशस्त्रीकरण चाहन्छन्; युरेनियम भण्डारण गर्ने नै हो भने पनि नाममात्र गरोस् भन्ने चाहन्छन् । अर्कोतिर, उनी हर्मुज नाका खुलाउन पनि चाहन्छन् । यीमध्ये कुनै पनि मागमा इरान सहमत होला भन्ने लाग्दैन मलाई ।”
वास्तवमा ट्रम्पले खुलेरै इरानले आणविक कार्यक्रम बन्द गर्नुपर्ने माग गरेका छन् । किनभने, यो कार्यक्रम आणविक हतियार निर्माण गर्नका लागि हो भन्ने वासिङटनको बुझाइ छ । तर, इरानले शान्तिपूर्ण मनसाय राखी यो कार्यक्रम चलाएको बताएको छ ।
अन्य विश्लेषकहरूले इरान वार्ताको टेबलमा आउन तयार हुनेमा आशङ्का जाहेर गरे । इरानले आफूलाई महिनौँदेखि तयारी अवस्थामा राखेको हुनाले इरान सम्झौतामा नआउने उनीहरूको तर्क छ ।
(स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply