नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, १६ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको ६ महिने आधारभूत सिलाइ, एड्भान्स सिलाइ, हेयर कटिङ तथा पाक शिक्षा तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा भनपाका नगर प्रमुख सुनिल प्रजापतिले परिश्रम नै सफलताको आधार भएको उल्लेख गर्दै “परिश्रमको फल सधैँ मीठो हुन्छ† सफल बन्न समय लाग्छ । असफल हुनसक्छ र असफलताबाट नै ज्ञान प्राप्त हुन्छ” भन्नुभयो ।
उहाँले युवाहरूले सीप तथा भाषाको ज्ञान हासिल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सीप भएका व्यक्तिहरू कहिल्यै बेरोजगार नहुने उल्लेख गर्दै भक्तपुर नगरपालिकाले गुणस्तरीय शिक्षा र स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति तथा कार्यपालिका सदस्य रोशनमैँया सुवालले तालिमपछि आपूmले प्राप्त सीप व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै सरकारी कार्यक्रम कार्यान्वयनमा विभिन्न चुनौती हुने गरेको बताउनुभयो । उहाँले देशमा बेरोजगारी बढ्दै जाँदा युवाहरू बिदेसिन बाध्य भएको उल्लेख गर्दै प्रत्येक युवाले कम्तीमा एउटा सीप सिक्नैपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा वडा सदस्य सुमित्रा बोहजुले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्दै निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा आधारभूत सिलाइ तालिमका प्रशिक्षक धर्मलक्ष्मी लघु, पाकशिक्षा तालिमका प्रशिक्षक विष्णु श्रेष्ठ तथा प्रशिक्षार्थीको तर्फबाट एड्भान्स सिलाइ तालिमका प्रशिक्षार्थी चिरीमाया लाखाजुले पनि आ–आप्mना अनुभव तथा विचार राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
Leave a Reply