भर्खरै :

नेमकिपा कैलालीद्वारा मतदातालाई धन्यवादज्ञापन

नेमकिपा कैलालीद्वारा मतदातालाई धन्यवादज्ञापन

कैलाली, १८ चैत । नेपाल मजदुर किसान पार्टी कैलालीले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीलाई सहयोग गर्ने मतदाताहरूलाई धन्यवाद कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले पार्टीले निर्वाचनलाई जनताको राजनीतिक चेतनास्तर नाप्ने ‘व्यारोमिटर’ को रूपमा उपयोग गर्दै आएको स्पष्ट पार्दै समाजवादी र पुँजीवादी बन्दोबस्तको फरकबारे जनतालाई सचेत गराउनु जरूरी भएको बताउनुभयो ।
विश्वमा अशान्ति फैलिनुमा अमेरिकी साम्राज्यवाद प्रमुखरूपमा दोषी भएको चर्चा गर्दै उहाँले अमेरिकी साम्राज्यवादको पतन नभएसम्म विश्वका जनताले शान्तिपूर्वक बाँच्न पाउनेछैनन् भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् कैलाली संयोजक रमेशकुमार रावलले निर्वाचनमा जीत हारभन्दा पनि जनतालाई कति सचेत गर्न सक्यौँ त्यो नै महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय सदस्य जेबी, नेमकिपा कैलाली सचिव गगन थापामगरलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *