भर्खरै :

माक्र्सवादी कृतिको अनुवाद–एउटा अभियान

कार्ल माक्र्सको २०० औं जन्म दिवसको अवसरमा चीनको केन्द्रीय अभिलेख तथा अनुवाद व्युरोले माक्र्सको जीवनी र सिद्धान्तसम्बन्धि किताबहरुको श्रृङ्खला बिहीबार सार्वजनिक गरेको छ ।
पुस्तक श्रृङ्खलामा जम्मा अठार वटा पुस्तकहरु समावेश छन् । अभिलेख तथा अनुवाद व्युरोले बितेका ५ महिनामा उक्त पुस्तकको श्रृङ्खला तयार पारेको हो । व्युरोले बितेका तीन दशकमा माक्र्स र एंगेल्सका सम्पूर्ण सङ्कलित रचनाको ७० वटा भागहरुको अनुवाद र अभिलेखीकरण गर्ने काम पुरा गरेको छ । हालसम्म माक्र्स र एंगेल्सका सङ्कलित रचनाको २८ खण्ड प्रकाशित भइसकेका छन् ।
व्युरोले आफ्नो अनुवाद र अभिलेखको काम माक्र्स–एंगेल्स–गेसामताउस्गाबे(मेगा)ले निकालेको माक्र्स र एंगेल्सको कृतिहरुका सबभन्दा ठूला र पूर्ण संकलनमा आधारित गरेको छ । एम्स्टरड्यामको माक्र्स–एंगेल्स–स्टीफतुङ अन्तर्राष्ट्रियले सो पूर्ण संकलनको सम्पादन गरेको छ ।
माक्र्सवाद चिनियाँ कम्युनिष्ट पार्टीको आधारभूत विचारधारा हो । सन् १९५३ मा स्थापना भएको केन्द्रीय अभिलेख तथा अनुवाद व्युरोले कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स, लेनिन र अरु कम्युनिष्ट चिन्तकहरुका कृतिहरुको अभिलेखीकरण र अनुवाद कार्य गर्दै आएको छ । साथै विभिन्न चिनियाँ नेताका कृतिहरु विभिन्न भाषामा अनुवाद गर्ने काम पनि सँगैसँगै गर्दैआइरहेको छ ।
‘यी मुल कृतिहरु माक्र्सवादी सिद्धान्तका वाहकहरु हुन् । अनुवादक र संकलकका रुपमा हाम्रो काम भनेको दार्शनिकहरुका मूल लेखनबाट पाठकलाई परिचय गराउने हो ।’, व्युरोका सहायक प्रमुख छाय फाङक्वले भने ।
तीन वर्ष, एक कृति
‘हामी महान मानिसहरुका प्रवक्ता हौं । हामीले हरेक शब्दलाई निकै सावधानीका साथ व्यवहार गर्नुपर्दछ ।’,व्युरोका पूर्व सहायक प्रमुख कु जिनपिङले भने ।
‘उदाहरणको लागि ६ लाख चिनियाँ अक्षरको एउटा पुस्तक अनुवाद गरिसक्न झण्डै २० जना मानिसलाई दुई देखि तीन वर्ष लाग्ने गर्दछ ।’, माक्र्स र एंगेल्सको संकलित रचनाको दोस्रो संस्करणको एउटा भाग हातमा बोक्दै उनले भने ।
‘सबै शब्दहरु एक सय वर्षभन्दा अघि लेखिएका छन् । अनुवादकहरुले तात्कालीन समाज र संस्कृतिबारे व्यापक जानकारी लिनुपर्ने हुन्छ ताकि लेखकले भनेको कुरा ठीक तरिकाले बुझ्न सकोस् ।’,छायले अघि भने ।
‘माक्र्स र एंगेल्सका पूर्ण संकलित रचना’को पहिलो संस्करण न् ि१९५०–दशकदेखि १९७० दशकको बीचमा संकलन र अनुवाद भएका थिए । त्यत्तिबेला चीनमा जर्मनी भाषाका जानकारहरुको कमी थियो र अधिकांश अनुवाद रुसी भाषाबाट गरिएको थियो ।
छायका अनुसार अब दोस्रो भागको अनुवाद भने मुल जर्मनी भाषाबाटै अनुवाद गरिएको छ ।
‘माक्र्स र एंगेल्सका झण्डै ६० प्रतिशत कृतिहरु जर्मन भाषामा लेखिएका छन्, ३० प्रतिशत अंग्रेजी र अरु फ्रान्सेली, डेनिस, चेक र इटालियन भाषामा लेखिएका छन् ।’, धेरै भाषाका कृतिहरुले आफ्नो काम बढाएको तिर संकेत गर्दै ली छाओह्युले भने ।
‘अनुवाद गर्न कठीन भए पनि दोस्रो संस्करणले मानिसहरुलाई माक्र्सवादी सिद्धान्तबारे अझ गहिराई र व्यापक रुपमा बुझ्न मद्दत गर्नेछ ।’, उनले भनिन् । दोस्रो संस्करणअन्तर्गत माक्र्स र एंगेल्सका सबै कृतिहरुका साथै आफ्नो जीवनकालमा उनीहरुले लेखेका अनेकन पाण्डुलिपि र चिठीपत्रहरु पनि प्रकाशित गरिनेछ ।
‘माक्र्स र एंगेल्सका संकलित रचनाहरु’को दोस्रो संस्करणलाई पूर्णता दिन अर्को बीस वर्ष लाग्ने अनुमान गरिएको छ ।
पुस्तौं पुस्ताको समर्पण
आजभन्दा ६ दशकअघि १८ वर्षका कु जिनपिङ केन्द्रीय अभिलेख तथा अनुवाद व्युरोमा अनुवादकको रुपमा भित्रिएका थिए । उनलाई दिइएको पहिलो काम भनेको सोभियत संघले प्रकाशित गरेको ‘दर्शनकोष’को अनुवाद गर्नु ।
उत्तिबेला उनको रुसी भाषा त्यत्ति राम्रो थिएन । भर्खरको जवान मान्छेलाई माक्र्सवादबारे पनि कर्म मात्र जानकारी थियो । त्यसकारण उनले आफूलाई दिइएको काम पूरा गर्न रातदिन मिहिनेत गर्नुपरेको थियो ।
‘सबैजना निकै समर्पित र भावनाले ओतप्रोत थिए । रातभर पनि कार्यालय भवन बत्तीले उज्यालो हुन्थ्यो ।’,जिनपिङले भने ।
उनीसँगै दर्शनकोष अनुवाद गरेका अरु सबै साथीहरु बितिसके । तर ८५ वर्षका उनी अझै पनि माक्र्सवादी कृतिको अनुवाद कार्यमा तल्लीन भएर लागिरहेका छन् ।
‘मेरो यो सानो गिद्दीले काम गरुञ्जेल मैले गर्न सकेसम्म गर्न चाहन्छु ।’, उनले भने ।
जिनपिङका साथी वेई च्याङ्ह्वा पनि अझै अवकासमा बसेका छैनन् । उनी ७२ वर्षका भइसके ।
‘मैले जीवनमा गरेको सबभन्दा उत्कृष्ट काम भनेको मैले आफ्नो रुचि अनुसारको काम रोजेको छु ।’,आफ्नो काम गर्ने क्षमताको लागि माक्र्सवाद आफैमा एउटा प्रमुख कारण भएकोमा बलियो विश्वास राख्दै उनले भने ।
सन् १९८०–दशकदेखि ९०–दशकमा तात्कालीन सोभियत संघ र पूर्वी युरोपमा आएको परिवर्तनसँगै विश्वभर माक्र्सवादको विरोध व्यापक हुन थाल्यो ।
‘धेरैले त्यत्तिबेला चीनको राजनीतिक बन्दोबस्तमाथि पनि सन्देहको आँखाले हेरेका थिए ।’, वेईले भने,‘तर हाम्रो देशको सबभन्दा महान उपलब्धि भनेको बितेका चार दशकमा संसारलाई माक्र्सवादको अनिवार्यतालाई प्रमाणित गरेको छ ।’
‘आजभोलि धेरै–धेरै मानिसहरु माक्र्सवादको महत्व बुझ्दैछन् । विशेषतः वित्तीय संकट र पर्यावरणीय विनाशको सामना गर्नुपरेको परिस्थितिमा माक्र्सवादी सिद्धान्तबाट सिक्दैछन् ।’, उनले भने ।
हु स्याओछेन सन् २०१३ देखि केन्द्रीय अभिलेख र अनुवाद व्युरोमा काम गर्न शुरु गरेका हुन् । उनी अहिले २९ वर्षका भए । कलेजमा उनको प्रमुख विषय जर्मन भाषा हो । उनले कलेजमा नै ‘कम्युनिनष्ट घोषणापत्र’ र ‘जर्मन विचारधारा’ कृतिहरु पढिसके । उनी माक्र्सवादी दार्शनिकहरुबाट ज्यादै प्रभावित छन् ।
‘महान चिन्तकहरुका महान विचारको अनुवादमार्फत म उनीहरुको नजिक हुन पाउनु मेरोलाई ज्यादै सुखद् अनुभव हो ।’, हुले भने ।
हालैको एउटा चिन्तन परियोजनाअन्तर्गत हुले नयाँ मिडियामार्फत युवाहरुबीच माक्र्सवादी सिद्धान्तको राम्ररी प्रचार कसरी गर्ने भन्ने विषयमा उनले खोज गरेका छन् ।
‘धेरै धेरै युवाहरु माक्र्सवादी विचारबाट प्रभावित हुनु आशालाग्दो कुरा हो ।’ उनले भने ।
अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *