नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
संरा अमेरिकाले आफ्नो इजरायलस्थित दुतावास तेल अभिभ शहरबाट जेरुस्लाम शहरमा सारेको छ । गएको सोमबार गाजा पट्टिसँगैको सीमा क्षेत्रमा प्यालेस्टाइनी जनताले उक्त कदमको विरोध गरे । विरोध प्रदर्शनमा इजरायली सेनाको गोली लागी कम्तीमा ६३ जना प्यालेस्टाइनी प्रदर्शनकारीहरुको हत्या भएको छ ।
संयोगवश सोमबारको प्रदर्शन इजरायली स्वतन्त्रता दिवसको ७० औं वर्षगाँठमा परेको छ । सन् १९४८ मा भएको अरब–इजरायल युद्धको क्रममा झण्डै ७ लाख ५० हजार प्यालेस्टाइनी जनता इजरायली स्वतन्त्रता दिवसको एक दिन अघि आफ्नो गृहभूमिबाट विस्थापित हुन बाध्य भएका थिए । त्यो दिनलाई प्यालेस्टाइनीहरु ‘नक्बा’ अर्थात् महासंकटको रुपमा स्मरण गर्छन् ।
सत्तरी वर्ष बितिसकेको छ । तर अझै पनि त्यो क्षेत्रलाई युद्ध र द्वन्द्वको भूतले छोडेको छैन । शान्तिपूर्ण मध्यपूर्वको कल्पना अझै पनि टाढा देखिन्छ ।
बितेका ७० वर्षमा भएका पाँच वटा अरब–इजरायल र प्यालेस्टाइन–इजरायल लडाईमा परी ८० हजारभन्दा बढी मानिसहरु मारिएका छन् ।
पछिल्लो दशकमा यमन, लेवनान र टर्की, इराक–इरान युद्ध, खाडी युद्ध, इराक युद्ध र सिरिया द्वन्द्वमा परी सो क्षेत्र(मध्यपूर्व) मा बीस लाख मानिस मारिएका छन् ।
पाण्डोरा बाकसको अनावरण
सन् १९४८ मा इजरायल एक राज्यको रुपमा घोषणा भयो । उक्त घोषणासँगै इजरायल र अरब देशहरुबीच आठ महिना लडाई भयो । त्यो लडाईलाई पहिलो अरब–इजरायल लडाई भनिन्छ ।
लडाईको क्रममा यहुदी सेनाले जेरुस्लाम शहरको पश्चिम भागमाथि कब्जा जमायो । जेरुस्लामलाई यहुदी, क्रिस्चियन र इस्लाम तीन वटै धर्मको पवित्र शहर मानिन्छ ।
सन् १९६७ मा इजारयल र अरब देशहरुबीच छ दिनको अर्को लडाई भयो । त्यो लडाईलाई तेस्रो अरब–इजरायल लडाई भनिन्छ । इजरायलले सो लडाईमा विजय हासिल ग¥यो । इजरायलले पूर्वी जेरुस्लाम, पश्चिम किनारा र गाजा पट्टिमा कब्जा जमायो ।
वर्षौवर्षसम्म प्यालेस्टाइनीहरुले संरा संघद्वारा प्रस्तावित सन् १९६७ अघिको सीमानालाई आधार मानेर दुई राज्यको समाधानअनुसार पूर्वी जेरुस्लामलाई आफ्नो राजधानी बनाएर एउटा स्वाधीन देश बनाउने प्रयास गरिरहे ।
सन् १९४८ मा भएको अरब–इजरायल लडाई मध्यपूर्वमा सैनिक द्वन्द्वको पाण्डोरा बाकसको अनावरण प्रमाणित भयो । त्यसयता सधैं युद्ध नै विवाद समाधानको बाटो बन्दै आएको छ । जसले सो क्षेत्रमा एक पछि अर्को विभाजन गर्दै आएको छ ।
बितेका ७० वर्षमा भएका पाँच वटा अरब–इजरायल र प्यालेस्टाइन–इजरायल लडाईमा परी ८० हजारभन्दा बढी मानिसहरु मारिएका छन् ।
पछिल्लो दशकमा यमन, लेवनान र टर्की, इराक–इरान युद्ध, खाडी युद्ध, इराक युद्ध र सिरिया द्वन्द्वमा परी सो क्षेत्र(मध्यपूर्व) मा बीस लाख मानिस मारिएका छन् ।
द्वन्द्व अझ उस्तै
पहिलो अरब–इजरायल लडाई सम्पन्न भएको सात दशकपश्चात अब नयाँ पाण्डोरा बाकस अनावरण भएको छ । यो पटक संरा अमेरिकाले आफ्नो दुतावास तेल अभिभबाट जेरुस्लाममा सारेर, इरानसँगको आणविक सन्धीबाट संरा अमेरिकाले हात झिकेर र सिरियामा इजरायली तथा इरानी पक्षबीच जस्तैलाई तस्तै खालको हमला बोलेर नयाँ द्वन्द्व देखापरेको छ ।
पर्यवेक्षकहरुका अनुसार उसै नै आगो बलिरहेको मध्यपूर्व क्षेत्रलाई अझ घ्यु थप्ने काम संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक नीतिले गरेको छ ।
वाशिङ्टनले आफ्नो इजरायली दुतावास जेरुस्लाममा सारेर प्यालेस्टाइन र इजरायलमा शान्तिको सम्भावनालाई सबै हिसाबले बन्द गरिदिएको लिवियाली अनुसन्धाता र मध्यपूर्वका विज्ञ जलाल अल–फितोरीले भने ।
‘विशेषतः अन्तर्राष्ट्रिय कानुन र समझदारी उल्लंघन गर्दा इजरायललाई अन्ध समर्थन गरेको जिम्मेवारी संरा अमेरिकाले लिनुपर्दछ ।’, ट्युनिसियाली व्यवस्थापिकाका प्रथम उपाध्यक्ष अब्देलफताह मोरोले भने ।
शान्ति प्रक्रिया अवरोध भएसँगै इजरायली र प्यालेस्टाइनी अधिकारीहरुबीच बितेका चार वर्षमा एक पटक पनि भेटघाट भएको छैन । दुतावासको स्थानान्तरणसँगै प्यालेस्टाइनी र इजरायली संस्थापनबीच कुराकानीको सम्भावनालाई अझ पर धकेलेको छ ।
समाधान
लामो समयको अस्थीरता र लगातारको आर्थिक विश्रृंखलाले द्वन्द्वग्रस्त मध्यपूर्वलाई सुरक्षा, स्थायित्व र समृद्धि अरु बेलाभन्दा बढी खाँचो परेको छ ।
वर्षौ वर्षको निराशापश्चात मध्यपूर्वका धेरैभन्दा धेरै देशहरुले पश्चिमा समाधानको उपायमा खोट देख्न थालेका छन् र समाधानको लागि पूर्वतिर आँखा डुलाउन थालेका छन् ।
मध्यपूर्वको संकट समाधानको सन्दर्भमा चीनले अघि सारेको प्रस्तावप्रति संसारको ध्यान आकृष्ट भएको छ । वेल्ट एण्ड रोड कार्यक्रममा आधारित विकाससँगै शान्तिको प्रबद्र्धनसम्बन्धि चिनियाँ अवधारणाप्रति संसार सकारात्मक बन्दै गएको छ ।
संरा संघका महासचिव एन्टोनियो गुटेरजले मंगलबार गाजा क्षेत्रमा एक दिन अघि भएको घटना ‘ज्यादै त्रासदीपूर्ण’ भएको भन्दै ‘यस्तो अवस्थाले त्यहाँको समस्याको समाधान राजनीतिक समाधान नै हुनुपर्ने देखाएको’ प्रतिक्रिया दिए ।
पर्यवेक्षकहरुका अनुसार राजनीतिक अवतरणसँगै आर्थिक विकास नै मध्यपूर्वको दिर्घकालीक समस्याको समाधान हो ।
‘हामीले सामूहिक रुपमा कुनै पनि एकपक्षीय कदम रोक्नुपर्दछ । त्यस्ता एक पक्षीय कदमले शान्ति प्रक्रियालाई धरापमा मात्र पार्नेछ । बरु कब्जा गर्ने कदमलाई बन्द गर्नुपर्दछ र न्यायपूर्ण तथा दिगो शान्ति, अन्ततः दुई राज्य–इजरायल र प्यालेस्टाइनको विकास र शान्ति, सुरक्षा र समृद्धिमा बाँच्ने वातावरण बनाउन जरुरी छ ।’, मध्यपूर्वको शान्ति प्रक्रियाका लागि संरा संघका विशेष संयोजक निकोले म्लादेनोभले मंगलबार भने ।
शान्तिको प्रक्रिया रोकिनु हुन्न । हामीले अघि बढ्ने काम रोक्नुहुन्न ।
सिन्ह्वा
Leave a Reply