आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भारतको कर्नाटक राज्यमा ७५ वर्षका भारतीय जनता पार्टीका नेता बीएस एड्युरुप्पा मुख्यमन्त्री बनेका छन् । उनले बिहीबार बिहान ९ बजे सपथ ग्रहण गरेका छन् । कर्नाटकका गर्भनर भाजुभाई भालाले भाजपालाई मुख्यमन्त्रीको लागि आमन्त्रण गरेको विषयमा काँग्रेस आई र जनता दलले बुधबार बेलुका त्यहाँको उच्च अदालतमा रिट दर्ता गरेका थिए । तर उच्च अदालतले रिट निवेदन खारेज गरेसँगै भाजपाका नेतालाई मुख्यमन्त्रीको सपथ ग्रहण गर्न मार्ग खुलेको हो ।
गर्भनर भालाले आउँदो पन्ध्र दिनभित्र सदनमा आफ्नो बहुमत सिद्ध गर्न समय दिएका छन् । सन् २००८ देखि २०११ सम्म कर्नाटकको मुख्यमन्त्री बनेका एड्युरुप्पाको मुख्यमन्त्रीको रुपमा यो दोस्रो कार्यकाल हो ।
सन् २००७ मा पनि उनी मुख्यमन्त्री बनेका थिए । तर त्यत्तिबेला भाजपा र जनता दलबीचको गठबन्धन टुटेपश्चात उनले बहुमत गुमाएका थिए र एक सातामै राजीनामा दिनुपरेको थियो । सन् २००८ मा उनी शिकारीपुरा क्षेत्रबाट संसद सदस्य बनेका थिए । उनी भाजपाको तर्फबाट दक्षिणी भारतमा मुख्यमन्त्री बनेका प्रथम व्यक्ति हुन् ।
सन् २०११ मा गैरकानुनी खानी सञ्चालन र जमिन कारोबारबाट नाफा कमाएको आरोप एक सरकारी प्रतिवेदनले उनीमाथि लगाएपश्चात मुख्यमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । सन् २०१२ मा उनले भाजपा त्यागेका थिए र कर्नाटक जनता पक्ष पार्टी खोलेका थिए । सन् २०१४ को लोकसभा चुनावपूर्व उनले भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक मोर्चालाई समर्थन गरेका थिए । लगत्तै उनको पार्टी विघटन गरेका थिए ।
Leave a Reply