अथातो घुमक्कड–जिज्ञासा घुमक्कडी : मानव सभ्यताको अदृश्य मेरुदण्ड
- बैशाख ३, २०८३
जब गत महिना क्युवामा लोडसेडिङका कारण करिब एक करोड मानिसलाई अँध्यारोमा बस्न बाध्य पारियो, अमेरिकी मिडिया कभरेजमा उही पुरानो भाष्य दोहोरियो– एक असफल कम्युनिस्ट राज्य, पतन हुन लागेको शासन र एक अवसर । त्यो मिडिया कभरेजले वास्तविकता देख्न सकेन । क्युवाले आफूलाई जसरी हेरिरहेको छ, अमेरिकाले ठिकविपरीत ढङ्गले मूल्याङ्कन गरिरहेको छ ।
गत साता रुसी तेल ट्यांकर अनातोली कोलोडकिन (प्रतिबन्धित रुसी जहाज) क्युवाली बन्दरगाह माटान्जासमा पुग्यो । सो जहाजले तीन महिनामा पहिलोपटक देशमा इन्धन ‘डेलिभरी’ ग¥यो (सात लाख ३० हजार ब्यारेल कच्चा तेल), जुन केवल १० दिनका लागि क्युवाली ऊर्जा आवश्यकता पूरा गर्न पर्याप्त थियो । क्युवातर्फ गइरहेको अर्को रुसी ट्याङ्कर सी हर्स भेनेजुएलातर्फ मोडियो ।
क्युवामाथि अमेरिकी नाकाबन्दी जारी छ । क्यारिबियन सागरमा अमेरिकी विनाशकारी र अन्य सैन्य जहाजले निरन्तर निगरानी गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् कि उनी ‘सम्मानजनक’ ढङ्गले अमेरिकाले ‘कब्जा गर्न पाउने’ अपेक्षा गर्छन् । ‘मैले क्युवालाई मुक्त गरेँ भने मलाई लाग्छ कि म यसलाई जे पनि गर्न सक्छु,’ उनले हालै भनेका छन् । यो भाषा विशेषगरी क्रूर र राजनीतिक रूपमा अस्पष्टजस्तो लाग्न सक्छ ।
यो नवउपनिवेशवादको तर्क हो, त्रुटिवश व्यक्त गरेको भनाइ होइन । विशेषगरी र ऐतिहासिक रूपमा, यो तर्क अमेरिकाले एक शताब्दीभन्दा बढी समयदेखि फ्लोरिडाबाट केबल ९० माइल टाढा रहेको एउटा टापु (क्युवा)मा लागू गर्दै आयो र क्युवाले अमेरिकी साम्राज्यवादलाई अस्वीकार गर्ने उपाय खोजिरह्यो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको सहयोगमा अन्ततः क्युवालाई ‘आत्मसमर्पण’ गर्न बाध्य पारेर ट्रम्पले ‘सम्मान’ पाएको देखिन्छ ।
अमेरिकी विश्लेषण (आधिकारिक र पत्रकारिता) ले कसरी वर्तमान सङ्कटलाई असफल बनाइरहेको छ भन्नेबारे बुझ्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा यो हो– समस्या जानकारी होइन, यो साम्राज्यवादी दृष्टिकोण हो, जसले क्युवालाई आफ्नै कथाको नायकका रूपमा भन्दा पनि उसलाई व्यवहार गर्नुपर्ने सानो खेलाडीका रूपमा व्याख्या गर्छ । म पहिलोपटक १९९० को दशकको अन्त्यतिर क्युवा गएको थिएँ । त्यहाँ एक युवा मानवशास्त्रीका रूपमा तालिममा सहभागी भएको थिएँ । त्यतिबेला म ल्याटिन अमेरिकी अध्ययन परम्परामा डुबेको थिएँ । क्युवाले केही दिनमै मलाई यसबाट वञ्चित गरायो । हवानाको सडकमा हिँड्दै गर्दा मलाई क्युवाली प्रहरीले बारम्बार रोक्यो र ‘डेम कार्नेट’ (परिचयपत्र) माग्यो । निःसन्देह, मेरो शरीरले मलाई युवा अश्वेत क्युवाली पुरुषको श्रेणीमा राखेको थियो । तसर्थ, प्रहरीले कार्ड माग्नु सामान्य थियो ।
मलाई यहाँको दिनचर्याबारे पहिल्यै थाहा थियो, डिप साउदमा गाडी चलाउनेदेखि भौगोलिक रूपमा जुनसुकै स्थानमा हिँडडुल गर्नेसम्म । क्युवामा जोखिम कम थियो । मेरो आफ्नै मातृभूमिमा जस्तो । कुनै घातक कारबाही वा स्पष्ट मृत्युदण्डको सजाय थिएन । अमेरिकी नीति–निर्माता र अनौपचारिक पर्यवेक्षकले पनि क्युवालाई हेर्दा प्रायः एउटा सरल पोस्टकार्ड मात्र देख्छन् ।
अनगन्ती अवसरमा मैले क्युवाली (शिक्षाविद् र साधारण मानिस दुवै) लाई प्रश्न सोधेँ, यदि क्रान्तिले सबैलाई मुक्ति दियो भने किन अश्वेतलाई अझै पनि सीमान्तकृत बनाइएको छ र पेसा तथा राज्यमा उनीहरूको कम प्रतिनिधित्व हुन्छ ? उत्तर रङ्गिएका भौतिकवादीबाट आए । भाषा माक्र्सवादी थियो । विश्लेषण दार्शनिक थियो । त्यो विश्लेषण केवल मैले सामना गरेको मनोवृत्ति मात्र थिएन, बरु संरचनात्मक थियो ।
क्युवाली क्रान्तिको तागतलाई कम आकलन गर्न मिल्दैन । समतामूलक समाजतर्फ क्रान्तिले ल्याएको योगदान महत्वपूर्ण छ । क्युवाको सत्ताको कमजोरीलाई केलाउँदै गर्दा यसले आफ्ना छिमेकीलाई गरेको योगदान पनि प्रशंसनीय छ । क्युवाले आफ्नो सिमानाबाहिरको संसारका लागि पनि उत्तिकै सहयोग गरेको छ । अफ्रिकी मुलुक जमैकालाई हेर्नुहोस्, जहाँ ३० वर्षमा ४७ हजारभन्दा बढी क्युवाली चिकित्साकर्मी पुगे । उनीहरूले त्यहाँ ८० लाखभन्दा बढी बिरामीको उपचार गरे र ७४ हजारभन्दा बढी शल्यक्रिया गरे । तर, त्यो सहयोग व्यवस्था अब अमेरिकी दबाबमा अन्त्य भएको छ । अमेरिकाको दबाबमा जमैकाबाट २७७ क्युवाली स्वास्थ्यकर्मीलाई फिर्ता बोलाइयो, ती क्लिनिकमा निर्भर मानिस चुपचाप परिणाम सहन बाध्य छन् । तपाईंले २०१४ को पश्चिम अफ्रिकालाई हेर्नुपर्छ, जतिबेला क्युवाले इबोलाविरुद्ध लड्न ३०० भन्दा बढी डाक्टर र नर्स पठाएको थियो । यो विश्वको सबैभन्दा ठुलो एकल–देशीय योगदान थियो ।
(एलेन अफ्रिकी–अमेरिकी र अफ्रिकी डायस्पोरा अध्ययनका प्राध्यापक हुन् ।)
अलजजिराबाट
Leave a Reply