क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
विगतका वर्षहरूमा भए नयाँ शैक्षिक सत्र सुरू भएर पठनपाठन अगाडि बढिसकेको अवस्था थियो । अहिले भने २०८३ सालको शैक्षिक सत्र सुरू हुन सकेको छैन । यही समयमा विद्यालय र विद्यालय सञ्चालकहरू विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयलाई लिएर अन्योलमा छन् । कारण, नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले २०८२ चैत २३ गतेदेखि लागू हुने गरी देशभर शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा गर्ने निर्णय गरी परिपत्र गरेको छ । नेपालको संविधान तथा प्रचलित कानुन, स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहलाई दिएको छ । यस्तो व्यवस्था हुँदाहुँदै पनि सरकारले वैशाख १५ गतेबाट शैक्षिक सत्र सुरू गर्ने र वैशाख २१ गतेबाट पठनपाठन सुरू गर्ने निर्णय गरी परिपत्र गरेको छ । जुन आफैमा विरोधाभास छ । यसले शिक्षक, विद्यार्थी, विद्यालय, अभिभावकमा अन्योल पैदा गरेको छ ।
एउटा उक्ति छ, शिक्षा बिग्रियो भने सबै बिग्रन्छ र शिक्षा सुध्रियो भने सबै सुध्रिन्छ । यस उक्तिलाई सबैले बुझेकै हुनुपर्छ । बालबालिकाले विद्यालयमा जे सिक्छ जीवनभर त्यही गर्छ कारण विद्यालय बालबालबालिकाको लागि रोल मोडल हो । तर, अहिले यहाँ विद्यालय सञ्चालन गर्न विद्यालयका प्रधानाध्यापक, प्रिन्सिपलहरू एक आपसमा सल्लाह गरिरहेको अवस्थामा छ भने समितिहरू पनि एकआपसमा विद्यालय सञ्चालन गर्न सल्लाह गरिरहेको अवस्थामा छन् ।
भनिन्छ, कुनै देशलाई ध्वस्त पार्नु छ भने त्यस देशको शिक्षा क्षेत्रलाई बिगारे पुग्छ । यसतर्फ पनि विचार गर्नु आवश्यक छ । नेपाल जहाँ सार्वजनिक बिदा नै धेरै छ । यस्तो हुँदाहुँदै पनि फेरि हप्ताको दुई दिन बिदा दिने निर्णय सरकारले हतारमा गरेको हो कि भन्ने जनगुनासो अहिले समुदायमा छ । सरकारले पूर्ण तयारीबिना नै त्यसबाट पर्ने दीर्घकालीन असर तथा उपलब्धिको विश्लेषणबिना हतारमा निर्णय गरी परिपत्र गरेको गुनासो अभिभावक र विभिन्न समितिहरूको रहेको छ । अभिभावक सङ्घ नेपालले विभिन्न निकायमा विद्यालय पूर्ववत रूपमा सञ्चालन गर्न ज्ञापनपत्र बुझाइरहेको छ । वर्तमान सरकारले विद्यालय सञ्चालनबारे विस्तृत अध्ययन नै नगरी हप्ताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय खोटपूर्ण भएको समितिले निष्कर्ष निकालेको छ । कुनै सोच र दूरगामी असरको ख्याल नै नगरी हतारमा गरेको निर्णय र वैशाख २१ गते मात्र नानीहरूलाई विद्यालय पठाउँदा पढाइमा असर पर्ने ठहर अभिभावक सङ्घको रहेको छ ।
हप्तामा दुई दिन सार्वजनिक बिदाले केही क्षेत्रमा केहीलाई उपलब्धि त होला तर शिक्षा क्षेत्रजस्तो संवेदनशील र जिम्मेवार क्षेत्रमा दुई दिन बिदा अलि अस्वाभाविक हुने देखिन्छ । सरकारले यस्तो निर्णय गर्दा सरोकारवाला पक्षसँग गम्भीर भएर छलफल गर्नुपर्ने हो । यसरीबिना छलफल यस प्रकारको निर्णयले शिक्षा क्षेत्रलाई भविष्यमा ठुलो असर र क्षति पर्न सक्छ । अहिलेको समय भनेको अधिकांश शैक्षिक संस्था र समितिले शैक्षिक सत्र २०८३ को लागि शैक्षिक पात्रो बनाएर सोअनुसार विद्यालय सञ्चालन गर्न छापिसकेको अवस्था छ ।
वर्तमान अवस्थामा दुई दिन सार्वजनिक बिदाले शैक्षिक क्षेत्रमा कस्तो असर पर्न सक्छ त ? यसतर्फ पनि सम्बन्धित निकाय र पक्षले छलफल गर्नु र सोच्नु आवश्यक छ । लामो बिदाले विद्यार्थीको पढाइको निरन्तरतामा असर पर्ने देखिन्छ । यसरी हप्ताको दुई दिन बिदाले केही विद्यार्थीहरू पढाइबाट टाढा हुने सम्भावना देखिन्छ । विशेषगरी साना कक्षाका विद्यार्थीहरूलाई यसले असर पर्ने सम्भावना देखिन्छ । अर्थात् भर्खर भर्ना भएका साना विद्यार्थीहरू एक त रोएर विद्यालय गइरहेका हुन्छन् । त्यसमाथि थप बिदाले त्यो झन् बढ्ने देखिन्छ । त्यसैगरी विद्यार्थीको अनुशासनमा कमी आउन सक्छ । धेरै दिन घर बस्दा र धेरै खाली समय हुँदा मोबाइल, टीभी वा भिडियो गेममा अत्यधिक समय बिताउने सम्भावना हुन्छ । जसले गर्दा कक्षाकोठामा अनुशासनको कमी हुने सम्भावना देखिन्छ भने विद्यार्थी विद्यालय वातावरणबाट टाढा हुन सक्छन् ।
सबै विद्यार्थीहरू एकैथरीका हुँदैनन् र सबै विषयमा राम्रा हुँदैनन् । त्यसैले कमजोर विद्यार्थीलाई झन् कठिन हुन्छ । पहिले नै कमजोर भएका विद्यार्थीले गर्ने अभ्यास छुट्दा अझै पछाडि पर्न सक्छन् र कमजोर विद्यार्थी झन्झन् पछि पर्छन् । दुई दिन बिदाको अर्को चुनौती विद्यालय समय व्यवस्थापनमा चुनौती हो । अहिलेको पाठ्यक्रम हप्ताको पाँच दिनको आधारमा बनाइएको हो । उक्त पाठ्यक्रम पूरा गर्न विद्यालयले समय मिलाउन गा¥हो हुन सक्छ । जसले गर्दा सबै विषयको पाठ पूरा गर्न शिक्षकलाई कठिन त हुन्छ नै अर्कोतर्फ हतारमा पाठ पूरा गर्दा विद्यार्थीले गा¥हो गरी बुभ्mनुपर्ने हुन्छ । यसरी हतारमा पाठ सम्पन्न गर्ने र विद्यार्थीले गा¥हो गरी बुझेर परीक्षामा सहभागी हुँदा सिकाइ उपलब्धिमा विगतमाभन्दा कमी आउने देखिन्छ ।
त्यसैले सरकार र सम्बन्धित निकायले यस प्रकारको निर्णयले पर्ने दूरगामी असर र प्रभावलाई मध्यनजर गरी पुनर्विचार गर्नु आवश्यक छ ।
Leave a Reply