भर्खरै :

त्चिकाया उ ताम्’साइका दुई कविता

त्चिकाया उ ताम्’साइका दुई कविता

मुर्दा जीवन

म खेलिरहेको थिएँ
जब मेरी मृत बहिनी
मेरो हजुरबाले झुण्ड्याउनुभयो
एउटा ठुलो माछा
हाम्रो ढोका अगाडिको रूखमा ।

हामी पुग्यौँ आलुबखडाका बोटहरूनिर
खाएँ मैले ससाना लौकाहरू
तर उपवास बस्नुपर्यो मैले ।

रोएँ पनि भोक लागी,
भनेँ भने
बा मेरो जान्नुहुन्न नाम मेरी आमाको
म छु साक्षी मेरो उमेरको
मैले देखेको छु बराबर
सिनोहरू हावामा
जहाँ मेरो रगत बल्छ ।

झाडीको आगो

आगो नदी अर्थात्
समुद्र पिउनलाई अनुसरण गर्दै बालुवाको
खुट्टा हात
भित्र हृदयको प्रेम गर्नलाई
यो खोला जो रहन्छ मभित्र फेरि पूर्ण पारिदिन्छ मलाई मानिसहरूले
मात्र तिमीलाई भनेँ मैले आगोको वरिपरि

मेरो जाति बग्दछ यो यहाँ उहाँ एउटा नदी
ज्वाला हुन् आगाका दृष्टिहरू
तिनीहरूका जो विचार गर्छन् यसको
मैले भनँे तिमीलाई
मेरो जाति
सम्झन्छ
स्वाद काँसको तातै पिएको ।

(‘मडर्न पोइट्री फ्रम अफ्रिका’ बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *