म भैल खः हुँ
- बैशाख ४, २०८३
खोकनाको तेल खान्थ्यौँ
शुद्ध तोरीको तेल
घखुना लुगा लगाउथ्यौँ
खडरको सारी
मकै भटमास चपाउथ्यौँ
अनि कोदोको शुद्ध रक्सी
जीवनशैली चल्दै गयो
मृत्यु पनि दूर हुँदै गयो
तर समय परिवर्तन भयो
दिमाग परिवर्तनले भुलायो
तेल अब सनफलावर बनेछ
घखुना लगा विदेशी भएछ
मकै भटमास ‘पपकर्न’ बनेछ
शुद्ध रक्सी ‘ह्विस्की’ भएछ
सामान उही
कच्चा पदार्थ उही
तर.. टे«डमार्क नयाँ भएछ
नयाँ ट्रेडमार्क ढाड सेकाएछ
मान्छेको हुलले ‘आधुनिकता’ देखेछन्
आखिर…
धनी भएर पनि गरिब भएछौँ
यो यात्रा यो पाइला
पुरानो जीवनशैली कुलिचदै जाँदै छौँ
नयाँ बन्ने बहानामा
आधुनिकताको सिको गर्ने चाहनामा
Leave a Reply