भर्खरै :

मेरो विश्व

मेरो विश्व

हर्मुज जलडमरूको
निलो छातीमा
बम बारुद आफै
झुण्ड्याउँछ
ह्वाइट हाउस ।

अनि
आकाशमा बिजुलीझैँ चर्किन्छ
सम्झौता गर,
नत्र
नर्कका बादलहरू
तिमीमाथि वर्सिनेछ ।

त्यो आवाज
पूरै गुञ्जिन नपाउँदै
मरुभूमिको धूलोसँगै
क्रोधले भरिएको
अर्को प्रतिध्वनि आयो—

यदि तिमीले ढोका खोल्यौ भने
नर्कका ढोकाहरू
तिमीमाथि नै खुल्नेछ ।

जुन आवाज
तेहरानको थिएन
समयको चेतावनी थियो ।

किन नबुझेको ?

मेरो विश्व !
हर्मुज जलडमरूको निलो छातीमा
बगिरहेका
तेलका जहाजहरूसँगै
बगिरहेछ
मानवताको भविष्य पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *