सामाजिक सञ्जालको प्रभाव : अवसर र चुनौती
- बैशाख ३०, २०८३
नेपालमा राष्ट्रपति निर्वाचनको दौडधुपको बेला स्कूल, कलेज, गाउँ र सहर, चिया पसल र छरछिमेकमा पनि विभिन्न देशका राष्ट्रपतिहरूका बारे चर्चा हुँदै छ । केहीले भने – भारत र अमेरिकाजस्ता ठुलठुला देशका राष्ट्रपतिहरूका बारेमा मात्रै होइन† नेपालजस्ता कम जनसङ्ख्या र साना–ठुला तेस्रो विश्वका देशहरूका देशभक्त र साम्राज्यवादविरोधी छवि भएका राष्ट्रपतिहरूको सम्बन्धमा सोच्नु र सिक्नु बढी सान्दर्भिक छ । केहीले भने– एकचोटि चीनजस्तो विशाल जनसङ्ख्या र संसारको सबभन्दा ठुलो क्षेत्रफल भएको देश रुसका राष्ट्रपतिहरूबारे जानकारी राख्नु उपयुक्त हुन्छ ।
निश्चय पनि ठुलठुला र सम्पन्न देशहरूका राष्ट्रपतिबारे नेपाली पत्रपत्रिकाहरूमा बरोबर अनेक सामग्री छापिन्छन् । यसकारण, वर्तमान स्थितिमा हाम्रैजस्ता गरिब तथा विकासोन्मुख देशहरूका राष्ट्रपति र तिनीहरूको व्यक्तित्वबारे परिचय पाठकहरूको निम्ति राम्रै जानकारी हुनेछ ।
पूर्वी अफ्रिकाको एक मुलुक तान्जानियाको पहिलो राष्ट्रपति जुलियस नीरेर ४२ वर्षको उमेरमा राष्ट्रपति भएका थिए । सन् १९२२ मार्चमा उनको जन्म भएको थियो । २०–२१ वर्षसम्म राष्ट्रपति भएर ६३ वर्षको उमेरमा स्वेच्छाले उनले राजनीतिबाट अवकाश लिए । सन् १९८० तिर आफ्नो देशलाई अफ्रिकी देशहरूमध्ये शिक्षित देशको रूपमा अगाडि बढाउन उनी सफल भए । उनले आफ्नो देशमा यातायात, उद्योग र कृषि उत्पादनमा पनि प्रगति गरे । १४ अक्टोबर सन् १९९९ मा उनी ७७ वर्षको उमेरमा बिते । उनी अफ्रिकी साम्राज्यवादविरोधी एकताका एक प्रबल अग्रदूत थिए ।
त्यस्तै, अफ्रिकाको ‘सुनको किनारा’ भनिने घानाका राष्ट्रपति क्वामे एनक्रुमा पनि अफ्रिकाका एक शिखर र चर्चित राष्ट्रपति थिए । बेलायती उपनिवेशवादविरोधी नेताको रूपमा चिनिएका एनक्रुमाको जन्म सन् १९०९ सेप्टेम्बरमा भएको थियो । खेलकुद एवम् नाचगान मन पराउने एनक्रुमा साथीहरूसँगै इतिहास, मनोविज्ञान, जनताको सेवा र भाषण कलाबारे अध्ययन मनन गर्थे । त्यसबेला माथिल्लो स्तरका अफ्रिकीहरू संरा अमेरिकालाई ‘उपनिवेशवादविरोधी प्रजातन्त्र र समानताको देश’ सम्झन्थे । यसकारण, उनी सन् १९३५ तिर नातागोतासँग सहयोग लिएर बेलायतको हाइड पार्क र त्यहाँको झिलिमिली हेर्दै अमेरिका जाने बाटोमा लागे । त्यसबेला आर्थिक सङ्कटको कारण बेलायतका लाखौँ युवा र मजदुरहरू बेरोजगार थिए । सरकारको र साम्राज्यवादको विरोधमा भाषण दिने स्थल हाइड पार्क देख्दा उनी खुसी हुन्थे । तर, उनलाई त्यसबेला नाजीवाद र फासीवादबारे थाहा थिएन । उनी त्यसबेला २६ वर्षका थिए ।
एनक्रुमा अमेरिकाको लिङ्कन विश्वविद्यालयमा अर्थशास्त्र र समाजशास्त्रमा स्नातक तहमा भर्ना भए । उनले अर्थशास्त्र र दर्शनशास्त्रको अध्ययन गरे । उनले टाल्स्टायजस्ता लेखकहरूको साहित्यको अध्ययन गर्न थाले । अमेरिकालाई उनले भेदभाव भएको जातिवादी समाजको रूपमा पाए । त्यहीँ उनले समाजवादी र साम्यवादी साहित्य अध्ययन गरे तथा राजनीतिक सङ्गठनहरूमा सक्रियता देखाए । दोस्रो विश्वयुद्धको बेलामा सोभियत सङ्घ र कम्युनिस्ट आन्दोलनबाट उनी प्रभावित भए तथा अन्तर्राष्ट्रिय राजनीतिबारे पनि जानकारी राख्न थाले ।
सन् १९४६ मा उनी बेलायत फर्के । तर, उनी बेलायतको उपनिवेशवादी र युद्धकारी राजनीतिबाट खुसी भएनन् । यसकारण, उनले ‘नयाँ अफ्रिका’ भन्ने एक मासिक पत्रिका प्रकाशित गरे । सन् १९४७ मा अफ्रिकामा विभिन्न देशहरूका साथीहरूसँग सम्पर्क राख्दै आफ्नो देश घाना फर्के । त्यसबेला उनी ३० वर्षका थिए ।
सन् १९४८ देखि उनले ‘जनताको सम्मेलन’ नामको एक राजनैतिक दल स्थापना गरे । साथै, पत्रिका पनि प्रकाशित गरे । उनका गतिविधिबाट बेलायती उपनिवेशवादी सरकार सतर्क हुन थाल्यो । जनता र सङ्गठनको बलमा सन् १९४२ मा उनी प्रधानमन्त्री भए ।
बेलायतीहरूले एनक्रुमा र उनका मन्त्रीहरूलाई महँगो गाडी र राम्रो स्तरीय आवासको बन्दोबस्त गरे । तर, एनक्रुमा र अन्य मन्त्रीहरूले साधारण गाडीमात्रै प्रयोग गर्थे† दुईतले एउटा भवनलाई आवास बनाए । सन् १९६० मा एनक्रुमा ५१ वर्षको उमेरमा राष्ट्रपति भए । १९६१ मा एनक्रुमाको प्रतिनिधिमण्डल मस्को गएर त्यहाँको जलविद्युत् उत्पादन, कपास खेती, पशुपालन र मासु उत्पादन प्रविधिको अवलोकन ग¥यो । सन् २ जनवरी १९६५ मा उनी कारमा बस्ने बेला एक प्रहरीले उनलाई ताकेर ५ वटा गोली हान्यो† उनी बचे तर एक अङ्गरक्षकको मृत्यु भयो । अमेरिकाको केन्द्रीय गुप्तचर विभाग (सीआईए) को गतिविधि बढेको त्यहाँका जनताले चाल पाए ।
सन् १९६६ फेब्रुअरीमा एनक्रुमाको एक प्रतिनिधिमण्डल पेइचिङ पुग्दा घानामा सैनिक विद्रोहबाट संसद् र सरकार भङ्ग गरी शासन सत्ता सेनाले हत्यायो । त्यस सैन्य विद्रोहको सामना गर्न उनी राष्ट्रपतिकै रूपमा घानाको निम्ति उडे । एनक्रुमा त्यसबेला ५७ वर्षका थिए । तर, त्यहाँको गम्भीर परिस्थितिको कारण उनी गिनीमा अवतरण गरे । गिनीका राष्ट्रपति सेकुतुरेले उनलाई ‘सह राष्ट्रपति’ को रूपमा स्वागत गरे† उनी जीवनभर अफ्रिकाको समाजवादको निम्ति सङ्घर्षरत रहे । २७ अप्रिल १९७२ को दिन रोमानियामा क्यान्सर रोगको उपचारकै क्रममा ६३ वर्षको उमेरमा उनी बिते । उनी साम्राज्यवाद र उपनिवेशवादको विरोधमा जीवनको अन्तिम दिनसम्म जुझिरहे ।
सेकुतुरे फ्रान्सेली उपनिवेशको विरोधमा सङ्घर्ष गरी देशलाई स्वतन्त्र गर्ने एक सम्भ्रान्त परिवारका सदस्य भएर उनले ‘गिनी प्रजातान्त्रिक पार्टी’ स्थापना गरेका थिए । उनी ९ जनवरी १९२२ मा जन्मेका थिए । माक्र्स र लेनिनका साहित्यबाट प्रभावित भएर उनी सन् १९५८ मा पहिलो राष्ट्रपति भए । उनी उत्पादनका सबै साधन राष्ट्रियकरण गर्ने पक्षका थिए । सन् १९८४ मार्च २६ को दिन ६२ वर्षको उमेरमा उनी मुटुको व्यथाले बिते । अमेरिकी षड्यन्त्रबाट घानाका राष्ट्रपति एनक्रुमालाई आफ्नै देशको सह–राष्ट्रपतिको रूपमा स्वागत गर्ने सेकुतुरे एक साम्राज्यवादविरोधी र समाजवादको समर्थकको रूपमा सदा सम्झिनेछन् । यस्ता राष्ट्रपतिहरूसँग हाम्रा राष्ट्रपतिका उम्मेदवारहरू तुलना गर्नु मनासिब नै हुनेछ ।
२३ फागुन, २०७९ (७ मार्च, २०२३)
स्रोत : सम्पादकीय सङ्कलन तेस्रो खण्ड
Leave a Reply