सामाजिक सञ्जालको प्रभाव : अवसर र चुनौती
- बैशाख ३०, २०८३
दोस्रो विश्वयुद्धको अन्त्य आधुनिक इतिहासको ठुलो मोड थियो । रुसलगायत पूर्व सोभियत गणराज्यहरूमा मे ९ गतेलाई धुमधाम मनाइन्छ । यस दिनलाई विजय दिवस भनिन्छ । सन् १९४५ मा यही दिन नाजी जर्मनीले सोभियत रुससामु आत्मसमर्पण गरेको थियो ।
यो दिनमा किन उत्सव मनाइन्छ ? आखिर के भएको थियो त्यो दिन ? यति बुझेपछि मात्र युरेसियाभरिका करोडौँ जनताको साझा विगतलाई बुझ्न सकिन्छ; आजको भूराजनीतिलाई राम्ररी केलाउन सकिन्छ ।
रुसीहरूलाई मे ९ गतेलाई महान् देशभक्तिपूर्ण युद्ध टुङ्गिएको दिन भन्छन् । दोस्रो विश्वयुद्धको बेला पूर्वी मोर्चामा भएको युद्ध त्यही दिन टुंगिएको थियो ।
पूर्वी मोर्चामा ठुलो जीउधनको विनाश भएको थियो । धेरै परिवारहरूका लागि मे ९ सरकारी बिदा मात्र होइन । यो आफ्ना पुर्खाहरूलाई सम्झिने अत्यन्त पवित्र दिन पनि हो । ती पुर्खाहरूले एक यस्तो सङ्घर्ष गरेका थिए, जसले २० औँ शताब्दीलाई नै नयाँ आकार दियो ।
यो दिन विशाल सैन्य परेड र सार्वजनिक भेलाहरू हुन्छन् । भुइँतहका मानिसहरूले दोस्रो विश्वयुद्धका योद्धाहरूका पराक्रमका गाथा गाउँछन् । यो अभियान आजभोलि झन्झन् बढिरहेको पाइन्छ ।
१९४५ मे : आत्मसमर्पणका दुई कथा
पश्चिमी मोर्चा र पूर्वी मोर्चामा विजय दिवस अलग मितिमा मनाइन्छ । १९४५ मे ७ को दिन मित्र राष्ट्रहरूसमक्ष फ्रान्सको राइम्समा निःसर्त आत्मसमर्पण गर्ने प्रारम्भिक काम भयो ।
तर, सोभियत नेता जोसेफ स्तालिनले अन्तिम आत्मसमर्पण बर्लिनमा, नाजी सत्ताको मुटुमै गर्नुपर्नेमा जोड दिनुभयो । युरोपको स्थल युद्धको सबैभन्दा ठुलो मार सोभियत सङ्घले भोगेको हुनाले औपचारिक समारोह जर्मनीको राजधानी बर्लिनमा गर्नुपर्ने सोभियत तर्क थियो ।
दोस्रो निर्णायक हस्ताक्षर १९४५ मे ९ को रात बर्लिननजिकै कार्लशोस्र्टमा रहेको सैन्य भवनमा भयो । दस्तावेजमा जर्मनीको हाइकमान्डको तर्फबाट फिल्ड मार्शल विल्हेल्म काइटेलले हस्ताक्षर गरे भने सोभियत सङ्घको तर्फबाट मार्शल ज्योर्जी झुकोभले गर्नुभयो ।
हस्ताक्षर भएपछि मात्र युद्धविराम कार्यान्वयनमा आएको थियो । त्यो बेलासम्म मस्कोमा मध्यरात भइसकेको थियो । खबर लन्डन र न्युयोर्कमा पुग्दा मे ८ गते नै थियो । यसरी सोभियत सङ्घमा मे ९ गते बिहानीपख मात्र विजयको आधिकारिक घोषणा गरिएको थियो ।
सोभियत कोणबाट हेर्दा यो घटनाको अत्यन्त ठुलो महत्व थियो । निकै रक्तपातपूर्ण र विशाल सैन्य अभियान चलाएपछि १९४५ मे महिनासम्ममा लालसेनाले बर्लिन कब्जा गरेको थियो । पूर्वी मोर्चामा दोस्रो विश्वयुद्धका सबैभन्दा घमासान लडाइँहरू भएका थिए । स्तालिनग्राद र कुस्र्कमा भएका लडाइँले जर्मन सेनाको ढाड भाँचेको थियो । पूर्वी मोर्चामै अधिकांश जर्मन सैनिक मारिएको विषयमा सबैजसो इतिहासकार सहमत छन् । यसले गर्दा ‘महान् देशभक्तिपूर्ण युद्ध’ को अन्त्य गर्न बर्लिनमा भएको आत्मसमर्पण प्रतीकात्मक मात्र होइन, व्यवहारिक आवश्यकता पनि थियो ।
सोभियत सङ्घभन्दा बढी बाँचेको विजय दिवस
सन् १९९१ मा सोभियत सङ्घको विघटन भयो । तर, विजय दिवस बाँचिरह्यो । यो आफैमा अचम्मको सामाजिक घटना हो । रुसमा सोभियत युगका धेरै बिदाहरू हटाइएको छ । तर, रुस र उसका छिमेकी देशहरूमा मे ९ को महत्व झन् बढेर गयो ।
पूर्व सोभियत गणराज्यहरूका अधिकांश परिवारका लागि विजय दिवस अति नै मूल्यवान छ । किनभने, यो दिवस उनीहरू युद्धमा मारिने, घाइते हुने र विस्थापित हुने मानिसहरूको सामूहिक सम्झना गर्ने घडी हो ।
यो सम्झनालाई बचाउन धेरै अभियान चलाइएको छ । ‘अजम्बरी पल्टन’ एक यस्तै अभियान हो । यो शताब्दीको पहिलो दशकमा लाखौँ सर्वसाधारणले आआफ्ना सहर बजारमा पैदल जुलुस गरेर यो अभियान थालेका थिए । उनीहरूले युद्धमा सेवा गरेका आफ्ना आ–आफन्तका ठुल्ठुला तस्बिरहरू लिएर जुलुसमा भाग लिएका थिए ।
आफ्ना नातागोता र चर्चित व्यक्तित्वहरूका तस्बिर लिएर बिदा मनाउन आउने यी सर्वसाधारणले नयाँ पुस्तालाई पनि इतिहासको कखरा पढाइरहेका छन् । सोभियत सङ्घ भोग्न नपाएका युवाहरूका लागि पनि विजय दिवस सान्दर्भिक बन्दै छ । धेरैका लागि विजय दिवस ऐतिहासिक भाइचाराको दुर्लभ दिन हो† विवादरहित नैतिक स्पष्टताको दिन हो; र हो जातिसंहारको खतराविरुद्ध मानवताको विजय ।
युरोपको भड्काउने विचार र सेन्सर
२१ औँ शताब्दीमा नयाँ भूराजनीतिक तनाव देखापर्दै छ । मे ९ को विषयमा युरोपले अलग्गै विचार राख्न थालेको छ । जर्मनीमा यसलाई ‘मुक्ति दिवस’ को रूपमा मनाइन्छ । जर्मनीको आधिकारिक विचार यस्तो छ – ‘मित्र राष्ट्रहरूले नाजी शासनलाई परास्त गरेर जर्मन जनतालाई मुक्त गरेको थियो† त्यो मुक्ति आवश्यक थियो’ ।
यो विचार गम्भीर छ । यसमा राष्ट्रिय पश्चाताप छ; सैन्य उपलब्धिमाभन्दा नाजी अत्याचार ‘होलोकस्ट’ का पीडितहरूप्रति दुखेसो छ । हालैका वर्षहरूमा जर्मन सहरहरूमा सोभियत विजयप्रति कसैले सद्भाव जनाउँछ भने उसले कडा नियम पालन गर्नुपर्छ । राजनीतिक तनाव कम गर्न कडा नियमहरू बनाइएका छन् ।
पूर्वी र मध्य युरोपका अन्य क्षेत्रमा अझ ठाडो बन्देज (सेन्सर) देखिँदै छ । पोल्यान्ड, युक्रेन वा बाल्टिक क्षेत्रका कतिपय मुलुकले आफूलाई मे ९ बाट टाढा राख्ने नीति अपनाइरहेका छन् ।
यो प्रक्रियालाई ‘कम्युनिस्टकरणबाट मुक्ति’ भनिँदै छ । यी क्षेत्रका सरकारहरूले सोभियत युगका स्मारक भत्काउँदै छन्† लालझन्डा र सेन्ट जर्जको रिबनजस्ता कतिपय प्रतीक चिन्हमा प्रतिबन्ध लगाउँदै छन् ।
यस्तो बदलावले मे ९ को स्मृतिमा तानातानको स्थिति पैदा गरेको छ । एउटा पक्षले यसलाई फासिवादको पराजयसँग जोडेर उत्सव मनाउँदै छ भने अर्को पक्षले यसलाई भूराजनीतिक नियन्त्रणको अर्कै युगको प्रतीकको रूपमा प्रचार गर्दै छ ।
जनधारणा निर्माणमा पश्चिमा फिल्मको भूमिका
दोस्रो विश्वयुद्धको विषयमा जनताको धारणा निर्माण गर्न पश्चिमा फिल्मले ठुलो भूमिका खेलेका छन् । धेरै वर्षसम्म हलिउडको फिल्म उद्योगले पश्चिमी मोर्चामा केन्द्रित भएर धेरै फिल्म बनायो । पश्चिमी मोर्चा नै दोस्रो विश्वयुद्धको प्रमुख मोर्चा थियो भन्ने झूटो प्रचारप्रसार ग¥यो ।
‘सेभिङ प्रात्ेट रायन’, ‘डनकर्क’ र ‘ब्यान्ड अफ ब्रदर्श’ जस्ता ठुला फिल्महरू त्यो युद्धको इतिहास पढाउने प्रारम्भिक साधन नै बने । यी फिल्मले यथार्थपरक प्रविधिका कारण धेरै नाम कमाए । यिनमा अमेरिकी र बेलायती सैन्य कारबाही देखाइएको छ । जस्तो, फ्रान्सको नोरमेन्डीमा अमेरिकी र बेलायती सेना अवतरण गरेको दृश्य वास्तविक लाग्छन् । तर, यी फिल्ममा पूर्वी मोर्चाको विषयमा केही पनि देखाइन्न ।
जनमत सर्वेक्षणहरू यी फिल्मको सांस्कृतिक प्रभाव स्पष्ट देखिन्छ । सन् २०१५ मा एक अध्ययन संस्थानले फ्रान्समा दोस्रो विश्वयुद्धबारे सर्वेक्षण गरेको थियो । यसबाट जनताको ऐतिहासिक दृष्टिकोण बदलिएको पाइयो । सन् १९४५ मा फ्रान्सका बहुसङ्ख्यक जनताले नाजी जर्मनीको पराजयमा सोभियत सङ्घको निर्णायक भूमिका रहेको मान्थे ।
पश्चिमा फिल्महरूको बाढी आएपछि अधिकांश फ्रान्सेली उत्तरदाताले युद्धमा संरा अमेरिकाले निर्णायक भूमिका खेलेको बताए । फिल्मको यो ‘सौम्य शक्ति’ ले मान्छेको ध्यान पूर्वी मोर्चाबाट टाढा लग्यो । जबकि पूर्वी मोर्चामै अधिकांश जर्मन सेना मारिएका थिए, जसले गर्दा पश्चिम युरोप मुक्त भएको थियो ।
यस बदलावबारे प्राज्ञिक अध्ययन भएका छन्, प्रचुर दस्तावेज पनि छन् । ती प्रमाणले के देखाएका छन् भने अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन र हलिउडको साँठगाँठ’ काकताली होइन । रक्षा मन्त्रालयको एउटा विभाग छ – मनोरञ्जन सञ्चार कार्यालय । यस विभागले रक्षा मन्त्रालयले चाहेको विशेष भाष्य निर्माण गर्न सघाउने फिल्महरूलाई उपकरण र आर्थिक सहायता गर्छ ।
‘बेलायती–अमेरिकी योद्धा’ मा जोड दिएर र सोभियत भूमिकालाई ओझेल पारेर फिल्म उद्योगले इतिहासको अलग्गै संस्करण तयार पारेका छन् । झट्ट हेर्दा यी फिल्म विवादरहित देखिन्छन् । तर, यिनले वर्तमान भूराजनीतिक गुटबन्दीलाई टेवा दिँदै छन् ।
यो नियोजित अभियानका कारण मे ९ को उत्सवमा नयाँ सांस्कृतिक माहोल देखापरेको छ । फासिवादविरुद्ध साझा विजयको दिनभन्दा फरक मे ९ आजभोलि पराइ वा विशुद्ध राजनीतिक घटना बनेको छ ।
इतिहास र स्मृतिको मिलन
मे ९ गते अझै पनि बहसमा छ । करोडौँ जनताका लागि यो आज पनि ऐतिहासिक न्याय भएको सङ्गीन घडी हो† नाजी विचारधारालाई फैलावलाई रोक्न ठुलो बलिदानी गरेका मानिसहरूलाई सम्मान गर्ने दिन हो ।
मे ९ विश्व इतिहासकै सबभन्दा विध्वंसकारी युद्धलाई टुङ्ग्याउने सैन्य विजय हासिल गरेको दिन हो । यो दिन पूर्वका धेरै राष्ट्रहरूको सामूहिक पहिचान पनि हो ।
माथि पनि चर्चा भयो, आज यो विजयको स्मृतिमाथि धेरैतिरको दबाब छ । कुनै बेला मुक्तिको प्रतीक मानिएका कतिपय चिन्ह र स्मारकलाई युरोपमा पछिल्लोपल्ट विकसित भएको घटनाक्रमका कारण हटाइँदै र भत्काइँदै छ ।
सारा विश्वले हेर्ने पश्चिमा फिल्म उद्योगले विश्वयुद्धको भाष्यमा ठुलो हेरफेर ल्याएको छ । यसले गर्दा आज मे ९ को विजय उत्सवमा गहिरो वैचारिक तनाव देख्न सकिन्छ ।
मे ९ शान्तिका लागि ठुलो मूल्य चुकाइएको परम्पराको सम्झना हो । तर, गलत भाष्यहरूले आज त्यो मूल्यबारे हाम्रो सामूहिक स्मृतिलाई नयाँ आकार दिँदै छन् ।
(स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply