भर्खरै :

कला, संस्कृतिमा सम्पन्न नगरलाई जीवन्तता बनाउन चित्रकलाको महत्वपूर्ण भूमिका

कला, संस्कृतिमा सम्पन्न नगरलाई जीवन्तता बनाउन चित्रकलाको महत्वपूर्ण भूमिका

भक्तपुर, ३० वैशाख । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेक्राविसङ्घ ८ वडा समितिको आयोजनामा मङ्गलबार स्थलगत चित्रकला र टग अफ वार प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा अतिथि प्रजापतिले चित्रकलाले चित्र मात्र प्रस्तुत गर्ने नभई तत्कालीन समाजको एक सशक्त साहित्यको प्रतिबिम्ब देखाउँछ भन्नुभयो ।
उहाँले फसिदेग पुनः निर्माणको क्रममा एक कलाकारको चित्रलाई आधार मानेर अहिलेको फसिदेग स्वरूपमा निर्माण गरेको इतिहास उल्लेख गर्दै कला, संस्कृति र चाडपर्वले सम्पन्न रहेको नगरलाई अझ जीवन्त बनाइराख्न चित्रकलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी ८ वडा समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालले विद्यार्थी कालदेखि नै सृजनात्मक क्रियाकलापमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भनपा ८ वडा सदस्य रामसुन्दर बासीले चित्रलेखन र हस्तलेखनजस्ता महत्वपूर्ण कलाले मानिसको स्वभाव प्रस्तुत गर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रमण बोहजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सुजी हेंग्वजु, विकास तमखु, जयराम कोजु, राधिका बेकोजुलगायतले बोल्नुभयो ।
माध्यमिकस्तरीय चित्रकला प्रतियोगितामा वागीश्वरी माविका क्यारोलाइन प्रजापति, इलाइका माक र प्रोवेश एकेडेमीका रिक मानन्धर क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भयो ।
त्यस्तै आधारभूत विद्यालयस्तरीय (कक्षा ६—८) चित्रकला प्रतियोगितामा प्रगति सामुदायिक अध्ययन केन्द्रका
श्रेयन अवाल, आलोक कोजु र माउन्ट भ्यालीका अनुक धनुके क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भयो ।
त्यस्तै आधारभूत विद्यालयस्तरीय (कक्षा १—५) चित्रकला प्रतियोगितामा माउन्ट भ्याली ई. से. स्कूलका त मारिखु, सूर्योदय माविका नवयुग सिजख्वः र रीया मुस्याख्व क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भयो ।
त्यस्तै टग अफ वार प्रतियोगितामा श्वेत भैरव साकोस, जेलाँ सांस्कृतिक समाज र लिबाली खुसी बगले बुहारी समूह क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *