भर्खरै :

मजदुरहरूबिच कार्ल माक्र्सको २०८ औँ जन्म जयन्ती

मजदुरहरूबिच कार्ल माक्र्सको २०८ औँ जन्म जयन्ती

भक्तपुर, ३० वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान् नेता एवं दार्शनिक कार्ल माक्र्सको २०८ औँ जन्म जयन्तीको अवसरमा बुधबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अध्ययनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै पार्टी प्रकाशनहरूबारे अध्ययन र अन्तरक्रिया चलाई जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्नु जरूरी छ भन्नुभयो ।
समाजवाद, सहकारी, समानता, सहकार्य र सामूहिक विचारलाई माक्र्सवादले जोड दिएको उल्लेख गर्दै उहाँले समाजवादी व्यवस्थामा मानवको गर्भदेखि चिहानसम्मको सबै जिम्मेवारी राज्यले लिन्छ भन्नुभयो ।
नेक्रामजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले मजदुरवर्गको उत्थानको लागि मजदुरवर्ग नै जागरूक हुनुपर्ने बताउनुभयो ।
दिनको ८ घण्टा कार्य समय तोकिनु नै मजदुर आन्दोलनको उपलब्धि भएको उल्लेख गर्दै उहाँले मजदुरहरूको हक अधिकारको निम्ति मजदुरहरू एकताबद्ध हुनु जरूरी छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *