उँचो महल
- जेष्ठ १, २०८३
संसद्मा
सुकुमवासीको समस्या
चिच्याइरहेको थियो
“हामीलाई बास दे सरकार,
हामीलाई जमिन दे,
हामी काम गर्न चाहन्छौँ ।”
संसद्मा
राष्ट्रियता कराइरहेको थियो
“लिपुलेक, लिम्पियाधुरा हाम्रो हो,
फिर्ता गर सरकार !”
संसद्मा
रोग, भोक र शोक
बर्बराइरहेको थियो
“जवाफ दे सरकार,
यो देश हाम्रो पनि हो ।”
सरकारको जवाफ एउटै थियो
“माफ गर्नुहोला,
हामी कम्युनिस्ट होइनौँ,
दया लागे बेग्लै कुरा हो !”
वा रे वा…
बुझेँ सरकार, बुझेँ…
मैले त बुझेँ।
प्रिय पाठक !
तिमीले के बुझ्यौ ?
Leave a Reply