मध्यपूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वागत गरिने : इरानी विदेशमन्त्री
- जेष्ठ १, २०८३
किएभ, १५ मे (एएफपी) । रुस र युक्रेनले शुक्रबार २०५–२०५ जना युद्धबन्दी आदानप्रदान गरेका छन् । लामो समयदेखि जारी युद्धबिच कैदी साटासाटलाई दुवै पक्षबिच बाँकी रहेका सीमित मानवीय सहकार्यहरूमध्ये एक मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताअघि ठुलो स्तरको युद्धबन्दी आदानप्रदानको घोषणा गरेपछि भएको यो पहिलो चरणको विनिमय हो ।
रूसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा २०५ जना रूसी सैनिकहरू युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रबाट फर्काइएको जनाएको छ । त्यसको बदलामा २०५ जना युक्रेनी युद्धबन्दीलाई रुसले हस्तान्तरण गरेको मन्त्रालयले उल्लेख गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि युद्धबन्दी फिर्ता भएको पुष्टि गर्दै अधिकांश युक्रेनी सैनिक सन् २०२२ देखि रुसी नियन्त्रणमा रहेको बताउनुभयो । उहाँले यो आदानप्रदान ‘एक हजार–एक हजार’ कैदी साटासाट योजनाको पहिलो चरण भएको जानकारी दिनुभयो ।
त्यतिबेला रुसको मे ९ विजय दिवस परेडसँग जोडिएको तीनदिने युद्धविरामका लागि अमेरिकी मध्यस्थताको पनि उल्लेख गरिएको थियो ।
तर, दुवै पक्षले युद्धविराम उल्लङ्घन गरेको आरोप एकअर्कामाथि लगाइरहेका छन् । युक्रेनले युद्धविरामको अवधि समाप्त भएपछि रुसले पुनः नागरिक क्षेत्रमाथि आक्रमण गरेको दाबी गरेको छ । बिहीबार किएभमा भएको हवाई आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि दुई देशबिचको सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ । युद्ध जारी रहे पनि युद्धबन्दी आदानप्रदान भने दुवै पक्षबिच कायम रहेको दुर्लभ सहकार्यको माध्यम बनेको छ ।
रूसी रक्षा मन्त्रालयका अनुसार फिर्ता गरिएका रूसी सैनिकहरूलाई सहयोगी राष्ट्र बेलारुस लगिएको छ, जहाँ उनीहरूलाई मनोवैज्ञानिक तथा स्वास्थ्य उपचार उपलब्ध गराइँदैछ ।
मन्त्रालयले संयुक्त अरब इमिरेट्सले युद्धबन्दी फिर्ता प्रक्रियामा मानवीय सहयोग उपलब्ध गराएको पनि जनाएको छ ।
Leave a Reply