उँचो महल
- जेष्ठ १, २०८३
दुईतिहाइ नजिकको सरकार
पुरानै पाराले अगाडि बढ्दै
अध्यादेशको सहाराले
निरङ्कुशताको जालो फिजाउँदै
बेसहारा सुकुमवासी पहिचान नगरी
हुकुमवासी त बुल्डोजरले देख्दैन
के अहम्ताको राज देखाउन खोज्दै छौ ?
हुकुमवासीहरूलाई
आफ्नै थातथलोमा फर्काइ देऊ
बस्तीबिच ठिङ्ग ठडिएको महल
बुल्डोजर मालिकको प¥यो कि ?
अध्यादेशबाट शासन चलाउने
के अहम्ताको राज देखाउन खोज्दै छौ ?
बालबच्चा पढ्ने विद्यालय खोइ ?
प्राण त्याग किन गर्नुप¥यो ?
ऐन नियम कहाँ छ ?
अपराधीलाई सजाय दिने निकाय खोइ ?
के अहम्ताको राज लाद्दै छौ ?
सरकारको त कालै चस्मा
सम्पदामा ठड्याएको महल देखेनौ कि ?
सार्वजनिक जग्गा निजी गरी
लालपुर्जा बनाउने सत्य थियो कि ?
ज्ञान सञ्चय भ्रष्टको नियती
सार्वजनिक सम्पत्ति खरानी पार्ने
महामानव पो ठान्यौ कि ?
जनमनले सम्पदा भुल्या छैन
भत्काइ देऊ त भ्रष्टहरूको महल
अलिकति नैतिकता छ भने
जनताको मनोभावना बुझिकन
भ्रष्टाचारको अन्त्य गर !
भिखले देश चल्दैन
अहम्ताको राज टिक्दैन ।
साम्राज्यवादी नङ्ग्राले चिथोर्न खोज्ने
अहम्ताको खानी लोभी ट्रम्प
जिउँदो मान्छेको फन्दामा परेपछि
होस गुमाएर बहुलाझैँ भएको छ
सबैले बुझ्नुपर्ने यही हो
संसारबाटै अहम्ताको राज अन्त्य हुँदै छ ।
Leave a Reply