“हामी कम्युनिस्ट होइनौँ”
- जेष्ठ १, २०८३
त्यहाँ कुनै ऐना थिएन
जब, तिम्रो अनुहारको दाग देखाउन खोजेँ ।
त्यहाँ त्यो अदालतको न्यायाधीश थिएन
जब, सेक्सपियरको भेनिसको व्यापारी तिमीमा देखेँ ।
मेरो (शब्दहरू ननिस्के पनि) मन शान्त थिएन
जब, लुसुनको बिम्बका कुकुरले झैँ तिमीले मलाई झम्टियौ ।
त्यहाँ पोत्नलाई रङ्गहरू थिएन
जब, काला छायाका अमूर्त आकृति दिमागमा सल्बलाइरहेका थिए ।
म झूटको दरबारमाथि थिइनँ,
जब, तिमी उचाइबाट मलाई पुकारिरहेका थियौ ।
यति हुँदा पनि सहेरै बाँच भन्छौ भने,
तिम्रो निर्णय हाँसेरै स्वीकार भन्छौ भने,
के फरक भयो ?
तिमी र त्यो श्रीपेच लगाउँनेहरूमा ?
उनीहरू श्रीपेच लगाउछन्,
र,
तिमी त्योभन्दा उँचो महलमा रमाउछौ ।
Leave a Reply