भर्खरै :

एमसीसीको सहयोगको नाममा देश ध्वस्त नपारौँ !

एमसीसीको सहयोगको नाममा देश ध्वस्त नपारौँ !

आज नेपालको राजनैतिक डबलीमा ‘एमसीसी’ सम्झौता भनिएको संरा अमेरिकी सहयोगको नाममा नेपाली जनतालाई ठुलो भड्खालोमा पु¥याउने र नयाँ उपनिवेश बनाउने षड्यन्त्रमा नेपाल फस्दै गएकोमा हामीले खबरदारी गर्दै आएका छौँ । संरा अमेरिकाबारे आफूलाई सा¥है जान्नेसुन्ने सम्झेका तथाकथित नेपाली बुद्धिजीवीहरू देशको संविधान, ऐन–कानुन र सार्वभौमिकताभन्दा माथि रहेको अमेरिकी एमसीसीको पक्षमा वकालत गर्दै छन् । अमेरिकी साम्राज्यवादी नीतिलाई गौतम बुद्धको प्रवचन सम्झने ती बुद्धिजीवीहरू सरलतावश ‘मूर्ख’ बनेका हुन् वा केही अमेरिकी डलर खाएरै नुनको सोझो गर्दैै छन् भन्नेमा कसैले शङ्का गर्नु आवश्यक छैन । यसकारण, हामीले इतिहासमा अमेरिकी साम्राज्यवादी नीति कसरी अगाडि बढ्यो भनेर हाम्रा पाठकहरूलाई केही सूचना प्रवाह गर्दै छौँ ।
५ सेप्टेम्बर १७७४ मा आजको संरा राज्यहरू मिलेर अमेरिकाको एटलान्टिक महासागरको पूर्वी किनारका ते¥ह वटा राज्यका प्रतिनिधिहरू बेलायती उपनिवेशवादको विरोधमा सङ्घर्ष गर्न फिलाडेल्फियामा भेला भए र त्यस भेलालाई ‘कङ्ग्रेस’ नाउँ दिइयो । त्यसलाई हाम्रो भाषामा ‘प्रतिनिधिसभा’ भनिन्छ भने अमेरिकामा आज पनि त्यसलाई ‘कङ्ग्रेस’ नै भनिन्छ ।
सन् १७७५ मा बेलायती उपनिवेशवादविरोधी अमेरिकी स्वाधीनताप्रेमी जनताको सशस्त्र सङ्घर्ष सुरू भयो । १० मे १७७५ मा ‘कङ्ग्रेस’ ले जर्ज वासिङटनलाई प्रधानसेनापति नियुक्त ग¥यो ।
४ जुलाई १७७६ मा कङ्ग्रेसले ‘स्वाधीनताको घोषणा’ ग¥यो । सशस्त्र सङ्घर्ष अगाडि बढ्दै गयो ।
१७ अक्टोबर १७७७ मा बेलायती सेनाको बर्गोयनको नेतृत्वको सेनाले आत्म–समर्पण ग¥यो । तर, लडाइँ चालू रह्यो । १९ अक्टोबर १७८१ मा भर्जिनिया राज्यको योर्क टाउन भन्ने ठाउँमा बेलायती सेनाको नेतृत्व गर्ने कर्नवालिसको ८ हजार जवानसहितले आत्मसमर्पण गरे । बेलायती संसद्ले युद्धको अन्त्य गर्ने मत दियो र अप्रिल १७८२ देखि फ्रान्समा बेलायतले पूर्व उपनिवेशको रूपमा रहेको संरा अमेरिकालाई एक स्वाधीन, स्वतन्त्र र सार्वभौम राज्यको मान्यता दियो । बेलायतका एक लाखभन्दा बढी खान्दानी परिवारका सदस्य र अमेरिकी स्वतन्त्रताविरोधी कर्मचारीहरू तथा बेलायती ‘एजेन्टहरू’ लाई देश निकाला गरियो । तिनीहरूको चल–अचल सम्पत्ति अमेरिकी धनाढ्यहरूले लिलाममा किने । (हरेक देशमा लडाइँ र स्वतन्त्रतापछि ती देशका ‘विभीषण’ हरूलाई देश निकाला गरिएको वा तिनलाई सजाय दिइएकोे इतिहासले बताउँछ । नेपालको सुगौली सन्धि गर्ने गजराज मिश्र तथा केही तिब्बती अधिकारीहरू जसले कलकत्तामा गएर अङ्ग्रेजहरूसँग अनाधिकार सन्धि–सम्झौतामा हस्ताक्षर गरे† तिनीहरूलाई कहिल्यै देश भित्रिन दिइएन । यसैगरी, एमसीसीमा हस्ताक्षर गर्ने शङ्कर शर्मा र अन्य पदाधिकारीहरूबारे नेपाली जनताले पनि माफी दिने छैनन् भन्ने अड्कल काट्न गा¥हो छैन । त्यस्तै, आरजु देउवाको नागरिकता र ज्ञानेन्द्र कार्कीबारे पनि छानबिन आवश्यक छ ।)
संरा अमेरिकाका चौथो राष्ट्रपति जेम्स मुनरो (१८१७–१८२५) ले सन् १८२३ मा ‘अमेरिका अमेरिकीहरूको हो’ भन्ने नीति घोषणा गर्नासाथै लिइएको विस्तारवादी नीतिले संसारमा ठुल्ठुला दुर्घटनाहरू भए । मुनरोको त्यस नीतिको घोषणापछि ती १३ वटा राज्यका पश्चिम र दक्षिणका भागहरू कब्जा गरिए । सन् १८३९ मा फोर्ट रोस कब्जा गरियो† सटर भन्ने एक अमेरिकी नागरिकबाट रूसको अलास्का अमेरिकालाई बेच्न बाध्य पारियो । सन् १८४५ मा एउटा कमजोर देश मेक्सिकोको उत्तरतिरको झन्डै मेक्सिको भन्दा पनि ठुलो भूमि संरा अमेरिकाले कब्जा गरेको सर्वविदित छ । २०–२१ वर्षमा अमेरिकी सेनाले मध्य–अमेरिका र दक्षिण–अमेरिकामा ५० पटक आक्रमण र हस्तक्षेप ग¥यो ।
सन् १८४६ मा कोलम्बियाको पनामामा विद्रोह गराई संरा अमेरिकाले नयाँ सरकारसँग ९९९ वर्षको निम्ति पनामा कब्जा ग¥यो र एटलान्टिक महासागर एवम् प्रशान्त महासागर आवतजावत गर्न पनामा नहर बनायो । २०० वर्ष अगाडि पनामाका एक राष्ट्रपतिलाई बन्दी बनाएर अमेरिका लगियो । त्यस राष्ट्रपति मरे वा बाँचे कसैलाई थाहा छैन । संरा अमेरिकाले प्रशान्त महासागरको फिलिपाइन्स र हवाई टापु पनि कब्जा ग¥यो ।
सन् १८४२ मा बेलायतले षड्यन्त्रमूलक ढङ्गले अफिमयुद्धमा चीनलाई हरायो र एक असमान सन्धि गर्न चीन सम्राटलाई बाध्य पा¥यो । संरा अमेरिकाले पनि १८४२ मा त्यस्तै एक असमान सन्धि गर्न चीनलाई बाध्य पा¥यो ।
सन् १८५३ मा जापानलाई तोपे डुङ्गाहरूले घेरेर त्यस्तै एक असमान सन्धि गर्न बाध्य पारियो ।
१३ राज्यको पश्चिमतिर अमेरिकी आदिवासीहरूलाई धपाउँदै तिनीहरूका भूमि र बस्ती हात पारियो । आदिवासीहरूको गाउँ नजिक अफ्रिकी दासमालिकहरू र ठुल्ठुला (खेतीका) मालिकहरूले बिफरका रोगीका लुगा, ओढ्ने ओछ्याउने आदि राखिदिन्थे । त्यो प्रयोग गरेपछि तिनीहरू रोगले मर्थे वा ठाउँ छोडेर जान्थे । त्यसपछि तिनीहरूको भूमि र बस्ती ‘सभ्य’ श्वेतहरूले कब्जा गर्थे । कोरिया युद्ध र भियतनाम युद्धमा किटाणु र रासायनिक लडाइँ गर्ने संरा अमेरिकाले पछि अफगानिस्तानमा दसौँ लाख मानिस मार्न लगायो† इराक र लिबियालाई ध्वस्त ग¥यो तथा सिरियामा नरसंहार चालु छ । यसरी संरा अमेरिका मित्रताको बहानामा आएर हरेक देश र क्षेत्रलाई आपसमा युद्ध गराउँछ र दुवैतिर हतियार बेच्छ । यसकारण, संरा अमेरिकाको साम्राज्यवादी नीतिबाट हाम्रो देशलाई जोगाउनु आवश्यक छ ।
२५ माघ २०७८ (8 February, 2022)
सम्पादकीय सङ्कलन (तेस्रो खण्ड)

Leave a Reply

Your email address will not be published. Required fields are marked *