भर्खरै :

छिमेकी नचिनी देश र प्रदेश बनाउन कठिन

– सुरेन्द्रराज गोसाई
प्रदेशसभा सदस्य, ३ नं प्रदेश
समाजवादका सच्चा अनुयायीहरू कार्ल माक्र्सले देखाउनुभएको बाटो रोज्छन्, बर्नस्टिन र गोर्वाचोभको होइन । पूँजीवादी अर्थनीतिमात्र होइन शोषणमा आधारित सिङ्गो पूँजीवादी शासन व्यवस्थाविरुद्ध कार्ल माक्र्सले धावा बोल्नुभयो र एउटा न्यायपूर्ण, वर्गविहीन तथा शोषणविहीन आदर्श समाज यो धर्तीमा सम्भव छ भन्ने सन्देश प्रवाहित गर्नुभयो । ती नै विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको दुई शत्वार्षिकी गत मई ५ को दिन विश्वभरि मनाइयो र मनाउने क्रम अभैm जारी छ । आज विश्वका संवेदनशील समुदाय फेरि माक्र्स पढ्दै छन् र बुभ्mदै छन् । माक्र्सको ‘पूँजी’ को चर्चा परिचर्चा फेरि व्यापक बनेको छ ।
यस गरिमामय सदनमा बारम्बार समाजवाद, समाजवादउन्मुख र समाजवादी अर्थनीतिबारे उल्लेख भइरहेको सन्दर्भमा कार्ल माक्र्सको स्मरण गर्न चाहन्छु र दुई सय वर्षमात्र होइन युग–युगसम्म बाँचिरहने दृढ विश्वास व्यक्त गर्दछु । कार्ल माक्र्सप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहँदा म सम्झन्छु कि नब्बेको दशकमा समाजवादको पतन र माक्र्सवाद म्याद नाघिसकेको घोषणा गर्दै इतिहासको अन्त्य भयो भनी पूँजीवादी चिन्तकहरू खुब हाँसेका थिए, उत्सव मनाएका थिए । तर आज तिनीहरूको हाँसो रुवाबासीमा परिणत हुँदैछ । माक्र्सवाद चिहानबाट फर्केर पूँजीपतिहरूको लूटको स्वर्गमाथि अन्तिम धावा बोल्दैछ । कार्ल माक्र्सले अनुमान गर्नुभएभैmँ विश्व पूँजीवाद महासड्ढटमा फसिरहेको छ र मृत्युशैøयामा छट्पटाइरहेको छ ।
मुखले माक्र्सवाद, समाजवाद भन्ने तर काम र व्यवहारमा पूँजीपति वर्गको सेवा गर्ने, एकाधिकार पूँजीकै दलाली गर्ने र साम्राज्यवादीहरूको अगाडि घुँडा टेक्नेहरूको नेपालमा यतिखेर बिग्बिगी छ । समाजवादको खोल ओढेर नवउदारवादी अर्थनीति अवलम्बन गर्नु, निजीकरणलाई प्राथमिकताका साथ अगाडि बढाउनु, बहुराष्ट्रिय कम्पनीहरूको दलाली गर्नु, भूमण्डलीकरणको अन्ध समर्थन गर्नु पाखण्ड हो । यो माक्र्सवादप्रतिको विश्वासघात हो र गम्भीर सैद्धान्तिक विचलन हो । पूँजीपतिहरूले फालेका हाडखोरमा रमाउनु, केही अवसर, केही सुविधा र सहुलियत पछाडि एक हात लामो ¥याल चुहाई दौडिनु र त्यसैलाई नै अन्तिम गन्तव्य सम्झिनु संसदवाद हो, दक्षिणपन्थी अवसरवाद हो । त्यस्तो प्रवृत्ति वामपन्थी नाउँको सरकारले देखाओस् या अरु कसैले, त्यो जनताप्रतिको विश्वासघात हो ।
विश्व सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्सले हामीलाई रगतको अन्तिम एक थोपा बाँकी भएसम्म सिद्धान्त, विचार, आस्था र वैज्ञानिक समाजवादको पक्षमा लड्न अभिप्रेरित गर्नुभएको कुरा आजको दिनमा सम्झनु झन सान्दर्भिक छ । सिद्धान्तहीन एकताभन्दा फूट कैयांै गुना राम्रो हुन्छ भन्ने भनाइ लामो अनुभवपश्चात्को सार हो ।
यदि हामीसँग शब्द र व्यवहार दुबैले समाजवादतर्पm उन्मुख हुने हिम्मत र सोच छ भने केही आधारभूत कार्य हामी थाल्न सक्छौं । यसको निम्ति केन्द्र र स्थानीय सरकारसँग समन्वय निश्चय पनि आवश्यक हुनेछ –
१) बजेट विनियोजन गरिरहँदा वास्तविक अर्थमा पारदर्शी र व्यवहारिक रुपमा मितव्ययी बन्नुपर्नेतर्पm अहिले पनि यथोचित ध्यान पु¥याउन सकेनौं भने ठूलो दूर्भाग्य हुनेछ । राज्यको ढुकुटी रित्याउनु नै पौरख ठान्ने र ब्रम्हलूट मच्चाउनुमै पुरुषार्थ देख्ने प्रवृत्ति त्याग्ननसके यो प्रदेश पनि कलङ्कित बन्नेछ । यतातर्पm ध्यानाकर्षण गर्दछु ।
२) सङ्घीयताको प्रारम्भिक अनुभव त्यति सुखद् हुन नसकेको यथार्थबोध आज हामी गर्दैछौं । हालैमात्र एउटा प्रदेशमा तीर्थयात्रामा आएको पाहुनाको नाउँमा करोडौं करोड खर्च गरियो । राष्ट्रिय सम्पत्तिको अत्यधिक दुरुपयोग गरियो । यदि हामी जनताप्रति उत्तरदायी छौं भने त्यस्तो गल्ति भोलि हाम्रो प्रदेशमा हुन नदिनेतर्फ सजगता अपनाउन आवश्यक छ । मुखले गणतन्त्र भन्ने तर व्यवहारमा नयाँ धर्मान्ध राज बन्ने र बनाउने ढोङ्गी कोही नबनौं । जनताको करबाट उठेको एक रुपैयाँमात्र पनि दुरुपयोग गर्नु हाम्रो जस्तो देशको निम्ति अपराध हुन्छ । हामी पाहुनाको स्वागतमा झाडु लगाउँदै हिंड्ने, ठूलो रकम खर्च गरेर रातो कार्पेट ओछ्याउने अनि उता भारतीय सेना यहाँ हाम्रो माटोमा मार्च गर्ने, गस्ती गर्ने र यो कस्तो राष्ट्रवाद ? यो कस्तो मालिकभक्ति ? यो कस्तो मित्रता ? व्यक्तिगत धार्मिक आस्थाको निम्ति राज्यको ढुकुटी स्वाहा पार्ने यो कस्तो गणतन्त्र, कस्ता गणतन्त्रवादी ? यस्तो विराम हामी फेरि हाम्रो प्रदेशमा नदोहो¥याऔं ।
३) नगर र गाउँका प्रत्येक वार्डमा शिशु–स्याहार तथा बालोद्यानको बन्दोबस्त गरी बालबालिकाको सुरक्षित तथा सभ्य हुर्काइको प्रत्याभूति दिन सकिन्छ । साथै महिला र आमाहरूलाई श्रम–शक्तिमा तुरुन्तै रुपान्तरण गर्न सकिनेछ ।
४) शिशु एवं बाल स्वास्थ्य र महिला स्वास्थ्यमा विशेष जोड दिँदै तीसँग सम्बन्धित नीति तर्जुमा गर्न आवश्यक छ ।
५) हरेक प्रदेशमा कमसेकम एउटा–एउटा आधुनिक सुविधा सम्पन्न ‘वीर अस्पताल’ बनाइएमात्र जनतालाई समयोचित स्वास्थ्य सुविधा प्रदान गर्न सकिनेछ ।
६) प्राविधिक जनशक्ति तथा शैक्षिक जनशक्तिको अभावमा समृद्धि त के सामान्य विकास या परिवर्तन पनि टाढाको विषय बन्छ । तसर्थ हरेक प्रदेशमा र यस प्रदेशमा प्रदेशस्तरीय ‘ऋत्भ्ख्त्’ अर्थात् प्राविधिक शिक्षालय र प्रदेशस्तरीय शैक्षिक जनशक्ति तालिम केन्द्र स्थापना गरिनुपर्दछ । यी संस्थाहरू केन्द्रमा मात्र सीमित राखिएकैले हिजो दुःख भएको यथार्थ हो ।
७) साँचो अर्थमा हामी सुसंस्कृत समाज चाहिरहेका छौं भने भाषा, कला, संस्कृतिको विकास अपरिहार्य छ र हामीसँग प्रदेशस्तरीय नै सही, प्रज्ञा प्रतिष्ठान आवश्यक छ । त्यस्तै ज्ञान, विज्ञान, खोज आदिको विकास विना एउटा समाज उन्नत तथा विकसित बन्नै सक्दैन । तसर्थ प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान, कृषि अनुसन्धान केन्द्रजस्ता संस्थाहरू केन्द्रमा झैं यहाँ पनि स्थापना गरिएमात्र हामी आधुनिकता र उन्नतितर्फ क्रमशः अगाडि बढ्न सक्छौं ।
८) नेपालको इतिहासमा स्थानीय तह आपैmले शिशुस्याहार केन्द्र, विद्यालय, कलेज, स्वास्थ्य केन्द्र सञ्चालन गरेर भक्तपुर नगरपालिका ‘एक्लो वृहस्पति’ त बन्यो तर झूटा भने सावित भएन, बरु देशलाई नै बाटो देखाउने काम भयो । चूक घोप्टेभैmँ अँधेरीमा एउटा बत्ती बालेजस्तै भयो । एउटा सानो नगरपालिकाले वर्षमा ४–५ सयको हाराहारीमा इन्जिनियर, नर्स र डिग्री होल्डरहरू तयार गर्ने क्षमता राख्दछ भने अब प्रदेश सरकारको क्षमता देखाउने पालो हाम्रो हो ।
९) हिजो ख्वपविश्वविद्यालयको अवधारणा प्रस्तुत गर्दा विरोध गर्ने, तैँ चुप मैँ चुप गुपचुप पार्नेहरू, राणा शासकहरूको विरासत थामेर सर्वसाधारणका छोराछोरीलाई उच्च शिक्षाको ढोका बन्द गर्ने शासक दलहरू र तिनका षड्यन्त्रकारी, पक्षपाती नेताहरू जनताले चिनेका छन् । अब त्यस्ता गल्ती नदोहो¥याउन र सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालनको निम्ति वातावरण निर्माणमा ध्यान दिइनु जरुरी छ ।
१०) शिक्षा तथा स्वास्थ्य सहज पहुँचको विषय नबनेसम्म जनताले परिवर्तनको आभास पाउने छैनन् । दु्रत विकासको निम्ति व्यवहारिक पाइला भनेको शिक्षालाई उत्पादन श्रमसँग जोड्ने, विज्ञान तथा प्राविधिक शिक्षामा जोड दिने र शिक्षा–स्वास्थ्य निःशुल्क बनाउने उपायतर्पm अग्रसर हुनु हो ।
११) खेलकुद र खेल शिक्षा तथा नियमित तालिम कक्षा सञ्चालन आजको अनिवार्य आवश्यकता हो । तर विडम्बना प्रदेश सरकारसँग अलग्ग खेलकुद मन्त्रालय नै छैन । खेल क्षेत्रलाई नदेख्ने र प्राथमिकतामा नराख्ने सरकार स्वस्थ जनशक्ति र स्वस्थ युवाविरोधी हो । खेल जगतलाई देश रक्षासँग समेत जोडेर हेर्ने फराकिलो चिन्तनका साथ आवश्यक पाइला चाल्न ढिलाइ गर्नु अदूरदर्शिता ठहरिनेछ । प्रदेश आफैसँग व्यवस्थित तथा सुविधा सम्पन्न र·शाला निर्माण गर्न ढिलाइ भए युवा पुस्तालाई हामी सम्हाल्न नसक्ने अवस्थामा पुग्नेछौं ।
१२) पर्यटन उद्योग यो प्रदेशको मेरुदण्ड हो । पर्यटन प्रबद्र्धन हुने योजना तथा कार्यक्रमले आर्थिक विकासको ढोका खोल्छ । कला, संस्कृति तथा सम्पदाको संरक्षण आजको तड्कारो आवश्यकता हो भने प्राकृतिक सम्पदाहरूको जगेर्ना अर्को महत्वपूर्ण पक्ष हो । स्वच्छ, सफा, शान्त तथा संस्कारयुक्त वातावरण पर्यटनको निम्ति आरम्भ विन्दु मान्न सकिन्छ ।
१३) २०७२ सालको भूकम्पले ढालेका ऐतिहासिक, सांस्कृतिक धरोहरहरूको पुनःनिर्माणमा यसरी नै बेवास्ता गरिए, ढिलासुस्ती भए भावी पुस्ताले हामीलाई कहिल्यै माफी दिने छैन । अबको हाम्रो ध्यान पुनःनिर्माण तथा जीर्णोद्धार कार्यतर्पm पठाउन विलम्ब गर्नु हुन्न ।
१३) भूकम्प पीडितहरू अभैm घरबारविहीन अवस्थामा छन् । यो स्थितिले हामीलाई बारम्बार गिज्याइ रहनेछ । तिनीहरूका समस्या ज्यूँका त्यूँ राखेर विकास र समृद्धिका भाषण दिनेलाई जनताले कसरी विश्वास गर्लान् ?
१४) व्यवस्थित सहरको विकास र ठूला–ठूला सहरभन्दा स–साना सहरहरूको निर्माण गरी अगाडि बढ्नु थप अस्तव्यस्तता ननिम्त्याउनु हो । हाम्रा सहरहरू हाम्रै लापरबाही, अदूरदर्शिताको कारण भोलि सामूहिक चिहान नबनून् ।
१५) हाम्रो समाजमा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दो छ । जुन समाजले योगदानको कदर गर्न जानेको छ, अनुभवलाई सम्पत्ति मान्दछ र अग्रजहरूको हृदयदेखि सम्मान गर्दछ, त्यो सभ्य, सुन्दर एवं सु–संस्कृत समाज कहलिन्छ । तसर्थ आदर निकेतनको स्थापनाले मात्र सभ्य समाजको हामी परिचय दिनसक्छौं नत्र भने हामी समाजमा कृतध्नतालाई प्रश्रय दिइरहेका हुनेछौं ।
१६) विगतमा हामीले धमाधम नगर घोषणा ग¥यौं । उपचार पोखरी, फोहर सड्ढलन तथा प्रशोधन केन्द्रको अभावमा कसरी ती नगर आधुनिक नगर बन्न सम्भव हुन्छ ?प्रदेश सरकारसँग यसबारे निश्चित नीति, उद्देश्य तथा योजना हुनु आवश्यक छ ।
१७) हामी त्यो देशका नागरिक हौं जुन देशका गाउँ–गाउँसम्म सरकार विदेशी रक्सी पु¥याउँछ तर खानेपानी पु¥याउँदैन, हात–हातमा मोबाइल पु¥याउँछ तर बालबालिकाको पाठ्यपुस्तक पु¥याउँदैन, जीवनजल र सिटामोल पु¥याउन उदासिनता देखाउँछ । प्रदेश सरकारको उपस्थिति सँगै अब यस्ता बेथितिको अन्त्य सदाको निम्ति हुनुपर्दछ । यो एक्काइसौं शताब्दीमा सरकारले पाठ्यपुस्तक उपलब्ध गर्न नसकेर एउटा बालकको भविष्य बर्बाद हुने स्थिति कायम रहनु लोकलाजको विषय निश्चय पनि हो । अचम्म त गुणस्तरीय शिक्षाको भाषण दिन हामी कति पनि सङ्कोच मान्दैनौं । पाखण्डीको सीमा हुन्न ।
१८) मन्त्री, ठूला–बडाका घर–आँगनसम्म पीच सडक पुग्ने, सेवा–सुविधा पुग्ने तर सर्वसाधारणका बस्तीमा दशकौंसम्म निम्नत्तम आधारभूत वस्तु नपुग्ने परिपाटी अझै कायम छ । यो सामन्ती प्रथा, राणातन्त्रको प्रचलनको अन्त्य गर्ने उद्देश्यसहित विकास सबैले अनुभूत गर्न पाउने गरी नीति तय गर्न सके यो प्रदेशले जनताको मन जित्न सफल हुनेछ ।
१९) पूँजीवादी व्यवस्थाको दोष भनेको प्रजातन्त्रको नाउँमा लूटतन्त्र मच्चाउने, भ्रष्टाचार गरी अर्थतन्त्र खोक्रो बनाउने हो । पूँजीवादी लोकतन्त्रलाई मूर्खहरूले मूर्खहरूको निम्ति मूर्खहरूद्वारा हुने शासन व्यवस्था त्यतिकै जरुर भनिएको होइन । कमिसनखोरी, चुहावट, भागबण्डा, पक्षपात यसभित्रका महामारी हुन् । यी लगायत भ्रष्टाचार निमिट्यान्न पार्न नसकेसम्म विकास, परिवर्तन छिटो, छरितो र दीगो बन्न सम्भव हुँदैन । यस अर्थमा हाम्रो प्रदेश सरकारको परीक्षाको घडी सुरु भइसकेको छ ।
२०) पूँजीवाद गरीबीको कारखाना हो । दुई–चारलाई धनी बनाउन असङ्ख्य तल्लो तहका जनताको रगत चुस्ने चरित्र पूँजीवादले बोकेको हुन्छ । ऊ अनेकौं झिलीमिली गर्छ । ऊ धाँकधक्कुमा रमाउँछ । आज देश त्यही दुर्दशामा फसिरहेको कसैबाट छिपेको छैन । अब वामपन्थको बाजामात्र बजाएर बस्ने होइन गरिबी, असमानताविरुद्ध कमसेकम वामेसर्ने तागत देखाउनुपर्छ तबमात्र जनतामा केही आशा पलाउनेछ ।
२१) नेपाल र नेपाली जनताको दुर्दशा, गरिबी, पछौटेपनको प्रमुख कारण भारतीय एकाधिकार पूँजीको गुण्डागर्दी र यहाँका शासकहरूको निरीहता एवं लाचारी हो । हाम्रा प्राकृतिक स्रोत साधन आफ्नै हितमा उपयोग गरेर, स्वदेशमै रोजगारीको अवसर सृजना गर्न कृषि अर्थतन्त्रको विकास, आधुनिक खेती प्रणाली, प्रदेशस्तरीय औद्योगिक क्षेत्रको स्थापना एवं विकास गर्न अब सम्पूर्ण शक्ति लगाउन र परिचालन गर्न आवश्यक छ । भारतीय एकाधिकार तोड्न नसकेसम्म नेपाल र नेपाली जनता माथि उठ्न पाउने छैनन् । आÇनै खुट्टामा उभिएर व्यवहारिक पाइला चाल्दै भारतीय एकाधिकार तोड्न सफल भएको दिनमात्र वास्तविक अर्थमा नेपाल स्वतन्त्र तथा स्वाधीन बन्नेछ ।
यी सम्पूर्ण विषयमा सरकारको गम्भीर ध्यान जाओस् र बजेटको विनियोजनमा समेटियोस् भन्ने सभामुखमार्फत सरकारसमक्ष माग गर्दछु । यी संवेदनशील विषयमा उदासीन हुनु भनेको हाम्रो प्रदेशलाई सुस्त बनाउनु र तेजविहीन पारेर असफलतातर्फ डो¥याउनुसरह हुन्छ ।
देशलाई सङ्घीयताको पहिलो उपहार यो प्रदेशले दिनसक्नुपर्छ । नेपाली जनतालाई सङ्घीयताको देन अनूभूत गराउने कार्यमा यो प्रदेशले अगुवाइ गर्ने आँट र बुद्धि देखाउने क्षमता राख्नुपर्छ । नत्र सङ्घीयता वाँदरको पुच्छर लौरो न हतियारझैं हुने खतरा देखिन्छ ।
जाति, धर्म र राष्ट्रियताको आडमा शासन गर्न खोज्नुु वडाराष्ट्र अहङ्कारवाद हो । वडाराष्ट्र अहङ्कारवाद विस्तारवादतिर उन्मुख छ ।
रोमको गौरव फर्काउने मुसोलिनीको नारा हो र जर्मन जाति पवित्र आर्यको रगत हो र जसले अन्य राष्ट्रमाथि शासन गर्ने नैतिक अधिकार छ, अन्तर्राष्ट्रिय समाजवाद होइन ‘राष्ट्रिय समाजवाद’ को नाराले जर्मनी कामदार जनता विभाजित भयो, छिमेकी देशहरूमाथि हमला गर्दै सोभियत सङ्घसम्म पुग्यो हिटलर ¤ दोस्रो विश्वयुद्ध भयो – करोडौं करोड जनता मारिए, ठूलो भौतिक क्षति भयो, यूरोप र एसिया धुजा धुजा भयो ।
आज भारतमा भाजपाको कट्टर हिन्दू राष्ट्र अहङ्कारवाद बढ्दो छ । मुसलमान, जैन, हिन्दू, शिख महिला आदि धर्म र दलित एवं अल्पसङ्ख्यक जनता तथा महिलामाथि पक्षपात बलात्कार र अत्याचार हुँदैछ । मोदी सरकारको नेपाल, ब·लादेश, श्रीलड्ढा, माल्द्विप आदि छिमेकी देशहरूमाथि हस्तक्षेप र शोषण बढ्दो छ । हिटलर र मुसोलिनी र मोदी एउटै लाममा छन् । हिटलर, मुसोलिनिको युवा दल र मोदीको अर्धसैनिक शिवसेनाको पोशाक र सलामी एउटै खालको छ । मोदीको राजनैतिक पथ र भाग्य पनि हिटलर र मुसोलिनिकै भाग्य र पथ हो ।
हाम्रो देश र प्रदेशको सुन्दर भविष्य खोजिरहँदा यो वरपरको वास्तविक परिस्थिति बुझ्न नसके अन्धकारमा छामछाम छुमछुम गरेझैं हुनेछ किनभने छिमेकी नचिनी देश तथा प्रदेश बनाउन असम्भव त होइन कठिन भने जरुर हुन्छ । छिमेकी गतिलो भए घरमा ताला लगाउन पर्दैन भन्ने पुरानो नेपाली कहावत मनमा लिएर हिंड्न सके र सोही बमोजिम नीति कार्यान्वयन गरे हाम्रो प्रदेश, हाम्रो देश युग युगसम्म सार्वभौम भई बाँचिरहनेछ ।
(नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रदेशसभामा प्रस्तुत विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफलमा जेठ ४ गते भाग लिँदै व्यक्त गर्नुभएको विचारको सारसङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *