भर्खरै :

‘माक्र्स असल शिक्षक, माक्र्सवाद वैज्ञानिक सिद्धान्त’

भक्तपुर, ९ जेठ । नेपाल कर्मचारी समाज केन्द्रीय समितिद्वारा प्रकाशित ‘सन्देश बुलेटिन– ३’ एक कार्यक्रमबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले बुधबार सार्वजनिक गर्नुभयो ।
विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्स जन्मदिवसको द्विशतवार्षिकको स्मरण गर्दै अध्यक्ष रोहितले भन्नुभयो, ‘माक्र्स एक असल शिक्षक हुनुहुन्थ्यो । आफूले बुझेका कुरा सरलतापूर्वक सर्वसाधारणलाई बुझाउन सक्ने खुबी भएकोे व्यक्ति नै असल शिक्षक हुने गर्छ ।’
डार्विनको जीव विकास सिद्धान्त र माक्र्सको वर्गसङ्घर्षबारे प्रस्ट पार्दै अध्यक्ष रोहितले माक्र्स र एंगेल्सको शिक्षा नै माक्र्सवाद भएको र माक्र्सवाद वैज्ञानिक सिद्धान्त भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कार्ल माक्र्सको योगदान दर्शन, अर्थशास्त्र, समाजशास्त्र, वातावरण र इतिहासलगायतका विषयमा अब्बल छ । ईश्वर र दैवी शक्ति अज्ञानताले सिर्जना गर्छ ।’
माक्र्सवादी अर्थशास्त्रको अध्ययन गर्ने सङ्ख्या संसारमा वृद्धि भइरहेको र माक्र्सले संसारलाई बुझ्ने नयाँ दृष्टिकोण दिएको अध्यक्ष रोहितले बताउनुभयो ।
वातावरण विनाशमा पुँजीपतिहरु दोषी छन्, हरेक कारखानाबाट निस्किने फोहरको छुट्टै प्रशोधन केन्द्रको व्यवस्था गर्नुपर्छ, अध्यक्ष रोहितले भन्नुभयो ।
संसार परिवर्तनशील रहेको र भौतिक नियमअनुसार समाज परिवर्तन हुने विश्वास व्यक्त गर्दै अध्यक्ष रोहितले पुँजीपतिहरुको शोषण र अत्याचारविरुद्ध मजदुरहरुको जीत निश्चित छ भन्नुभयो ।
नाफा भनेको मजदुर र श्रमिकहरुमाथिको शोषण भएको र पुँजीपति र मजदुरहरुबीच द्वन्द्वको कारण नै नाफाको असमान वितरण भएको उहाँले बताउनुभयो ।
‘समाजवादी व्यवस्थामा नाफा भने हुँदैन । उत्पादनमा मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने व्यवस्था समाजवादी व्यवस्था हो’, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले माक्र्सवाद र आध्यात्मिकवादबारे चर्चा गर्दै क्रान्तिकारी लेख लेख्दैमा माक्र्सवादी हुन नसक्ने तर माक्र्सवादलाई व्यवहारमा उतार्ने नै सच्चा माक्र्सवादी हुने बताउनुभयो ।
समाज परिवर्तनको लागि क्रान्तिकारी कार्यकर्ता आवश्यक हुने र द्वन्द्वात्मक भौतिकवादको ज्ञान भएको कार्यकर्ता दिग्भ्रमित नहुने उहाँले चर्चा गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले क्रान्तिकारी दार्शनिक कार्ल माक्र्सको २०० औं जन्मदिवसको अवसरमा बुलेटिन सार्वजनिकीकरण हुनु सुखद भएको बताउनुभयो ।
जतिसुकै दुःख–कष्ट झेल्नुपरे पनि सधैं अविचलित भई आप्mनो सम्पूर्ण जीवन मजदुर किसानका हितमा समर्पण गर्ने माक्र्सको जीवनीबाट शिक्षा लिनुपर्ने अहिलेको आवश्यकता हो, उहाँले भन्नुभयो ।
नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवाले कर्मचारीहरु टे«ड युनियनवादबाट टाढा रहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा समाजका सचिव शिवराम धुख्वा र समाजका कोषाध्यक्ष एवं प्रकाशन समितिका संयोजक काजीबहादुर पञ्चले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *