क्युवाको पुनः कब्जा
- जेष्ठ २९, २०८३
प्रहरी वृत्त कीर्तिपुर काठमाडौँमा कार्यरत प्रहरी सहायक निरीक्षक खेमराज अधिकारी :
२०८२ भदौ २३ गते म आफ्नै कार्यालयको अपराध अनुसन्धान शाखामा काम गरिरहेको थिएँ । २४ गते करिब ११ः०० बजे १/२ हजारको सङ्ख्यामा आएका प्रदर्शनकारीको समूहले कार्यालयमा ढुङ्गामुढा गर्न खोज्यो । त्यहीबेला कीर्तिपुरका विभिन्न स्थानमा आगजनी तथा तोडफोड भएको खबर प्राप्त भयो । दिनको करिब १२ः०० बजे पुनः ३/४ हजार सङ्ख्याको नेतृत्वविहीन उग्र अराजक समूह कार्यालय हाताभित्र प्रवेश गरी तोडफोड, लुटपाट र आगजनी गरियो । कार्यालय र प्रहरी व्यारेकमा समेत पूर्ण क्षति पु¥याइयो । उक्त दिन डरत्रासमै बित्यो । नेपाल प्रहरी अनाश्रित गुल्म डिल्लीबजारमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरेन्द्रसिंह विष्टः
२०८२। ५। २४ गते डिल्लीबजार कारागारमा करिब १६ः३० बजे ४००/५०० जनाको समूहले आक्रमण ग¥यो । उक्त समूह नेपाल प्रहरी अनाश्रित गुल्म डिल्लीबजारको मेनगेट तोडफोड गरी भित्र प्रवेश भयो । लाइन ब्यारेकमा आगजनी र डिअ कक्षका सञ्चार साधन सीसीटीभी क्यामेरा, मोनिटरसमेत तोडफोड भयो ।
२५ गते बिहान अन्दाजी ८ः३० बजे कारागारमा रहेका कैदीबन्दीहरूले ‘अन्यत्र कारागारका कैदीबन्दीहरू मुक्त भइसके, हामी पनि मुक्त हुनुपर्छ’ भन्ने माग राखेर ८ः३० बजेदेखि विरोध तथा नाराबाजी सुरू गरे । त्यसपश्चात् कैदीबन्दीहरूले कारागारभित्रै तोडफोड र आगजनी गरे । कैदीबन्दीहरू कारागारबाट बाहिर निस्कन खोजेपछि तत्कालै ४५८ जनालाई केन्द्रीय कारागार स्थानान्तरण र मूलनाइकेसमेतका १९२ जना कैदीबन्दीहरूलाई डिल्लीबजार कारागारमै व्यवस्थापन गरियो । सोमध्ये २० जना कैदीबन्दी फरार रहेकोमा १० जना फिर्ता भए भने १० जनाको खोजतलास भइरहेको छ ।
प्रहरी वृत्त लैनचौरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश राय :
भदौ २३ गते अन्दाजी ०८ः३० बजे म बानेश्वरस्थित अल्फाबेटाको उत्तरतर्फ मुख्य ब्यारिकेड ड्युटीमा खटिएको थिएँ । त्यहाँ अन्दाजी १०ः०० बजेदेखि नै स्कूल र कलेजको जस्तो देखिने पोशाक लगाएका युवा–युवतीहरू भेला भएका थिए । अन्दाजी ११ः०० बजे माइतीघर मण्डलातर्फबाट अन्दाजी ७–८ हजारको भिड आइपुग्यो । भिडले केही समय नाराबाजी गरेपछि ब्यारिकेडमा धकेलाधकेल गर्न थाल्यो । लगभग ४० मिनेटदेखि १ घण्टासम्मको धकेलाधकेलपछि ब्यारिकेड ढल्यो । सो भिड संसद् भवनतर्फ बढ्यो । नेपाल प्रहरीको वाटर क्याननबाट पानीको फोहोरा प्रहार गर्दा पनि भिड पछि हटेन । हाम्रो टोली सुरक्षित हुँदै सङ्घीय संसद् भवनको २ नं गेट पुग्यो । २ नं गेटतर्फ ड्युटी लिइसकेपश्चात् पनि हामीमाथि निरन्तर ढुङ्गा, इँटा, पानीका बोतल, हेल्मेटलगायतका वस्तुहरू प्रहार भई नै रह्यो । त्यसबेलासम्म कहीँ कतैबाट गोली चलेको आवाज सुनिएन । अन्दाजी १ घण्टापछि हामी भित्र गएर फलामको सिक्रीले २ नं गेट पूर्णरूपमा बन्द ग¥यौँ । केही समयपश्चात् भिडले नागरिक लगानी कोषतर्फको पर्खालमा प्वाल पारेर ८–१० जना प्रदर्शनकारी भित्र प्रवेश गरे । हामीले प्रवेशकर्ताहरूलाई बाहिर लखेट्यौँ ।
करिब २ः३० बजे मैले सङ्खमूलतिरबाट मोटरसाइकल साइलेन्सरमा ठुलो आवाज निकालेर हो–हल्ला गर्दै २०–३० जनाको समूह बानेश्वर चोकतर्फ आइपुगेको देखेँ । केही समय प्रदर्शनकारीहरूले संसद् भवनलाई निशाना बनाउने र हामीले अश्रुग्यास प्रहार गर्दै भिड तितरवितर गर्ने क्रम चलिरह्यो । सो क्रममा १४ राउन्ड ग्यास सेल र ३ राउन्ड रबर बुलेट खर्च भयो । लात् राउन्ड प्रहार गरेनाँै । अन्दाजी ०४ः०० बजे गोली चलेको आवाज सुनियो । तर, कताबाट, कति राउन्ड प्रहार र के कति प्रदर्शनकारी घाइते अथवा मृत्यु भए ठम्याउन सकिएन । सो सिलसिलामा मेरो कमान्डर र मसहित ३ जना घाइते भयौँ । यो सिलसिला राति अन्दाजी १०ः०० बजेसम्म चलिरह्यो ।
भदौ २४ गते मेरो कमान्डमा ४ जनाको टोली बिहान अन्दाजी ०९ः०० बजेदेखि नै लैनचौरस्थित अस्कल क्याम्पस अगाडि कर्डन ड्युटीमा खटिएको थियो । अन्दाजी ११ः०० बजे आफ्नो कार्यालय सुरक्षार्थ फिर्ता हुने आदेश आएपछि हाम्रो टोली कार्यालय फिर्ता भयौँ । हामी फिर्ता हुँदाको समयसम्म कार्यालयमाथि आक्रमण भएको थिएन । सोह्रखुट्टे चोकमा अन्दाजी १५०० जनाको समूहले नाराबाजी गरिरहेको थियो । करिब ११ः२० बजे अन्दाजी १५०० जना प्रदर्शनकारीहरूले नाराबाजी गर्दै हाम्रो टोली र कार्यालय भवनमा इँटा, ढुङ्गा, पानीका बोतल, पेट्रोलका बोतलले प्रहार गरे ।
करिब १३ः५५ बजे २५००/३००० प्रदर्शनकारीहरूले कार्यालय गेट अगाडि रहेको मोबाइल गाडी धकेल्दै वृद्धाश्रम अगाडि पु¥याएर आगजनी गरे । त्यसपछि कार्यालय हाताभित्र पार्किङ गरिराखेको गाडी र मोटरसाइकलहरूमा समेत आगजनी गरे । हिरासत कक्षमा रहेका थुनुवाहरू आगोको धुवाँले निसासिन थालेपछि हो–हल्ला तथा तोडफोड हुनथाल्यो । त्यसपछि हिरासत कक्षमा रहेका थुनुवाहरूलाई ‘सम्पर्कमा रहनू’ भनी हामीले सकुशल बाहिर पठायौँ। कार्यालय हाताभित्र रहेका प्रदर्शनकारीहरूलाई स्थानीयको सहयोगमा सोह्रखुट्टे चोकतर्फ पठायौँ । जसको कारण कार्यालय, कार्यालयभित्र रहेका हातहतियार, गोली गठ्ठा, सञ्चार सेट, मिसिल फाइललगायत सम्पूर्ण सामान सुरक्षित रहन पुग्यो ।
Leave a Reply