जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – २४
- जेष्ठ २९, २०८३
(एउटा अभियोग, सर्वोच्च अदालतको फैसला र क्यारिबियन सागरमा एउटा ऐरक्राफ्ट क्यारियर : वाशिङटनले क्युवा पुनः प्राप्तिको लागि पुराना जफत गर्ने दाबीहरूलाई कानुनी संयन्त्रमा रूपान्तरण गर्दै छ ।)
१९६० मा क्युवाले अमेरिकी मालिकहरूबाट आफ्नो बन्दरगाह, चिनी र शक्ति फिर्ता लियो । गत मे महिनामा, वाशिङटनले त्यसलाई फिर्ता लिन कदम चाल्यो : वाशिङटनले राउल क्यास्ट्रोलाई १९९६ को ‘ब्रदर्स टु द रेस्क्यु’ विमान खसालेको (Brothers to the Rescue Shootdown) अभियोग लगायो, क्यारिबियनमा ऐरक्राफ्ट क्यारियर पठायो र जफत गरिएको सम्पत्तिमाथिको दाबीको लागि सर्वोच्च अदालतको समर्थन जित्यो । यो कदम कामचलाउ बनाइएको होइन । यो अभियान अस्तव्यस्त देखिन्छ, वर्तमान अमेरिकी शासनको धेरैजसो तमाशाजस्तै, तर यसको प्रभाव त्यस्तो छैन ।
यो अभिसरणको पछाडि पुरानो संयन्त्र लुकेको छ । आइजेनहावरको पालामा सुरु भएको र केनेडीको कार्यकालमा कडा पारिएको अमेरिकी नाकाबन्दी, आज जीवित धेरैजसो क्युवालीहरूभन्दा पुरानो भइसक्यो । १९९६ देखि लागू भएको अमेरिकी कानुन, हेल्म्स–बर्टन ऐनले अमेरिकी नागरिकहरूलाई क्युवाले अमेरिकीहरूबाट जफत भएको सम्पत्ति प्रयोग गर्ने कुनै पनि कम्पनीलाई मुद्दा हाल्न अनुमति दिन्छ, चाहे त्यो कम्पनी क्युवामा डक् गर्छ, जहाजमा ढुवानी गर्छ वा निर्माण गर्छ । ती अमेरिकीहरू प्रायः अमेरिकी निगमहरू र निर्वासनमा अमेरिकी बनेका क्रियोल परिवारहरू थिए । १९६० को दशकदेखि विदेशी दाबी निपटान आयोगले आफ्ना ५,९१३ प्रमाणित दाबी राखेको छ, जसको मूल्य १.९ अर्ब डलर सावाँ र लगभग ९ अर्ब ब्याजसहित रहेको छ । पर्खिरहेको छ । नयाँ कुरा डिजाइन होइन तर यसको गति हो, कब्जा, र पुनः कब्जा ।
हालै पुनः कब्जाको गति तीव्र भएको छ : जनवरी ३, २०२६ मा, अमेरिकी सेनाले भेनेजुयलाका राष्ट्रपतिलाई कराकसमा बिहानै गरिएको आक्रमणमा कब्जा गर्यो र सोही अपरेसनमा ३२ क्युवाली अधिकारीहरूलाई मारे । उक्त आक्रमणले क्युवाको जीवनरेखामध्ये एक : भेनेजुयलाको तेल काट्यो । मेक्सिकोले अभाव पूर्ति गर्न खोज्यो, तर केही हप्ताभित्रै, वाशिङटनले क्युवालाई आपूर्ति गर्ने कुनै पनि देशमा कर (Tariff) लगाउने धम्की दिएपछि ढुवानी रोक्यो । मे महिनासम्ममा, हवानाका केही भागहरू दिनको २० घण्टासम्म अँध्यारो (लोडसेडिङ) हुन थाले । अब ट्रम्प भन्छन्, इरानको समस्या समाधान भएपछि अमेरिकाले लादेको शासन परिवर्तनको अर्को देश क्युवा हुनेछ ।
“हामी जिउँदै मरिरहेका छौँ,” एक क्युवाली टेलिभिजन निर्देशकले गत हप्ता भने । तैपनि, नाकाबन्दी समान रूपमा वहन गरिएको छैन । मैले १९९८ मा क्युवामा मैले सुरु गरेको अनुसन्धान, जुन ‘भेन्सेरेमोस’ (के हामी जित्छौँ ?) बन्यो; त्यसमा अर्थतन्त्र ध्वस्त हुँदा र ग्रिड ध्वस्त हुँदा सबैभन्दा बढी धक्का कसले बेहोर्छ भनेर देखाइएको छ : मियामी (अमेरिका) बाट रेमिट्यान्स पाएका परिवारहरू होइनन्, न त सम्पत्ति फिर्ता पाउनका लागि आफ्नो समय बिताउँदै गरेका सम्भ्रान्तहरू । इन्जिनियर गरिएको भोकमरीले आफ्नै राजनीति उत्पादन गर्छ, र नाकाबन्दीले ‘उद्धार’ को माग उत्पादन गर्छ । जब हवानाका जनसङ्ख्याविद् हुआन कार्लोस अल्बिजु–क्याम्पोस एस्पिनेराले ‘हिंसाबाट जनसङ्ख्यालाई जोगाउन’, ‘अन्तर्राष्ट्रिय मानवीय हस्तक्षेप’ र ‘अन्तर्राष्ट्रिय शक्तिहरू’ को लागि आह्वान गर्छन्, उनी त्यो आपत्कालको कोणबाट बोलिरहेका हुन्, अमेरिकी आक्रमणलाई निम्तो दिइरहेका होइनन् । तर, जबरजस्ती हस्तक्षेप नगरी राहत दिन वाशिङटन र मियामीले निरन्तर अस्वीकार गर्दै आएका छन् ।
बरु, मे २० का दिन क्युवाली स्वतन्त्रता दिवसमा, न्याय विभागले १९९६ मा निर्वासित–बोकेको दुई विमान खसालेकोमा ९४ वर्षीय राउल क्यास्ट्रोलाई अभियोग लगायो । अभियोगपत्रमा घटनाको ३० वर्षपछि एक पूर्वराष्ट्रप्रमुखको नाम राखिएको छ र वाशिङटनले यसलाई घोषणा गर्न मियामीको फ्रिडम टावरलाई रोजेको थियो : जून १९६० दशकदेखिको क्युवाली निर्वासनको प्रतीकात्मक प्रवेशद्वार हो । सुपुर्दगीको बारेमा सोध्दा, कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले क्यास्ट्रो आफ्नै इच्छाले वा अन्य कुनै माध्यमबाट आउने बताए । तरिका सुपरिचित छ : लुमुम्बा, बिशप, एरिस्टाइड … अर्को तरिका भनेको मादुरोको लागि कराकसमा भर्खरै प्रयोग गरिएको शैली हो ।
यो अभियोग लगाउने विमान–काण्ड १९९६ मा भएको थियो, तर अमेरिकाको पुरानो गुनासो भनेको क्षेत्राधिकारबारे हो । ६० वर्षसम्म, क्युवाले अभियोगमा उल्लेख गरिएको एउटा कुरालाई अस्वीकार ग¥यो : कि अमेरिकी अदालत क्युवामा पुग्न सक्छ । क्युवाले नेहान्डा अबिओडुन र असाता शाकुरलगायत वाशिङटनले खोजेको अश्वेत मुक्ति अभियन्ताहरूलाई आश्रय दियो र उनीहरूको फिर्ताको हरेक माग र हरेक इनामलाई मौनताको जवाफ दियो । वाशिङटनले फिर्ता चाहेको कुरा कहिल्यै पनि सम्पत्ति मात्र थिएन† यो त्यस्तो राज्यको समर्पण हो जसले दुई पुस्तादेखि क्युवाली टापुमा अमेरिकी कानुनको प्रभुत्व रहेको कुरा अस्वीकार गर्दै आएको छ ।
अभियोग लगाइएको भोलिपल्टै, अमेरिकी सर्वोच्च अदालतले पुनः कब्जा कानुन बनायो । हवाना डक्स कर्पविरुद्ध रोयल क्यारिबियन क्रूज मुद्दामा, आठ न्यायाधीशले २०१६ देखि २०१९ सम्म हवानाको बन्दरगाह प्रयोग गर्ने क्रूज लाइनहरूले जफत गरिएको सम्पत्तिको तस्करी गरेको ठहर गरे र उनीहरूले तिर्नुपर्ने रकमको बारेमा थप कारबाहीको लागि मुद्दा फिर्ता पठाए । न्यायाधीश थोमसले निर्णय लेखे । न्यायाधीश कागानले एक्लै असहमति जनाए । न्यायाधीश सोटोमायर, न्यायाधीश काभानासँगै, सहमत भए । यद्यपि, उनले चेतावनी दिइन् कि यसले सम्भावित रूपमा असीमित सङ्ख्यामा मानिसहरूबाट असीमित रकम असुलीलाई इजाजतपत्र दिन सक्छ ।
पुनप्र्राप्तिको त्यो खोजी यसको आधारमा जातीय रूपमा संरचित छ । सन् १९५९ मा क्युवामा कसको सम्पत्ति थियो जुन क्रान्तिले राष्ट्रियकरण गर्न सक्थ्यो ? अमेरिकी निगमहरू र क्युवाली क्रियोल वर्ग । १९६० सम्ममा, अमेरिकी कम्पनीहरूले क्युवाको ९० प्रतिशत बिजुली उत्पादन, यसको टेलिफोन प्रणाली र यसको अधिकांश खानी र चिनीको स्वामित्व वा नियन्त्रण गर्थे । विदेशी दाबी निपटान आयोगको प्रमाणित दाबीहरूले पूर्व–क्रान्तिकारी पुँजीको जातीय–वर्ग संरचनालाई प्रतिबिम्बित ग¥यो । तिनीहरूभन्दा पर संरचनात्मक रूपमा गोरा क्रियोल निर्वासित समुदायले राखेका काम र पदवीहरूको विशाल ब्रह्माण्ड छ । रुबियो, डियाज–बालार्ट, सालाजार र जिमेनेजलगायत फ्लोरिडा क्युवाली–अमेरिकी कङ्ग्रेसनल प्रतिनिधिमण्डलले यसलाई आफ्नो परियोजना बनाएको छ, जुन कानुनी संयन्त्र निर्माणको लागि ६६ वर्ष पर्खिरहेको निर्वाचन क्षेत्रको विधायी शाखा हो । अश्वेत क्युवालीहरू, जसको अस्वतन्त्र र अर्ध–मुक्त श्रमले डकहरू, चिनी मिलहरू र बन्दरगाहहरू बनाएका थिए, उनीहरूले बनाएको सम्पत्तिमाथि कुनै प्रमाणित दाबी गर्दैनन् ।
मेरो पुस्तक ‘भेन्सेरेमोस ? : द इरोटिक्स अफ ब्ल्याक सेल्फ–मेकिङ इन क्युवा’ मा, मैले क्युवाको पर्यटन अर्थतन्त्रमार्फत यो जातीय भूगोल पत्ता लगाएँ : १९५९ अघिको प्लेजर कोलोनीदेखि सोभियत सङ्घ विघटनपछिको विशेष अवधिसम्म, जब पर्यटन फर्कियो र यसको बोझ फेरि असमान रूपमा घट्यो । २०१६ देखि २०१९ सम्मको क्रूज अर्थतन्त्र चक्रको तेस्रो मोड थियो । यो फैसलाले चौथो, (होइ कोमो अयर) वर्तमानलाई जस्तै विगतलाई पनि अनुमति दिन्छ, जुन अब सङ्घीय कानुनद्वारा सुरक्षित छ ।
अमेरिकी पाठकहरूले यस अदालतको कामलाई मान्यता दिनेछन् : सम्पत्ति कानुनको तटस्थ भाषामा नागरिक अधिकार पूर्वको जातीय–आर्थिक व्यवस्था पुनस्र्थापित गर्ने । शेल्बी काउन्टीविरुद्ध होल्डर (२०१३) ले १९६५ को मतदान अधिकार ऐनको धारा ५ लाई नष्ट गर्यो, र दोस्रो पुनर्निर्माणको नागरिक अधिकारका लाभ फिर्ता खोस्ने न्यायिक परियोजना त्यसबेलादेखि स्थिर छ । न्यायाधीश थोमसले शेल्बी काउन्टीमा र हवाना निर्णयमा सहमति लेखे । यो त्यही हात हो जसले २० औँ शताब्दीका पुनर्वितरणकारी हस्तक्षेपहरूलाई सम्पत्ति उल्लङ्घन वा संवैधानिक विसङ्गतिको रूपमा व्यवहार गरेर उल्ट्याएको छ । हवाना डक्स अन्तर्राष्ट्रिय अनुप्रयोग हो ।
जनसङ्ख्याविद्ले अन्तर्राष्ट्रिय मानवीय हस्तक्षेपको लागि आग्रह गरे । तर, के आउँदै छ त्यसमा केही ‘मानवीय’ हुने छैन । डक्सको फैसला आएको भोलिपल्टै युएसएस निमित्ज क्यारियर र यसको स्ट्राइक समूह क्यारिबियन सागरमा प्रवेश गरे र केही दिनपछि, अमेरिकी दक्षिणी कमान्डका प्रमुखले ग्वान्टानामोको किनारमा क्युवाली जनरलहरूलाई भेटे । काराकस नाटक चलिरहेको छ, तर भेनेजुयला भेनेजुयला नै हो र क्युवा क्युवा नै हो । क्युवाको राष्ट्रिय नागरिक रक्षा जनरल स्टाफले क्युवाली परिवारहरूलाई (अमेरिकी) बमबारीका लागि निर्देशनहरू दिइरहेको छ । क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले अकल्पनीय परिणामसहितको रक्तपातको चेतावनी दिएका छन् । यसको अर्थ क्युवाली रगत जति बग्छ, उति नै अरूको पनि बग्नेछ । क्युवा चुपचाप अमेरिकी कब्जामा जाने उद्देश्य राख्दैन ।
– ‘अलजजिरा’ बाट
Leave a Reply